काठमाडौं । संघीय संसद्को चालु बर्खे अधिवेशन भदौको अन्तिम साता सम्पन्न गर्ने तयारीमा सरकार लागेको छ। सरकारले भूमि, शिक्षा, निजामती सेवा र वैकल्पिक वित्तसम्बन्धी चार महत्त्वपूर्ण विधेयक पारित गरेर अधिवेशन अन्त्य गर्ने तयारी गरिरहेको छ।
संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ।
भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भदौ ५ गते पारित भई ६ गते प्रतिनिधिसभामा पेस भइसकेको छ। समितिका सभापति कुसुमदेवी थापाले प्रतिवेदन प्रस्तुत गरेकी हुन्।
यस विधेयकमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन्। विशेषगरी माओवादी केन्द्रले सरकारलाई सूचित आदेशमार्फत जग्गाको हदबन्दी तोक्ने अधिकार दिन नहुने भन्दै असहमति जनाएको हो।
शिक्षा विधेयक पनि हाल प्रतिनिधिसभामा पेस भइसकेको छ। यो विधेयक शिक्षकको आन्दोलन र विगतको सहमतिअनुसार पारित गर्नुपर्ने दबाबमा छ। निजी विद्यालयलाई 'पूर्ण गैरनाफामूलक कम्पनी'मा रूपान्तरण गर्ने प्रावधानप्रति निजी विद्यालय सञ्चालकहरूले तीव्र असन्तुष्टि जनाएका छन्।
यद्यपि, प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले सबै सरोकारवालाको चासो सम्बोधन गरी विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका छन्।
संघीय निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भई हाल राष्ट्रिय सभामा छलफलमा छ। १७ भदौभित्रमा सो विधेयक पारित गरी पुनः प्रतिनिधिसभामा पठाउनुपर्ने समयसीमा छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने निर्णय गरेको छ। यो व्यवस्था प्रतिनिधिसभाको निर्णयभन्दा फरक रहेको छ, जसले उपसचिव तहमा मात्रै खुला प्रतिस्पर्धा व्यवस्था गरेको थियो।
यसका साथै, नायब सुब्बा (नासु) पदपूर्ति र दुईवर्षे कुलिङ अफ पिरियडसम्बन्धी विषयमा पनि राष्ट्रिय सभामा बहस जारी छ। प्रतिनिधिसभाले नासु पदमा पूर्ण प्रतिस्पर्धा गर्ने प्रस्ताव पठाए पनि, राष्ट्रिय सभाका केही सांसदहरूले प्रचलित प्रणालीअनुसार पदपूर्ति गर्नुपर्ने मत राखेका छन्।
सरकारले बर्खे अधिवेशन भदौ मसान्तसम्ममा टुंग्याउँदै भूमि, शिक्षा, निजामती र वैकल्पिक वित्तसम्बन्धी विधेयकहरू पारित गर्ने तयारी तीव्र पारेको छ। तर विधेयकहरूको विषयवस्तुमा दलहरूबीच मतभेद कायम रहेको र त्यसले विधायन प्रक्रियालाई थप जटिल बनाउन सक्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: