Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

अझै कायम छ ‘कटुवाल प्रथा’

खबरडबली संवाददाता

लमजुङ । प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै कायमै छ ।

जिल्लामा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन । प्रायःजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट छ । तथापि, यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ ।

जिल्ला सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ, घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँका स्थानीयले आफ्नै गाउँको खबर प्राप्त गर्न भने कटुवालको भर पर्नुपर्छ । 

बेँसीसहर वडा नं १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।

परियारले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको वा हुनेवाला सूचना वा खबर सुनाउँछन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दा यसरी दिने सूचना (खबर) मै विश्वास गर्छन् । गाउँमा हुने विभिन्न खाले भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्ने प्रचलन छ ।

बाँझाखेतका स्थानीय तथा शिक्षक नन्दराज घलेले भन्नुभयो, “विश्वका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु । अन्य माध्यमबाट थाहा पाए पनि कटुवाल कराएपछि मात्रै ढुक्क भइन्छ ।” स्थाीय दूधप्रसाद घले पनि गाउँमा हुने धेरैजसो कामका सूचना कटुवालमार्फत थाहा पाइने गरेको बताउँछन् । वर्षाैंदेखि गाउँमा यो प्रथा चलिआएकाले सूचना प्रविधिको जति विकास भए पनि कटुवालको नै महत्त्व रहेको उनको भनाइ छ ।

कटुवाल परियारले यसरी नै गाउँमा कराउँदै सूचना दिँदै आएको ३५ वर्ष भएको बताए । “गाउँमा जे कार्जे भए पनि मलाई भन्छन्, अनि डाँडामा गएर गाउँलेलाई ठूलो स्वरमा कराएर सूचना दिने गरेको छु”, उनले भने । यसरी सूचना दिँदा कतिले थाहा पाएर पनि सुनिएन, बुझिएन भन्ने गुनासो गर्दा यो पेसा त्यति सजिलो नरहेको अनुभूति हुने गरेको परियारले सुनाए । 

“समस्या छ, तर पनि परम्परागत रूपमा चल्दै आएको यो प्रथा जोगाउन आफूले पेसा अँगाल्दै आएको छु”, उनले भने,“यसबापत विगतमा हरेक वर्ष प्रतिघर १२ माना कोदो दिँदै आएकामा गत वर्षदेखि भने दुई पाथी दिन थालिएको छ । पहिले मान्छे धेरै थिए, अहिले कम छन् । यसरी आएको कोदोले दुई महिना पनि परिवारलाई खाना पुग्दैन ।”

यसबाहेक कोदाको उत्पादन कम भएकाले कतिपयले कोदो नै दिने गरे पनि धेरैजसोले त्यसका मूल्य बराबर पैसा नै दिने गरेको कटुवाल परियारले बताए । उनले नयाँ पुस्तामा भने यस प्रेसाप्रति कुनै चासो नरहेकाले आफ्नो शेषपछि पेसा नै नरहेन चिन्ता लाग्न थालेको गुनासो गरे ।

त्यस्तै, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका दूधबहादुर गुरुङले पनि कटवाल कराउने काम गर्दै आएका छन् । यहाँ वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ । त्यसबापत आफूले गाउँलेबाट सामूहिक रूपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो प्राप्त गर्ने गरेको गुरुङले जानकारी दिए ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायत काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएका छन् ।

वडा सदस्य खमाया गुरुङले गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवालले सूचना दिएपछि अरू माध्यमभन्दा बढी विश्वास लाग्ने गरेकाले पनि प्रथा कायमै रहेको बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनले सुनाए ।

यहाँ बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाउने चलन रहेको छ । यहाँ जिल्लाका अरु केही गाउँमा समेत कटुवाल प्रथा कायमै रहेको जनाइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending