Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

विद्याबारे ओलीको भाइरल अन्तर्वार्ता- उहाँ एमालेको अध्यक्ष वा प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ (भिडिओ)

अहिले फेरिएको बोली- कर्मचारीलाई झुक्याएर रसिद लिनुभयो, छाडेको सदस्यता नवीकरण हुँदैन

खबरडबली संवाददाता

काठमाडौँ । २०८० साल असोजमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गर्दै उहाँलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने सम्भावना रहेको धारणा व्यक्त गरेका थिए।

उक्त समय ओली बालकोटस्थित निवासमा रहेका थिए भने हाल उनी बालुवाटार सरेका छन् र पुनः प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। अन्तर्वार्ता दिने बेला ओली एमाले अध्यक्षमात्र थिए, तर अहिले सत्ता प्रमुखको भूमिकामा छन्।

त्यसबेला दुई कार्यकाल पूरा गरी निजी जीवनमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीको भविष्यको राजनीतिक यात्राबारे चर्चा चलिरहेको थियो। सोही सन्दर्भमा ओलीले पूर्वराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन नहुने तर्कलाई "बेकार" भनेका थिए।

अहिले भने ओलीको धारणा फरक देखिएको छ। उनी अहिले "राष्ट्रपति भइसकेपछि सक्रिय राजनीतिमा फर्कनु हुँदैन" भन्ने अभिव्यक्ति दिइरहेका छन्। यसले ओली र भण्डारीबीचको सम्बन्धमा चिसोपन आएको देखिएको छ।

भर्खरै विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने इच्छा जनाएपछि पार्टीले उनको सदस्यता नविकरण नभएको भन्दै अवरोध सिर्जना गर्‍यो। एमालेको केन्द्रीय कमिटी बैठकबाटै भण्डारीको पुनः सक्रिय राजनीतिमा प्रवेशमा रोक लगाइएको छ।

यहीबीच, करिब दुई वर्षअघिको ओलीको अन्तरवार्ताको झण्डै चार मिनेटको अंश अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भण्डारी पक्षधर कार्यकर्ताहरूले अहिले यही अन्तरवार्तालाई सामाजिक सञ्जालमा शेयर गर्दै अध्यक्ष ओलीको दोहोरो चरित्रप्रति प्रश्न उठाइरहेका छन्।

यस्तो थियो ओली र धमलाबीचको सवाल-जवाफ 

प्रश्न– विद्यादेवी भण्डारीले जुन किसिमले राष्ट्रपतिको भूमिका निर्वाह गर्नुभयो, त्यसको तपाईंले प्रशंसा गर्नुभयो नि ?

ओलीको जबाफ : उहाँले अत्यन्तै देशभक्तिपूर्ण, अत्यन्तै जनपक्षीय, अत्यन्तै संविधानको रक्षक र पालकको हिसाबले उहाँले भूमिका खेल्नुभएको थियो र गठबन्धनको त्यत्रो हमला, असहिष्णुताका बाबजुद राष्ट्रहितका पक्षमा जुन अडान देखाउनुभयो, इतिहासले सधैँ स्मरण गर्नेछ र प्रशंसा गर्नेछ ।

प्रश्न– विद्यादेवी भण्डारी एमालेमा फर्केर राजनीति गर्ने चर्चा पनि चलेको छ, तपाईं के भन्नुहुन्छ ?

ओलीको जबाफ : उहाँ (विद्यादेवी भण्डारी)को खुसीको कुरा हो त्यो । हामी त उहाँ पूर्वराष्ट्रपतिको हैसियतले निष्क्रिय बस्नेभन्दा कुनै हिसाबले सक्रिय हुनुस् भन्छौँ । या सामाजिक क्रियाकलापमा सक्रिय हुनुस् या पोलिटिकल कार्यमा सक्रिय हुनुस् भन्छौँ । हुनु हुँदैन भन्ने बेकारको कुरा हो यो । पोल्टिक्समा आउनु हुँदैन भन्ने पनि बेकारको कुरा हो ।

प्रश्न– त्यसो भए विद्यादेवी भण्डारी राजनीतिमा आउनु हुँदैन भन्ने एमालेको बटमलाइन होइन ?

ओलीको जबाफ : कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो । राजनीति भनेको कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन ।

प्रश्न– पूर्वराष्ट्रपतिले राजनीति गर्न मिल्छ ?

ओलीको जबाफ : पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष बनाउँछन् भने पनि पाइन्छ । अर्को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । अर्को कुन पार्टी कसको के गर्छ, कस्तो राजनीति गर्छ, त्यो पनि पाउँछ । समाजसेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो ।

राष्ट्रपति भएका वेला पार्टीगत हिसाबले यो पार्टीको पक्ष र त्यो पार्टीको पक्ष हुनु हुँदैन, निष्पक्ष हुनुपर्छ भन्नेमात्र हो । राष्ट्रपति नभएका वेला, राष्ट्रपति हुनुभन्दा पहिला पनि राजनीतिमा हुनसक्छ । राष्ट्रपति भइसकेपछि पनि राजनीतिमा आउनसक्छ । विभिन्न देशमा कार्यकारी प्रमुख पनि भएका छन्, राष्ट्रपति पनि भएका छन् । अमेरिकामा सेरेमोनियल भन्ने कुनै ढोङ छैन । अमेरिकामा ढोङ छैन, राष्ट्रपति सर्वोच्च कार्यकारी हुन्छ । यहाँ ब्रिटिस सिस्टमअन्तर्गत संवैधानिक राजतन्त्र र राष्ट्रपति हुँदा सेरेमोनियल राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री बन्ने ब्रिटिस पार्लियामेन्टको नक्कल गरेर, संवैधानिक राजतन्त्रको नक्कल गरेर, सेरेमोनियल मोनार्कीको नक्कल गरेर सेरेमोनियल राष्ट्रपति बनाउने (गणतन्त्रमा पनि) त्यो उचित होइन । त्यो तरिका होइन ।

राष्ट्रपति भनेपछि कार्यकारी हुँदैन भन्ने कुरा होइन । राजा भनेको सामन्तवादको प्रतीक हो । जनताले त्योसँग सम्झौता गरेर सेरेमोनियल बनाएर आफूले शासन गर्ने एउटा कुरा हो । यहाँनेर जनताकै सर्वोच्च प्रतिनिधि, सर्वोच्च थलोको मान्छेचाहिँ कार्यकारी हुँदैन र सेरेमोनियल हुन्छ भन्ने नक्कलबाजीमात्रै हो । 

प्रश्न– त्यसो भए विद्यादेवी भण्डारी भोलि एमालेमा फर्केर राजनीति गरेर प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ ? सम्भावना छ ?

ओलीको जबाफ : सक्नुहुन्छ, पाइन्छ । सम्भावना छ/छैन भन्ने उहाँको कुरा हो । आन्दोलनको कुरा हो त्यो । फर्किनुहुन्छ कि हुन्न, उहाँको कुरा हो । म अधिकारको कुरा गर्दैछु । 

अहिले भन्छन्- छाडेको सदस्यता नवीकरण हुँदैन

उहाँ (विद्या)लाई दुईपटक पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पना गरिएको थिएन । उहाँ आएर पार्टीमा सहयोग गरेर एकतामा बल पुर्‍याउनुपर्ने हो । 

तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टी–जनसंगठनमा चुनाव–सुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ । राष्ट्रपति हुने वेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो । 

सदस्यता छोडेर नै राष्ट्रपति हुन जानुभएको हो । फर्किएर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर उहाँले रसिद लिनुभयो । राष्ट्रपति भएको मान्छे होला भनेर कर्मचारीले त काटिदिन्छ । तपाईंहरू सबैलाई थाहा छ– छाडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending