Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

र्पर्वविद्यार्थीद्वारा विद्यालय पसेर अन्धाधुन्ध गोली प्रहार, दुईको मृत्यु, १७ घाइते

डिप्रेसनको सिकार भएका उनले गरे आत्महत्या

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकाको एउटा विद्यालयमा २३ वर्षीय एक युवकले अन्धाधुन्ध गोली चलाउँदा ८ र ६ वर्षका दुई बालकको मृत्यु भएको छ ।  उनीहरूको घाँटीमा गोली लागेको थियो । 

गोलीकाण्डमा अरू १४ विद्यार्थी र तीन जना वृद्ध घाइते भएका छन् । घाइते हुने विद्यार्थीहरू ६ देखि १८ वर्ष उमेर समूहका छन् भने तीन वृद्ध ८० वर्षका छन् । सबै घाइतेहरूको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

अमेरिकाको मिनिसोटा राज्यको मिनियापोलिसस्थित एनुनसियसन क्याथोलिक चर्चभित्र सञ्चालित विद्यालयमा ती युवकले स्थानीय समयअनुसार बुधबार बिहान अन्धाधुन्ध गोली चलाएका थिए । गोली चल्दा विद्यालयमा प्रार्थना चल्दै थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ती युवक चर्चको बाहिरबाट झ्यालको सिसा फोडेर विद्यालय प्रवेश गरेका थिए । तीनवटा बन्दुक ९राइफल, पेस्तोल र सटगन० बाट उनले सामूहिक प्रार्थना सभामा गोली चलाएका थिए ।

गोली चलाउने युवक सोही विद्यालयका पूर्वविद्यार्थी रोबिन वेटम्यान रहेको खुलेको छ । गोली चलाएपछि ती युवकले विद्यालयको पछाडिपट्टिको भागमा गएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि उनले एउटा भिडिओ बनाएको पनि खुलेको छ । 

भिडिओमा उनले आफू डिप्रेसनको सिकार भएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार वेटम्यानले २०२० मा आफ्नो नाम र लैंगिक पहिचान परिवर्तन गरेका थिए । 

एफबीआईले यस घटनालाई क्याथोलिक समुदायलाई लक्षित गरेको घरेलु आतंकवाद र घृणात्मक अपराधको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

मिनियापोलिसका मेयर जेकब फ्रेले अमेरिकामा बन्दुक सजिलै पाइने अवस्थाकै कारण यस्ता घटनाहरू बढिरहेको टिप्पणी गरेका छन् । 

योसहित चालु आर्थिक वर्षमा अमेरिकाका विद्यालयमा भएको गोलीकाण्डको संख्या १४६ पुगेको छ । यस घटनाले फेरि एकपटक अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी बहसलाई चर्काएको भनेर सञ्चार माध्यमले लेखेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनयुद्धका सुप्रिमोसँग आमाबुबाको सपना बोकेर चुनावी मैदानमा शहीद पुत्र सन्दीप

दाङ । नेपाली राजनीतिमा यो चुनाव केवल मतको प्रतिस्पर्धा मात्र होइन, इतिहास र भावनाको प्रत्यक्ष सामना बन्ने भएको छ। १० वर्षे जनयुद्धका सुप्रिमो पुष्पकमल...

सामाजिक सञ्जालमा एमाले रक्षात्मक, ओलीले दिए दिनमा १० पोस्ट, १० सन्देश पठाउन आदेश

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध सामाजिक सञ्जालमा भइरहेको ‘दुष्प्रचार’ रोक्न कार्यकर्ताहरूलाई आक्रामक डिजिटल अभियानमा उ...

सुदूरपश्चिममा रास्वपाको आकांक्षीको भीड, १६ सिटका लागि ४६ दाबेदारमा कसले पाउला टिकट ?

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा तीव्र आन्तरिक प्रतिस...

एमाले सचिवालय बैठकमा उम्मेदवार टुंग्याउने कसरत, ओलीसहित ३५ नेताको नाम लगभग निश्चित

ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...

हामी कुनै मुठभेड गरेर पार्टी कार्यालय प्रवेश गर्दैनौँः उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...

मधेस प्रवेशसँगै बालेनको चर्चा, त्रासमा मधेस केन्द्रित दल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...

जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...

एक–दुई दिनमै कांग्रेस एक ठाउँमा आउँछ, देउवाबाट ‘संरक्षक’ काे भूमिका अपेक्षा गरेका छाैं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...

नौ वर्षमा भरतपुरको कायापलट, रेनु दाहालको ऐतिहासिक विदा

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै

काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending