Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

रुवी हत्या प्रकरण: असफल प्रेम र हाम्रो समाजको ऐना

मनोज थापा

तपाईंले रोमियो-जुलियट, लैला–मजनु, मुना–मदनजस्ता प्रेमिल कथाहरू थुप्रै सुन्नु, पढ्नु भएको छ होला जसमा प्रेम सफल थियो, संघर्ष थियो, तर प्रेमको गौरव थियो। तर कहिल्यै हामीले असफल प्रेम सम्बन्धका कथा किन धेरै सुन्दैनौँ ?

नेपाली समाजमा, चाहे चलचित्र होस् वा लोककथा, प्राय: खलनायकहरू कुरुप देखाइन्छन्, पराजित गरिन्छन्। तर जब रुवी र लक्ष्मणको जस्तो गहिरो प्रेम सम्बन्ध सामाजिक संरचनाको ठूला प्रश्नहरू लिएर आउँछ त्यसलाई बुझ्न खोज्ने भन्दा पनि गलत प्रमाणित गर्न उद्धत हुन्छन् समाज, मिडिया, अनि आफैं हामी।

के रुवी हत्या प्रकरणमा लक्ष्मण पासवान दोषी नै हुन् ? उनले आत्मदाह गर्नु अघि उल्लेख गरेका नामहरू, उनीहरूकै कारण आफूहरू असफल भएको बयान, र उनको अन्तिम सन्देश हामी समाजले बिर्सन मिल्ने कुरा होइन। 

जातीयता, गरिबी, सामाजिक प्रतिष्ठा, र मानसिक तनावले बनाएको यो विडम्बनापूर्ण परिस्थितिमा दोष केवल व्यक्तिको होइन, संरचनाको हो। रुवीकी आमाले वर्गीय र जातीय आधारमा विवाह तोडाउनु, समाजले उनको सम्बन्ध स्वीकार नगर्नु यी सबै कुरा लक्ष्मणको चरम मानसिक असन्तुलन र अन्तत: हत्या आत्महत्यातर्फ डोहोरिने अवस्थाको पृष्ठभूमि हुन्।

हामी समाजले प्रेमिल सम्बन्धलाई सधैँ सफल हुने, आदर्श हुने भन्न खोज्छौँ। तर जब असफलता आउँछ, त्यहाँ दोष खोजिन्छ-अनि त्यो दोष प्रेम गर्नेहरूमा मात्र देखिन्छ। तर, के समाजको जिम्मेवारी छैन ?

राज्य संयन्त्रले लक्ष्मणलाई गम्भीर चोटपटकपछि समेत मानवीय व्यवहार नगर्नु, हेलीमार्फत उपचार नगर्नु यी कुराहरूले मानव अधिकारका गम्भीर प्रश्न उठाउँछन्।

हत्या गर्नु वा आत्महत्या गर्नु समाधान होइन। प्रेम सम्बन्धमा असफलता पनि जीवनको एक चरण हो, जसलाई अर्को विकल्पबाट समाधान गर्न सकिन्थ्यो। काश! उनीहरूले समाजसँग लड्ने हिम्मत राखेकाे भए नयाँ जीवन सुरु गर्न सक्थे ।

(लेखक थापा फर्मासिष्ट हुन् ।)

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री दीपक खड्काको घरमा आगजनी र तोडफोड प्रकरण: तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...

सरकारले उखुको खरिद मूल्य तोक्यो, प्रति क्विन्टल ६२० निर्धारण

काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...

ओलीले महिलालाई सधैं अपमान गर्छन्: अष्टलक्ष्मी शाक्य

विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति

खानेपानी तथा सरसफाइ डिभिजन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  ठेक्कामा बढी कबोल रकम गरे...

विराटनगरविरुद्ध सुरुमा ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...

कैलाली–५ बाट आरजु राणासहित चार जना उम्मेदवार सिफारिस

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक (सुचीसहित)

काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...

यही प्रणालीमा चुनाव गरेर मुलुक अघि बढ्छ भन्नु भ्रम हो : अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending