Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

नाउपाभित्र गहिरिँदो विभाजन, उपनिर्वाचनमा रेशमको उम्मेदवार डा. उमाशंकरलाई जनमतको चुनौती

रेशमको 'फेसबुक उम्मेदवारी', के अध्यक्ष रञ्जिताको मौनता निर्णायक बन्ला ?

खबरडबली संवाददाता

रुपन्देही । रुपन्देही–३ मा आसन्न उपनिर्वाचनको पूर्वसन्ध्यामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) गहिरिँदो विवाद र दुई धारमा विभाजित देखिएको छ। संरक्षक रेशम चौधरीले डा. उमाशंकर चौधरीलाई स्वतन्त्र उम्मेदवारका रूपमा अघि सार्ने संकेत गरे पनि अध्यक्ष रञ्जिता श्रेष्ठको मौनता र जनमत पार्टीको फरक रणनीतिले यो उम्मेदवारी सहज हुने देखिँदैन।

रेशम चौधरीले बिहीबार सामाजिक सञ्जालमा डा. उमाशंकरको फोटो पोष्ट गर्दै मौन समर्थन जनाएपछि राजनीतिक चर्चाले गति लिएको छ। पार्टीको केन्द्रीय सदस्य र वरिष्ठ उपाध्यक्ष राकेश कोइरीका अनुसार डा. उमाशंकरलाई मोर्चाको साझा उम्मेदवार बनाउने तयारी भएको छ। तर, डा. उमाशंकर आफैंले यसलाई अहिलेसम्म संस्थागत निर्णय नआएको बताउँदै चोखो स्पष्टता दिएका छैनन्।

अर्कोतर्फ, नाउपाभित्रै अध्यक्ष श्रेष्ठको धारणा अझै अज्ञात छ। उनी यसअघि रुपन्देही–३ बाट पार्टीकै उम्मेदवार उठाउने घोषणा गरिसकेकी थिइन्। पार्टी विभाजनका कारण निर्वाचन आयोगमा नाउपा दर्ता हुन नसक्दा स्वतन्त्र उम्मेदवारीमार्फत प्रतिस्पर्धा गर्ने योजना बनेको हो। तर रेशम चौधरीले प्रस्ताव गरेको उम्मेदवारमा पार्टी अध्यक्षको सहमति नहुँदा उम्मेदवारी कत्तिको प्रभावकारी हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ।

यहीबीच, लोकतान्त्रिक मधेसी मोर्चाका घटक दलहरूले भने रेशमको उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय पुन: दोहोराएका छन्। जसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील दल, राष्ट्रिय मुक्ति पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टी सहभागी छन्।

तर, मोर्चाकै अर्को घटक जनमत पार्टीले भने उपनिर्वाचनमा कसैसँग साझेदारी नगर्ने निर्णय गरिसकेको छ। यसले रेशम चौधरीको उम्मेदवारीमा गम्भीर चुनौती थपिएको छ, विशेषगरी जब जनमतबाट धनीराम चौधरी उम्मेदवार बन्ने पक्का भएको छ। उनी नाउपाका पूर्व उम्मेदवार समेत हुन्, जसले अघिल्लो निर्वाचनमा राम्रै मत ल्याएका थिए।

उता, डा. उमाशंकर चौधरी थारु समुदायका प्रतिष्ठित अनुहार हुन्। उनी लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा निर्देशक भएर सेवा गरेपछि थारु आयोगको सदस्यसमेत बनेका थिए। भैरहवा निवासी डा. सरोजसिंह चौधरी पनि रेशमको 'ब्याकअप' उम्मेदवारको रूपमा चर्चामा छन्, तर उनको नाम हालसम्म औपचारिक रूपमा अगाडि आएको छैन।

रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद अझै टुंगिएको छैन। चौधरी पक्षले लालवीर चौधरीलाई नयाँ अध्यक्ष बनाए पनि निर्वाचन आयोगले श्रेष्ठलाई नै आधिकारिकता दिएको छ। आयोगले तोकेको दर्ता समय साउन २७ गते समाप्त भइसकेकाले अब नाउपाले स्वतन्त्र उम्मेदवारीकै बाटो समाउनुपर्ने निश्चितजस्तै छ।

यसरी, मधेसी र थारु समुदायको दबदबा रहेको यो क्षेत्रमा साझा उम्मेदवारीको अवधारणामा देखिएको भाँजो र आन्तरिक कलहले उम्मेदवारको जितभन्दा बढी पार्टी अस्तित्वकै लडाइँ देखिन थालेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेतृत्वको कमजोर प्रवृत्तिका कारण थारू मतदातामा वितृष्णा

नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !

धनुषाका गाउँमा चुनावी रौनक नहुँदा मतदातामा निराशा र आक्रोश

जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...

स्वच्छ चुनाव भयो भने नेकपा पहिलो पार्टी बन्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE