Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

शिक्षक महासंघको निष्कर्ष- केही बुँदामा सहमतिभन्दा ठिक उल्टो व्यवस्था गरियो, आन्दोलनको विकल्प छैन

भदौ ११ देखि दबाबमूलक कार्यक्रम सुरु हुने, २१ गते थप सशक्त आन्दोलनको घोषणा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारअन्तर्गत संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरिएको शिक्षासम्बन्धी विधेयकप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा महासंघसँग भएका अघिल्ला सहमति उल्लंघन भएको र शिक्षकहरूको माग बेवास्ता गरिएको आरोप लगाएका छन्।

“संसद्को समितिले पारित गरेको विधेयकमा केही बुँदा त सहमतिअनुसार समावेश गरिएका छन्, तर धेरै महत्त्वपूर्ण बुँदा पूर्ण रूपमा बेवास्ता गरिएका छन्,” सुवेदीले भने, “अस्थायी शिक्षक, ईसीडी, विद्यालय कर्मचारी, राहत शिक्षकलगायतका विषयमा सम्बोधनको प्रयास नै गरिएको छैन। कतिपय बुँदामा त हामीसितको सहमति विपरित व्यवस्था गरिएको छ।”

उनले राज्य प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै शिक्षकहरूको आवाज सुन्ने वातावरण नभएको बताए। “राज्य संवेदनहीन छ। दबाबका लागि आन्दोलन नगरी सुन्दैन। संवेदनशील शासन प्रणाली भएको भए सडक किनारमा एउटा प्लेकार्ड बोकेको मान्छेको आवाज पनि सुन्ने संस्कार हुन्थ्यो,” सुवेदीको भनाइ थियो।

शिक्षक महासंघले आन्दोलनभन्दा पहिले चरणबद्ध रूपमा दबाबमूलक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। सुवेदीका अनुसार ११ भदौदेखि सुरु हुने पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत प्रधानमन्त्री, शिक्षामन्त्री, दलका प्रमुख सचेतक र पार्टी कार्यालयहरूमा ज्ञापनपत्र बुझाइनेछ। साथै, हरेक दिन विभिन्न दलका कार्यालयअगाडि दुई घण्टासम्म धर्ना दिइनेछ।

“यदि यति गर्दा पनि हाम्रो आवाज नसुनियो भने २१ भदौमा थप सशक्त आन्दोलनको घोषणा गर्छौं,” सुवेदीले चेतावनी दिए।

शिक्षक महासंघले शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्याहरू समाधानका लागि सरकारसँग विगतदेखि संवाद गर्दै आएको जनाएको छ। तर, पछिल्लो विधेयकले सहमतिको अपमान गरेको भन्दै अब दबाब दिनुको विकल्प नरहेको महासंघको भनाइ छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending