धादिङ । धुनिबाँसी नगरपालिका–५ स्थित एक महिलाको निजी जग्गा नेपाल सरकारको सडक विभागले मापदण्डविपरीत कालोपत्रे गरेपछि विवाद चर्किएको छ। पीडित विमला महर्जनको पक्षमा उभिंदै नेवाः राष्ट्रिय परिषद र राष्ट्रिय मुक्ति पार्टीका नेताहरूले सडकमै काँडेतार लगाउँदै प्रतिवाद गरेका छन्।
परिषदका संयोजक सुमन सायमीका अनुसार, कित्ता नं १२० मा पर्ने ३ रोपनी १५ आना २ पैसा निजी जग्गा सडक निर्माणका क्रममा बिना पूर्वसूचना, क्षतिपूर्ति वा सहमति पिच गरिएको हो। “नेपाल सरकार सडक विभागको लापरवाहीका कारण महर्जनजस्ता नागरिक अन्यायमा परिरहेका छन्,” संयोजक सायमीले भने।
विवादित जग्गा फिर्ता गराउन भन्दै धादिङ पुगेका नेताहरूमा हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रविन्द्र श्रेष्ठ, बिकास बाबु श्रेष्ठ, बेबि राजभण्डारी लगायत थिए।
पार्टीका नेताहरूको उपस्थितिमा मापदण्ड अनुसारको सडकका लागि आवश्यक जग्गा बाहेक बाँकी जग्गा फिर्ता गरिनुपर्ने माग गर्दै सडक किनारमा काँडेतार लगाइएको हो। परिषदका अनुसार यस कदममार्फत पीडितलाई न्याय दिलाउने अभियान सुरु गरिएको छ।
सडक विभागले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। पीडित पक्ष भने आफ्नो निजी सम्पत्ति हकको संरक्षणका लागि कानुनी लडाइँमा समेत जाने तयारीमा छ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: