Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सामाजिक सञ्जाललाई ७ दिनको अल्टिमेटः अभिव्यक्ति स्वतन्त्रता र नियमनबीचको सन्तुलन कि संविधानसम्मत स्वतन्त्रतामाथि नियन्त्रण ?

खबरडबली संवाददाता

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रभाव र दुरुपयोग नियन्त्रण गर्न सरकारले सशक्त कदम चालेको छ । सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सरकारले बिहीबार अन्तिम सूचना जारी गर्दै सामाजिक सञ्जालका प्लेटफर्मलाई सात दिनभित्र सम्पर्क व्यक्तिको विवरण पेश गर्न निर्देशन दिएको हो ।

यो निर्देशन सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को गत सोमबारको निर्णयका आधारमा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । उक्त निर्णयअनुसार नेपाल सरकारले नेपालमा क्रियाशील सम्पूर्ण सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न कदम चालेको हो ।

सर्वोच्च अदालतमा दायर भएको अभिवेचनासम्बन्धी मुद्दामा अदालतले नेपालमा चलिरहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई पूर्ण रूपमा दर्ता गरी नियमन गर्न र सम्पर्क बिन्दुको व्यवस्था गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । अदालतको आदेश अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक सूचना सार्वजनिक गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले अब सात दिनभित्र मन्त्रालयमा सम्पर्क व्यक्ति सम्बन्धी जानकारी दिनुपर्नेछ ।

मन्त्रालयले यदि सामाजिक सञ्जाल प्लेटफर्मले तोकिएको समयावधिभित्र आवश्यक सम्पर्क विवरण उपलब्ध नगराएमा, नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आवश्यक प्रविधि प्रयोग गरी ती प्लेटफर्मको पहुँच नियन्त्रण गरिने जनाएको छ ।

यस अन्तर्गत, सामाजिक सञ्जाल प्रयोग गरी व्यक्तिको गोपनीयता, अभिव्यक्ति स्वतन्त्रता र कानुनी प्रक्रियामा प्रभाव पार्ने गरी भएका गतिविधिको निगरानी गरिनेछ । “नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले सात दिनभित्र सम्पर्क व्यक्तिको विवरण उपलब्ध गराउनुपर्नेछ,” सूचनामा भनिएको छ।

फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम, ट्विटर‘ यी नामहरू आज हरेक नेपालीको दैनिक जीवनसँग गाँसिएका छन् । तर अब यी सबै प्लेटफर्मले नेपाल सरकारसँग प्रत्यक्ष सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सार्वजनिक गरेको अन्तिम सूचनाले सामाजिक सञ्जाल कम्पनीलाई ७ दिनको अल्टिमेटम दिएको हो।

७ दिनभित्र के बुझाउनुपर्छ ?

मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीलाई तोकेको सम्पर्क बिन्दुमा निम्न विवरण अनिवार्य गर्न भनेको छ । जसमा नेपालमा सम्पर्क व्यक्तिको नाम,  स्थायी ठेगाना, इमेल ठेगाना र  फोन नम्बर सूचना प्रविधि विभाग, सिंहदरबारमा पठाउनुपर्ने बताएको छ।

नबुझाए के हुन्छ ?

यदि सात दिनभित्र विवरण पेश भएन भने मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत प्रविधिक रूपमा तिनको पहुँच नियन्त्रण गर्ने चेतावनी पनि दिएको छ। यसको अर्थः  नेपालभित्र फेसबुक, टिकटक, युट्युब जस्ता प्लेटफर्म अवरुद्ध हुन सक्छन्।  वा तिनको सेवा प्रतिबन्धित वा सीमित गरिन सक्छ।

किन आवश्यक ठान्यो सरकारले ?

मन्त्रालयका अनुसार  सामाजिक सञ्जाल दुरुपयोग भई गोपनीयता भंग, चरित्र हत्या, अराजकता बढिरहेको छ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा कानुनी प्रक्रिया प्रभावित हुने गतिविधि बढेका छन्। अब यी प्लेटफर्मलाई पनि नेपालमा उत्तरदायी र मर्यादित बनाउनु जरुरी छ।

यसअघि सरकारले ‘सामाजिक सञ्जालको योग व्यवस्थापन निर्देशिका, २०८०’ जारी गरिसकेको छ। त्यही निर्देशिकामा प्रयोगकर्ताको दर्ता, गोपनीयता र उत्तरदायित्वसम्बन्धी प्रावधान राखिएका छन्।

सर्वोच्च अदालतको आदेश

यो निर्णय अचानक आएको होइन। सर्वोच्च अदालतमा दायर भएको अभिवेचनासम्बन्धी मुद्दामा अदालतले सरकारलाई सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको थियो । त्यसैका आधारमा मन्त्रिपरिषद्ले सोमबार निर्णय गर्दै सूचना जारी गर्ने तयारी गरेको थियो।

प्रभाव र प्रश्न

नेपालमा १ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता छन्, टिकटक र युट्युब प्रयोगकर्ताको संख्या पनि तीव्र रूपमा बढेको छ।  सात दिनभित्र सम्पर्क व्यक्ति नदिए यी सबै अवरुद्ध भए दैनिक जीवनदेखि व्यापारसम्म ठूलो असर पर्न सक्ने देिखएकाे छ । 

के नेपाल सरकार विश्वव्यापी प्लेटफर्मलाई सजिलै दबाब दिन सक्छ ? वा यी कम्पनीहरूले नेपाललाई बेवास्ता गर्ने खतरा  छ ? जस्ता प्रश्र्न पनि उब्जिएका छन् । 

नेपाल सरकारले सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउने अन्तिम तयारी गरेको हाे । अब सात दिनभित्र यी कम्पनीले नेपालमा आधिकारिक सम्पर्क व्यक्ति तोक्ने वा आफ्नो सेवा गुमाउने जोखिम बढेकाे छ।

डिजिटल नेपालको यात्रामा यो कदम अभिव्यक्ति स्वतन्त्रता र नियमनबीचको सन्तुलन हो कि संविधानसम्मत स्वतन्त्रतामाथि नियन्त्रण ? यसको जवाफ आगामी सात दिनभित्रै स्पष्ट हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending