Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

अझै कायम छ ‘कटुवाल प्रथा’

खबरडबली संवाददाता

लमजुङ । प्राचीनकालमा तत्कालीन समाजको सूचना प्रसार गर्ने उद्देश्यले प्रारम्भ भएको कटुवाल प्रथा कालान्तरमा सञ्चारका अनेकौँ प्रविधि विकास हुँदा करिब हराइसकेको छ । यता पहाडी जिल्ला लमजुङमा भने यो प्रथा अझै कायमै छ ।

जिल्लामा आधुनिक प्रविधिको विकास तथा पहुँच नभएको होइन । प्रायःजसो नागरिकका हातहातमा मोबाइल र इन्टरनेट छ । तथापि, यहाँका कतिपय गाउँमा कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ ।

जिल्ला सदरमुकाम रहेको बेँसीसहर नगरपालिका–१० को गाउँबेँसी, लेतेफाँट, कल्लेरी, डाँडागाउँ, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ, घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँका स्थानीयले आफ्नै गाउँको खबर प्राप्त गर्न भने कटुवालको भर पर्नुपर्छ । 

बेँसीसहर वडा नं १० का ७० वर्षीय कालु परियार जब गाउँको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् ।

परियारले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको वा हुनेवाला सूचना वा खबर सुनाउँछन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दा यसरी दिने सूचना (खबर) मै विश्वास गर्छन् । गाउँमा हुने विभिन्न खाले भेला, कार्यक्रम तथा बैठक, विवाहलगायत शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्ने प्रचलन छ ।

बाँझाखेतका स्थानीय तथा शिक्षक नन्दराज घलेले भन्नुभयो, “विश्वका समाचार तथा विभिन्न खबर प्राप्त गरे पनि गाउँका समाचार तथा खबर भने कटुवाल कराएपछि मात्र थाहा पाउने गरेको छु । अन्य माध्यमबाट थाहा पाए पनि कटुवाल कराएपछि मात्रै ढुक्क भइन्छ ।” स्थाीय दूधप्रसाद घले पनि गाउँमा हुने धेरैजसो कामका सूचना कटुवालमार्फत थाहा पाइने गरेको बताउँछन् । वर्षाैंदेखि गाउँमा यो प्रथा चलिआएकाले सूचना प्रविधिको जति विकास भए पनि कटुवालको नै महत्त्व रहेको उनको भनाइ छ ।

कटुवाल परियारले यसरी नै गाउँमा कराउँदै सूचना दिँदै आएको ३५ वर्ष भएको बताए । “गाउँमा जे कार्जे भए पनि मलाई भन्छन्, अनि डाँडामा गएर गाउँलेलाई ठूलो स्वरमा कराएर सूचना दिने गरेको छु”, उनले भने । यसरी सूचना दिँदा कतिले थाहा पाएर पनि सुनिएन, बुझिएन भन्ने गुनासो गर्दा यो पेसा त्यति सजिलो नरहेको अनुभूति हुने गरेको परियारले सुनाए । 

“समस्या छ, तर पनि परम्परागत रूपमा चल्दै आएको यो प्रथा जोगाउन आफूले पेसा अँगाल्दै आएको छु”, उनले भने,“यसबापत विगतमा हरेक वर्ष प्रतिघर १२ माना कोदो दिँदै आएकामा गत वर्षदेखि भने दुई पाथी दिन थालिएको छ । पहिले मान्छे धेरै थिए, अहिले कम छन् । यसरी आएको कोदोले दुई महिना पनि परिवारलाई खाना पुग्दैन ।”

यसबाहेक कोदाको उत्पादन कम भएकाले कतिपयले कोदो नै दिने गरे पनि धेरैजसोले त्यसका मूल्य बराबर पैसा नै दिने गरेको कटुवाल परियारले बताए । उनले नयाँ पुस्तामा भने यस प्रेसाप्रति कुनै चासो नरहेकाले आफ्नो शेषपछि पेसा नै नरहेन चिन्ता लाग्न थालेको गुनासो गरे ।

त्यस्तै, क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँका दूधबहादुर गुरुङले पनि कटवाल कराउने काम गर्दै आएका छन् । यहाँ वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ । त्यसबापत आफूले गाउँलेबाट सामूहिक रूपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो प्राप्त गर्ने गरेको गुरुङले जानकारी दिए ।

गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायत काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएका छन् ।

वडा सदस्य खमाया गुरुङले गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति कटुवालले सूचना दिएपछि अरू माध्यमभन्दा बढी विश्वास लाग्ने गरेकाले पनि प्रथा कायमै रहेको बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनले सुनाए ।

यहाँ बर्सेनि गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाउने चलन रहेको छ । यहाँ जिल्लाका अरु केही गाउँमा समेत कटुवाल प्रथा कायमै रहेको जनाइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending