Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

विद्याबारे ओलीको भाइरल अन्तर्वार्ता- उहाँ एमालेको अध्यक्ष वा प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ (भिडिओ)

अहिले फेरिएको बोली- कर्मचारीलाई झुक्याएर रसिद लिनुभयो, छाडेको सदस्यता नवीकरण हुँदैन

खबरडबली संवाददाता

काठमाडौँ । २०८० साल असोजमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गर्दै उहाँलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने सम्भावना रहेको धारणा व्यक्त गरेका थिए।

उक्त समय ओली बालकोटस्थित निवासमा रहेका थिए भने हाल उनी बालुवाटार सरेका छन् र पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। अन्तर्वार्ता दिने बेला ओली एमाले अध्यक्षमात्र थिए, तर अहिले सत्ता प्रमुखको भूमिकामा छन्।

त्यसबेला दुई कार्यकाल पूरा गरी निजी जीवनमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीको भविष्यको राजनीतिक यात्राबारे चर्चा चलिरहेको थियो। सोही सन्दर्भमा ओलीले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन नहुने तर्कलाई "बेकार" भनेका थिए।

अहिले भने ओलीको धारणा फरक देखिएको छ। उनी अहिले "राष्ट्रपति भइसकेपछि सक्रिय राजनीतिमा फर्कनु हुँदैन" भन्ने अभिव्यक्ति दिइरहेका छन्। यसले ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपन आएको देखिएको छ।

भर्खरै विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने इच्छा जनाएपछि पार्टीले उनको सदस्यता नविकरण नभएको भन्दै अवरोध सिर्जना गर्‍यो। एमालेको केन्द्रीय कमिटी बैठकबाटै भण्डारीको पुनः सक्रिय राजनीतिमा प्रवेशमा रोक लगाइएको छ।

यहीबीच, करिब दुई वर्षअघिको ओलीको अन्तरवार्ताको झण्डै चार मिनेटको अंश अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भण्डारी पक्षधर कार्यकर्ताहरूले अहिले यही अन्तरवार्तालाई सामाजिक सञ्जालमा शेयर गर्दै अध्यक्ष ओलीको दोहोरो चरित्रप्रति प्रश्न उठाइरहेका छन्।

यस्तो थियो ओली र धमलाबीचको सवाल-जवाफ 

प्रश्न– विद्यादेवी भण्डारीले जुन किसिमले राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभयो, त्यसको तपाईंले प्रशंसा गर्नुभयो नि ?

ओलीको जबाफ : उहाँले अत्यन्तै देशभक्तिपूर्ण, अत्यन्तै जनपक्षीय, अत्यन्तै संविधानको रक्षक र पालकको हिसाबले उहाँले भूमिका खेल्नुभएको थियो र गठबन्धनको त्यत्रो हमला, असहिष्णुताका बाबजुद राष्ट्रहितका पक्षमा जुन अडान देखाउनुभयो, इतिहासले सधैँ स्मरण गर्नेछ र प्रशंसा गर्नेछ ।

प्रश्न– विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गर्ने चर्चा पनि चलेको छ, तपाईं के भन्नुहुन्छ ?

ओलीको जबाफ : उहाँ (विद्यादेवी भण्डारी)को खुसीको कुरा हो त्यो । हामी त उहाँ पूर्वराष्ट्रपतिको हैसियतले निष्क्रिय बस्नेभन्दा कुनै हिसाबले सक्रिय हुनुस् भन्छौँ । या सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् भन्छौँ । हुनु हुँदैन भन्ने बेकारको कुरा हो यो । पोल्टिक्समा आउनु हुँदैन भन्ने पनि बेकारको कुरा हो ।

प्रश्न– त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटमलाइन होइन ?

ओलीको जबाफ : कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो । राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन ।

प्रश्न– पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्छ ?

ओलीको जबाफ : पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ । अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । अर्को कुन पार्टी कसको के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ । समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो ।

राष्ट्रपति भएका वेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ भन्नेमात्र हो । राष्ट्रपति नभएका वेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुनसक्छ । राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउनसक्छ । विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन् । अमेरिकामा सेरेमोनियल भन्ने कुनै ढोङ छैन । अमेरिकामा ढोङ छैन, राष्ट्रपति सर्वोच्च कार्यकारी हुन्छ । यहाँ ब्रिटिस सिस्टमअन्तर्गत संवैधानिक राजतन्त्र र राष्ट्रपति हुँदा सेरेमोनियल राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री बन्ने ब्रिटिस पार्लियामेन्टको नक्कल गरेर, संवैधानिक राजतन्त्रको नक्कल गरेर, सेरेमोनियल मोनार्कीको नक्कल गरेर सेरेमोनियल राष्ट्रपति बनाउने (गणतन्त्रमा पनि) त्यो उचित होइन । त्यो तरिका होइन ।

राष्ट्रपति भनेपछि कार्यकारी हुँदैन भन्ने कुरा होइन । राजा भनेको सामन्तवादको प्रतीक हो । जनताले त्योसँग सम्झौता गरेर सेरेमोनियल बनाएर आफूले शासन गर्ने एउटा कुरा हो । यहाँनेर जनताकै सर्वोच्च प्रतिनिधि, सर्वोच्च थलोको मान्छेचाहिँ कार्यकारी हुँदैन र सेरेमोनियल हुन्छ भन्ने नक्कलबाजीमात्रै हो । 

प्रश्न– त्यसो भए विद्यादेवी भण्डारी भोलि एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ ? सम्भावना छ ?

ओलीको जबाफ : सक्नुहुन्छ, पाइन्छ । सम्भावना छ/छैन भन्ने उहाँको कुरा हो । आन्दोलनको कुरा हो त्यो । फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो । म अधिकारको कुरा गर्दैछु । 

अहिले भन्छन्- छाडेको सदस्यता नवीकरण हुँदैन

उहाँ (विद्या)लाई दुईपटक पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पना गरिएको थिएन । उहाँ आएर पार्टीमा सहयोग गरेर एकतामा बल पुर्‍याउनुपर्ने हो । 

तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टी–जनसंगठनमा चुनाव–सुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ । राष्ट्रपति हुने वेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो । 

सदस्यता छोडेर नै राष्ट्रपति हुन जानुभएको हो । फर्किएर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर उहाँले रसिद लिनुभयो । राष्ट्रपति भएको मान्छे होला भनेर कर्मचारीले त काटिदिन्छ । तपाईंहरू सबैलाई थाहा छ– छाडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending