Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध

खबरडबली संवाददाता

काठमाडौं  ।  नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको २४औं वार्षिक साधारणसभाले मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे प्रमुख अतिथिका रूपमा सहभागी थिए। संघका निवर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भयो।

संघको नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्ष: केशवप्रसाद मैनाली, महासचिव: गणेशप्रसाद तिमिल्सिना, सचिव: अशोक कुमार कँडेल, कोषाध्यक्ष: दिनेशमणि रिसाल, सह–कोषाध्यक्ष: रमेश प्रजापति   निर्वाचित भएका छन् । 

त्यस्तै, कार्यसमिति सदस्यहरूमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन्।

व्यवसायको हकहितमा काम गर्ने प्रतिबद्धता

अध्यक्षमा निर्वाचित मैनालीले सर्वसम्मत समर्थनप्रति आभार व्यक्त गर्दै संघलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन्। उनले भने, “मलाई विश्वास गरी सर्वसम्मत अध्यक्ष चयन गर्नुहुने सबै साथीहरूप्रति म आभार व्यक्त गर्दछु। सम्पूर्ण कार्यसमितिलाई साथमा लिएर वितरण व्यवसायको हकहितका क्षेत्रमा क्रियाशील भएर काम गर्नेछु।”

नयाँ नेतृत्वको प्राथमिकतामा ट्राफिक समस्या, क्रेडिटको असहजता र नीतिगत अन्योल प्रमुख रहेका छन्। मैनालीले यस्ता चुनौतीहरूको समाधानका लागि नीति निर्माण तहमा समेत पहल गर्ने बताए।

उनका अनुसार, आयातित वा स्वदेशमै उत्पादित उपभोग्य वस्तुहरू वितरकहरूमार्फत बजारमा पुगी आर्थिक चक्रलाई चलायमान बनाउने कार्यमा वितरक व्यवसायको योगदान महत्वपूर्ण छ। “यो व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ,” मैनालीले जोड दिए।

नेपाल वितरक संघको नेतृत्व परिवर्तनसँगै वितरण व्यवसायसँग सम्बन्धित नीति निर्माण, व्यावसायिक सुरक्षा र प्रभावकारी व्यवस्थापनका लागि नयाँ कार्यसमितिको भूमिकाप्रति अपेक्षा गरिएको छ। अध्यक्ष मैनालीको नेतृत्वमा संघले वितरण व्यवसायका समस्या समाधान गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending