धादिङ । धुनिबाँसी नगरपालिका–५ स्थित एक महिलाको निजी जग्गा नेपाल सरकारको सडक विभागले मापदण्डविपरीत कालोपत्रे गरेपछि विवाद चर्किएको छ। पीडित विमला महर्जनको पक्षमा उभिंदै नेवाः राष्ट्रिय परिषद र राष्ट्रिय मुक्ति पार्टीका नेताहरूले सडकमै काँडेतार लगाउँदै प्रतिवाद गरेका छन्।
परिषदका संयोजक सुमन सायमीका अनुसार, कित्ता नं १२० मा पर्ने ३ रोपनी १५ आना २ पैसा निजी जग्गा सडक निर्माणका क्रममा बिना पूर्वसूचना, क्षतिपूर्ति वा सहमति पिच गरिएको हो। “नेपाल सरकार सडक विभागको लापरवाहीका कारण महर्जनजस्ता नागरिक अन्यायमा परिरहेका छन्,” संयोजक सायमीले भने।
विवादित जग्गा फिर्ता गराउन भन्दै धादिङ पुगेका नेताहरूमा हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रविन्द्र श्रेष्ठ, बिकास बाबु श्रेष्ठ, बेबि राजभण्डारी लगायत थिए।
पार्टीका नेताहरूको उपस्थितिमा मापदण्ड अनुसारको सडकका लागि आवश्यक जग्गा बाहेक बाँकी जग्गा फिर्ता गरिनुपर्ने माग गर्दै सडक किनारमा काँडेतार लगाइएको हो। परिषदका अनुसार यस कदममार्फत पीडितलाई न्याय दिलाउने अभियान सुरु गरिएको छ।
सडक विभागले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। पीडित पक्ष भने आफ्नो निजी सम्पत्ति हकको संरक्षणका लागि कानुनी लडाइँमा समेत जाने तयारीमा छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १५:१७
ललितपुर । नेकपा एमालेको सचिवालय बैठकमा सहभागी हुन शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...
माघ ४ गते, २०८२ - १५:१३
काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित उपसभापति पुष्पा भुसालले आफूहरू सौहार्दपूर्ण वातावरण बनेपछि मात्रै केन्द्रीय कार्यालय सानेपा जाने बताएकी छन्। ...
माघ ४ गते, २०८२ - १३:२५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अब औपचारिक रूपमा स्थानीय सरकारको भूमिकाबाट बाहिरिँदै राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तय...
माघ ४ गते, २०८२ - १३:२३
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा ...
माघ ४ गते, २०८२ - १३:१९
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद अब अन्त्यतर्फ उन्मुख रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकै ठाउँमा आउन आ...
माघ ४ गते, २०८२ - १३:१५
चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फ...
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...
माघ ४ गते, २०८२ - १२:१३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...
माघ ४ गते, २०८२ - १२:१०
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...
माघ ४ गते, २०८२ - १२:०८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...




प्रतिकृया लेख्नुहोस्: