भक्तपुर । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आइतबार सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो ।
सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध, चैत्यको परिक्रममा गरी एक महिनासम्म यो पर्व मनाइएको हो । नेपाल भाषामा.‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ ।
यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा गरी सम्पन्न भएको हो । ‘गुँ’ को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउने र ‘ला’ को अर्थ महिना भएको बौद्ध गुरु श्रीभद्र बज्राचार्यले जानकारी दिए ।
बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पछिल्लो समय यो पर्व मनाउन थालेका स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए । यो पर्वमा प्रत्येक दिन गुँला बाजा एवं नौ बाजा बजाएर विभिन्न मठमन्दिर, बौद्ध बिहार, चैत्यहरु परिक्रममा गरिने, एक महिनासम्म ब्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने चलन छ ।
दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोच्चारण गरेर मठमन्दिर, चैत्य, बिहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्वमा भक्तपुर, मध्यपुरथिमि, काठमाडौँ, ललितपुर र कीर्तिपुर परिक्रमा गर्ने परम्परा छ । यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने गरिन्छ ।
भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरी मनाइन्छ भने काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्न गर्ने गर्दछन् ।
कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावले कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ । गुरु बज्राचार्य यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताउँछन्।
त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने उल्लेख गर्दै उनले यस अवधिमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो कुरा नबोल्ने, लागूपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताए । सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने, सके दशशीलनै पालना गर्ने उनले बताए ।
भक्तपुरमा गुँला पर्वको अवसरमा चाँगुनारायण, साँखु बज्रयोगिनी, काभ्रेपलान्चोकको नमो बुद्ध, ललितपुरको बाडेगाउँ, जलविनायक र कार्यविनायक तथा अन्तिम दिन आइतबार यहाँका विभिन्न चैत्य र स्वयम्भुव महाचैत्यको परिक्रमा गरिएको थियो ।
स्थानीय महिलाले नेवारी पोसाक लगाएर परिक्रमा गरेका थिए । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको परिक्रमा गर्ने गरिन्छ । आइतबार बिहानैदेखि मध्यपुरथिपम, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व समापन गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: