Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

रौतहटमा एक साता भित्र दुई जनाको हत्या, रहस्यमय मृत्युको घटनाले सुरक्षा निकायमा चुनौति

खबरडबली संवाददाता

रौतहट। रौतहटमा पछिल्लो एक साताभित्रै दुई जनाको हत्या र एक जनाको रहस्यमय मृत्युको घटनाले सुरक्षा निकायमा चुनौति थपिएको छ । सदरमुकाम गौरमै भएको उक्त घटनाले जिल्लामा त्रासको वातावरण सिर्जना भएको छ भने जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी गम्भीरतापूर्वक लागि परेको छ ।

गत बुधबार गौर नगरपालिका–५ बरहवाताल पुल नजिक यमुनामाई गाउँपालिका–५ का २२ वर्षीय सहाबुद्दीन मियाको चक्कु प्रहारबाट हत्या भएको थियो । हत्यालगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले घटनास्थलबाट भाग्दै गरेका गौर–३ का २० वर्षीय सनोज रामलाई नियन्त्रणमा लिई हत्यामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ । 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० राजु कार्कीले हत्या भएका मिया र प्रहरी नियन्त्रणमा लिइएका राम दुबै जना लागुऔषध सेवनकर्ता रहेको जानकारी दिए। उनकाअनुसार लागुऔषध सेवनपछि दुबै जनाबिच झगडा भएको र झगडाले उग्ररुप लिएपछि रामले मियालाई चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसैगरी, गत सोमबार सप्तरीको खडक नगरपालिका–७ का ५९ वर्षीय उपेन्द्रकुमार भगतको शव गौरको एक लजमा फेला परेको छ । साउन २५ गतेदेखि बेपत्ता रहनुभएका भगतको खोजतलासका लागि परिवारजनले साउन २६ गते सप्तरी प्रहरीमा निवेदन दिएको बताइएको छ । श्यामबाबा राइस एण्ड ओइल मिल प्रालीका म्यानेजर रहनुभएको भगतका छोरा विकास कुमारले  आर्थिक लेनदेनको विवादमा बाबुको अपहरणपछि हत्या भएको आरोप लगाएको छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीका अनुसार गौरमा रहेको नेपाल लजको कोठा नम्बर २०२ मा मृतक भगत शव रहेको थियो । उनको शरीरमा कुनै घाउचोट नदेखिएको अवस्थामा शव कोठामा फेला परेको हो । हालसम्म ल्याब रिपोर्ट नआएकोले मृत्युका कारण यकिन गर्न सकिएको छैन । लज सञ्चालक अमित केशरीले भगत यसअघि दुई पटक लजमा बसेको बताउदै उनको मृत्यु बारे आफु अनभिज्ञ रहेको बयान दिएको छ ।

आइतबार गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा फेला परेको छ । भारतको मुजफरपुर, रक्साटोलकी साह छोराको पढाइका लागि गौर बस्दै आएकी थिइन् । शनिबार साँझ ६ बजे बजार जाने भन्दै डेराबाट निस्किएकी उनको शव सिर्सिया नजिक सुटकेसमा भेटिएको हो ।

उनका श्रीमान् शिवसागर साह रौतहट आइसकेको छन् । प्रहरीले सिसी क्यामेरा फुटेज र मोबाइल लोकेशनको आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक गिरी भन्न्छन्, “तीनवटै घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको छ । सहाबुद्दीनको हत्यामा अभियुक्त पक्राउ परिसकेको र अन्य दुई घटनामा प्राविधिक प्रमाण सङ्कलन भइरहेको छ । सुरक्षा चुनौतीपूर्ण बने पनि अपरााधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन हामी प्रतिबद्ध छौँ ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...

राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...

सम्पत्ति शुद्धीकरण मुद्दामा रामबहादुर बम्जनले पाए सफाइ

काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending