काठमाडौँ । नेकपा (कीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले आफू पार्टीमा आबद्ध भएको दुई महिना पुग्दा समेत जिम्मेवारी नदिएको भन्दै गुनासो गरेका छन् ।
काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै वरिष्ठ नेता गौतमले पार्टीका सबै सदस्यलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्ने बताए। पार्टीका शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण संगठन कमजोर बनेको उनको भनाई थियो ।
उनले भने, 'नेकपा (एकीकृत समाजवादी)का सबै नेता काठमाडौँ उपत्यकामै छन्। त्यसो भएपछि तल नेताहरू हुने कुरा भएन। यस्तो लागेको हुनाले ती नेताहरूलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस् कि प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ। एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ, किनभने कम्युनिस्ट पार्टीको सिद्धान्तले त्यही भन्छ। पार्टी सदस्यता पाएपछि प्रतिमहिना शुल्क तिर्नुपर्छ र जिम्मेवारी नजुध्ने गरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ। त्यस्तो नभए सबै नक्कली कम्युनिस्ट हुन्। जिम्मेवारी तोकिएको छैन भने तिनीहरू नक्कली कम्युनिस्ट नै हुन्।'
उनले थपे, 'हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने, आजको परिस्थितिमा के गर्न जरुरी छ भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गर्नुपर्छ, जनतामाझ जानुपर्छ। नीति र सिद्धान्त पालना गर्नुपर्छ। तर पार्टीका नेताहरू तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने काममा सक्रिय छैनन्, सबै ठूला नेताहरू काठमाडौँमै छन्।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - १७:३२
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन् । तर, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता खोल्नेको संख्या भन...
फाल्गुन ८ गते, २०८२ - १७:२३
काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत फिस्लिङ नजिकै शुक्रबार माइक्रोबस दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार, माइक्रोबस गति अनियन्त्रित...
फाल्गुन ८ गते, २०८२ - १७:१७
मोरङ। निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प...
फाल्गुन ८ गते, २०८२ - १७:०६
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागु औषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ...
फाल्गुन ८ गते, २०८२ - १६:४७
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकालिए पनि जनताको मनबाट हटाउन सकिँदैन भन्दै चुनौती दिएका छन्। शु...
फाल्गुन ८ गते, २०८२ - १६:३७
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ गते गर्ने साधारण तारेख तोकेको छ। रिटकर्ता अधिवक्ता कृतिनाथ शर्...
फाल्गुन ८ गते, २०८२ - १६:३०
वासिङ्टन। दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख...
फाल्गुन ८ गते, २०८२ - १६:१६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता, बालेन शाह सुदुरपश्चिमको चुनावी अभियानको क्रममा बिरामी परेपछि काठमाडौं आएका छन्। शाह ...
फाल्गुन ८ गते, २०८२ - १६:०८
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीले दाङमा एमालेको झण्डा आफूहरुले नजलाएको स्पष्ट पारेको छ। पार्टीले झण्डा जलाइएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न...
फाल्गुन ८ गते, २०८२ - १५:३३
पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त सम...



प्रतिकृया लेख्नुहोस्: