Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सकियो एक महिने गुँला पर्व

खबरडबली संवाददाता

भक्तपुर । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आइतबार सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो ।

सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवान्को भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध, चैत्यको परिक्रममा गरी एक महिनासम्म यो पर्व मनाइएको हो । नेपाल भाषामा.‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना अर्थात गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । 

यो पर्व विभिन्न स्थानीय बौद्ध चैत्यहरूको परिक्रमा गरी सम्पन्न भएको हो । ‘गुँ’ को अर्थ गुण गर्ने, राम्रो एवं गुनिलो काम, अरूको उपकार गर्ने कामलाई जनाउने र ‘ला’ को अर्थ महिना भएको बौद्ध गुरु श्रीभद्र बज्राचार्यले जानकारी दिए ।

बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पछिल्लो समय यो पर्व मनाउन थालेका स्थानीय संस्कृतकर्मी रामशेखर शाक्यले बताए । यो पर्वमा प्रत्येक दिन गुँला बाजा एवं नौ बाजा बजाएर विभिन्न मठमन्दिर, बौद्ध बिहार, चैत्यहरु परिक्रममा गरिने, एक महिनासम्म ब्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने चलन छ ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोच्चारण गरेर मठमन्दिर, चैत्य, बिहार परिक्रमा गर्ने गरिन्छ । गुँला पर्वमा भक्तपुर, मध्यपुरथिमि, काठमाडौँ, ललितपुर र कीर्तिपुर परिक्रमा गर्ने परम्परा छ । यस पर्वमा विशेषगरी स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । यो पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने गरिन्छ ।

भक्तपुर र मध्यपुरथिमिमा पनि यो पर्व विभिन्न बहाः बहि, चैतयलगायतको परिक्रमा गरी मनाइन्छ भने काठमाडौँवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पल लगायत पाटनका विभिन्न विहार/महाविहारमा पूजा गर्न गर्ने गर्दछन् ।

कतिपय ठाउँमा गुँला पर्वमा बजाउने बाजागाजामा आर्थिक अभाव र जनशक्ति अभावले कपाली समुदायले बजाउने म्वाली बाजाबिना नै गुँला पर्व मनाउने गरिएको छ । गुरु बज्राचार्य यो पर्वमा एक महिनासम्म दशशीलको पालना गर्नुपर्ने बताउँछन्। 

त्यो नसक्नेले अष्टशील र त्यो पनि नसक्नेले पञ्चशील पालना गर्नुपर्ने उल्लेख गर्दै उनले यस अवधिमा कम्तीमा पनि प्राणी हिंसा नगर्ने, कसैले नदिई केही पनि नलिने, नराम्रो काम नगर्ने, झुटो कुरा नबोल्ने, लागूपदार्थ एवं मद्यपान नगर्ने, परस्त्री सम्पर्क नगर्ने बताए । सकेसम्म अग्लो खाटमा नसुत्ने, मनोरञ्जन नगर्ने, समयमै भोजन गर्ने, आभूषण ग्रहण नगर्ने र ब्रह्मचर्यमा बस्ने, सके दशशीलनै पालना गर्ने उनले बताए ।

भक्तपुरमा गुँला पर्वको अवसरमा चाँगुनारायण, साँखु बज्रयोगिनी, काभ्रेपलान्चोकको नमो बुद्ध, ललितपुरको बाडेगाउँ, जलविनायक र कार्यविनायक तथा अन्तिम दिन आइतबार यहाँका विभिन्न चैत्य र स्वयम्भुव महाचैत्यको परिक्रमा गरिएको थियो । 

स्थानीय महिलाले नेवारी पोसाक लगाएर परिक्रमा गरेका थिए । बौद्ध चैत्यसँगै इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवीदेवताको परिक्रमा गर्ने गरिन्छ । आइतबार बिहानैदेखि मध्यपुरथिपम, भक्तपुरका विभिन्न चैत्यमा नौ बाजा बजाएर गुलाँ पर्व समापन गरिएको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending