Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

भदौ मसान्तभित्र यी चार विधेयक पारित गरेर संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद्को चालु बर्खे अधिवेशन भदौको अन्तिम साता सम्पन्न गर्ने तयारीमा सरकार लागेको छ। सरकारले भूमि, शिक्षा, निजामती सेवा र वैकल्पिक वित्तसम्बन्धी चार महत्त्वपूर्ण विधेयक पारित गरेर अधिवेशन अन्त्य गर्ने तयारी गरिरहेको छ।

संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते पारित भई ६ गते प्रतिनिधिसभामा पेस भइसकेको छ। समितिका सभापति कुसुमदेवी थापाले प्रतिवेदन प्रस्तुत गरेकी हुन्। 

यस विधेयकमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन्। विशेषगरी माओवादी केन्द्रले सरकारलाई सूचित आदेशमार्फत जग्गाको हदबन्दी तोक्ने अधिकार दिन नहुने भन्दै असहमति जनाएको हो।

शिक्षा विधेयक पनि हाल प्रतिनिधिसभामा पेस भइसकेको छ। यो विधेयक शिक्षकको आन्दोलन र विगतको सहमतिअनुसार पारित गर्नुपर्ने दबाबमा छ। निजी विद्यालयलाई 'पूर्ण गैरनाफामूलक कम्पनी'मा रूपान्तरण गर्ने प्रावधानप्रति निजी विद्यालय सञ्चालकहरूले तीव्र असन्तुष्टि जनाएका छन्। 

यद्यपि, प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सबै सरोकारवालाको चासो सम्बोधन गरी विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन्।

संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भई हाल राष्ट्रिय सभामा छलफलमा छ। १७ भदौभित्रमा सो विधेयक पारित गरी पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने समयसीमा छ। 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निर्णय गरेको छ। यो व्यवस्था प्रतिनिधिसभाको निर्णयभन्दा फरक रहेको छ, जसले उपसचिव तहमा मात्रै खुला प्रतिस्पर्धा व्यवस्था गरेको थियो।

यसका साथै, नायब सुब्बा (नासु) पदपूर्ति र दुईवर्षे कुलिङ अफ पिरियडसम्बन्धी विषयमा पनि राष्ट्रिय सभामा बहस जारी छ। प्रतिनिधिसभाले नासु पदमा पूर्ण प्रतिस्पर्धा गर्ने प्रस्ताव पठाए पनि, राष्ट्रिय सभाका केही सांसदहरूले प्रचलित प्रणालीअनुसार पदपूर्ति गर्नुपर्ने मत राखेका छन्।

सरकारले बर्खे अधिवेशन भदौ मसान्तसम्ममा टुंग्याउँदै भूमि, शिक्षा, निजामती र वैकल्पिक वित्तसम्बन्धी विधेयकहरू पारित गर्ने तयारी तीव्र पारेको छ। तर विधेयकहरूको विषयवस्तुमा दलहरूबीच मतभेद कायम रहेको र त्यसले विधायन प्रक्रियालाई थप जटिल बनाउन सक्ने देखिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending