काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चलाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले मंगलबार नापी र यातायात कार्यालयबाट ३२ जना बिचौलियालाई नियन्त्रणमा लिएको हो।
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ललितपुर नापी कार्यालयबाट २१ जना र एकान्तकुनास्थित यातायात कार्यालयबाट ११ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूले सेवाग्राहीलाई अनावश्यक हैरानी दिने, लाइन मिचिदिने प्रलोभन देखाउने र अनधिकृत रूपमा रकम बार्गेनिङ गर्ने गरेको पाइएको छ।
एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाहरूको बिगबिगी रहेको जनगुनासोपछि प्रहरीले निगरानी बढाएको थियो। पक्राउ परेकामध्ये कतिपयले त कार्यालयभित्रका आधिकारिक कागजात र प्रक्रियासम्मै अनधिकृत पहुँच पुर्याएर सेवाग्राहीबाट मोटो रकम असुल्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
‘सेवाग्राहीको काम मिलाइदिन्छु भन्दै पैसा असुल्नेहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ एसपी मिश्रले भने, ‘उनीहरूमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको छ, विस्तृत विवरण केही समयपछि सार्वजनिक गर्नेछौँ ।’
सुशासनको चुनौती र प्रहरी सक्रियता लामो समयदेखि ललितपुरका नापी, मालपोत र यातायात कार्यालय बिचौलियाको अखडा बन्ने गरेको भन्दै आलोचना हुने गरेको थियो । पहुँच नभएका सर्वसाधारणले सास्ती पाउने तर पैसा बुझाउनेको काम छिटो हुने परिपाटीले सुशासनमाथि नै प्रश्न उठाएको थियो ।
पछिल्लो समय गृहमन्त्रालयले सरकारी कार्यालयमा हुने अनियमितता र बिचौलियाको प्रभाव शून्यमा झार्न निर्देशन दिएपछि नेपाल प्रहरीले देशव्यापी रूपमा यस्ता ‘सप्राइज चेकिङ’ र पक्राउ अभियानलाई तीव्रता दिएको छ।
पक्राउ परेकाहरूमाथि अभद्र व्यवहार वा अन्य सान्दर्भिक मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: