Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एमालेमा चुलिँदै ओली-विद्या टकराव : विधान महाधिवेशनमा ईश्वर पोखरेलले सार्दैछन् छुट्टै प्रस्ताव

उपाध्यक्ष युवराज ज्ञवाली भन्छन्- भण्डारीको सदस्यता सदर गरेर जिम्मेवारी दिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई सक्रिय राजनीतिबाट रोकेपछि भण्डारी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको रणनीतिमा सक्रिय बनेकी छिन्। आगामी भदौ २०–२३ मा हुन लागेको पार्टीको विधान महाधिवेशनलाई लक्षित गर्दै उनले विधानमा परिवर्तन गराउने तयारी थालेकी छन्।

भण्डारीले पार्टीको विधानमा ७० वर्ष उमेर हदबन्दी राख्नुपर्ने र एउटै पदमा तेस्रो कार्यकाल नदोहरिने व्यवस्था समावेश गरिनुपर्ने माग अघि सारेकी छन्। तर, अध्यक्ष ओली भने उमेर हदबन्दी र कार्यकाल सीमाका विपक्षमा छन्। ओलीले आफूप्रति अनुकूल हुने गरी विधानको मस्यौदा केन्द्रीय कमिटीबाट पारित गराइसकेका छन्।

भण्डारी यस मस्यौदामा संशोधन गराउने रणनीतिमा छिन् भने ओली त्यसलाई यथास्थितिमा पारित गराउने पक्षमा छन्। यही सन्दर्भमा भण्डारीले थापागाउँस्थित मदन भण्डारी ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समिति कार्यालयबाट आफ्ना गतिविधि अघि बढाएकी छन्। उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले साथ दिएका छन्।

भण्डारी पक्षधर नेताहरूले आगामी विधान महाधिवेशनमा फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन्। उनीहरूले अध्यक्ष ओलीले भण्डारीको सदस्यता नवीकरण रोकेको र जनताको बहुदलीय जनवाद (जवज) लाई कमजोर बनाउने कार्य गरेको आरोपसहित अलग प्रतिवेदन ल्याउने तयारी गरेका हुन्। उक्त दस्तावेज वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा प्रस्तुत गरिने बताइएको छ।

एमाले उपाध्यक्ष गुरु बरालका अनुसार, महाधिवेशनका लागि प्रदेश र जिल्ला तहबाट प्राप्त सुझाव केन्द्रीय कमिटीमा पेस गरेर संशोधनसहित विधान पारित गरिनेछ।

भण्डारी पक्षका नेताहरूले ओली रणनीति अवरुद्ध भएमा ‘प्लान बी’ अनुसार अघि बढ्ने तयारी गरेका छन्। यदि भण्डारीको सदस्यता नवीकरण नहुने अवस्था आयो भने वरिष्ठ उपाध्यक्ष पोखरेललाई आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार बनाउने योजना समेत बनाइएको छ।

यसबारे भण्डारी निकट एक नेताले भने, "पहिले ओलीको कदम हेर्छौं, त्यसपछि प्लान बी कार्यान्वयन हुनेछ।"

गत असार १४ गते सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको सदस्यता हालैको केन्द्रीय कमिटी बैठकले ‘होल्ड’ गर्ने निर्णय गरेको थियो। यता, उपाध्यक्ष युवराज ज्ञवालीले भण्डारीको सदस्यता सदर गर्नुपर्ने बताउँदै पार्टीले नै उनलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्।

ज्ञवालीका अनुसार भण्डारीको सदस्यता नवीकरण भइसकेको छ र सचिवालय बैठकमा समेत यसबारे छलफल भइसकेको थियो।

यस्तै, स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भण्डारीको राजनीतिक सक्रियता कसैले रोक्न नसक्ने स्पष्ट पारे। "उहाँ आफैंले निर्माण गर्नुभएको पार्टीमा पुनः सक्रिय हुन अधिकार सम्पन्न हुनुहुन्छ," थापाले भने, "विद्या भण्डारी एमालेमै हुनुहुन्छ र एमालेको जनमत पनि उहाँसँगै छ।"

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending