Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

शिक्षक महासंघको निष्कर्ष- केही बुँदामा सहमतिभन्दा ठिक उल्टो व्यवस्था गरियो, आन्दोलनको विकल्प छैन

भदौ ११ देखि दबाबमूलक कार्यक्रम सुरु हुने, २१ गते थप सशक्त आन्दोलनको घोषणा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल सरकारअन्तर्गत संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरिएको शिक्षासम्बन्धी विधेयकप्रति नेपाल शिक्षक महासंघले गम्भीर आपत्ति जनाएको छ। 

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा महासंघसँग भएका अघिल्ला सहमति उल्लंघन भएको र शिक्षकहरूको माग बेवास्ता गरिएको आरोप लगाएका छन्।

“संसद्को समितिले पारित गरेको विधेयकमा केही बुँदा त सहमतिअनुसार समावेश गरिएका छन्, तर धेरै महत्त्वपूर्ण बुँदा पूर्ण रूपमा बेवास्ता गरिएका छन्,” सुवेदीले भने, “अस्थायी शिक्षक, ईसीडी, विद्यालय कर्मचारी, राहत शिक्षकलगायतका विषयमा सम्बोधनको प्रयास नै गरिएको छैन। कतिपय बुँदामा त हामीसितको सहमति विपरित व्यवस्था गरिएको छ।”

उनले राज्य प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै शिक्षकहरूको आवाज सुन्ने वातावरण नभएको बताए। “राज्य संवेदनहीन छ। दबाबका लागि आन्दोलन नगरी सुन्दैन। संवेदनशील शासन प्रणाली भएको भए सडक किनारमा एउटा प्लेकार्ड बोकेको मान्छेको आवाज पनि सुन्ने संस्कार हुन्थ्यो,” सुवेदीको भनाइ थियो।

शिक्षक महासंघले आन्दोलनभन्दा पहिले चरणबद्ध रूपमा दबाबमूलक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। सुवेदीका अनुसार ११ भदौदेखि सुरु हुने पहिलो चरणको दबाब कार्यक्रमअन्तर्गत प्रधानमन्त्री, शिक्षामन्त्री, दलका प्रमुख सचेतक र पार्टी कार्यालयहरूमा ज्ञापनपत्र बुझाइनेछ। साथै, हरेक दिन विभिन्न दलका कार्यालयअगाडि दुई घण्टासम्म धर्ना दिइनेछ।

“यदि यति गर्दा पनि हाम्रो आवाज नसुनियो भने २१ भदौमा थप सशक्त आन्दोलनको घोषणा गर्छौं,” सुवेदीले चेतावनी दिए।

शिक्षक महासंघले शिक्षा क्षेत्रमा देखिएका दीर्घकालीन समस्याहरू समाधानका लागि सरकारसँग विगतदेखि संवाद गर्दै आएको जनाएको छ। तर, पछिल्लो विधेयकले सहमतिको अपमान गरेको भन्दै अब दबाब दिनुको विकल्प नरहेको महासंघको भनाइ छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending