काठमाडौं । नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको २४औं वार्षिक साधारणसभाले मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसे प्रमुख अतिथिका रूपमा सहभागी थिए। संघका निवर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा सभा सम्पन्न भयो।
संघको नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्ष: केशवप्रसाद मैनाली, महासचिव: गणेशप्रसाद तिमिल्सिना, सचिव: अशोक कुमार कँडेल, कोषाध्यक्ष: दिनेशमणि रिसाल, सह–कोषाध्यक्ष: रमेश प्रजापति निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन्। निवर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन्।
व्यवसायको हकहितमा काम गर्ने प्रतिबद्धता
अध्यक्षमा निर्वाचित मैनालीले सर्वसम्मत समर्थनप्रति आभार व्यक्त गर्दै संघलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन्। उनले भने, “मलाई विश्वास गरी सर्वसम्मत अध्यक्ष चयन गर्नुहुने सबै साथीहरूप्रति म आभार व्यक्त गर्दछु। सम्पूर्ण कार्यसमितिलाई साथमा लिएर वितरण व्यवसायको हकहितका क्षेत्रमा क्रियाशील भएर काम गर्नेछु।”
नयाँ नेतृत्वको प्राथमिकतामा ट्राफिक समस्या, क्रेडिटको असहजता र नीतिगत अन्योल प्रमुख रहेका छन्। मैनालीले यस्ता चुनौतीहरूको समाधानका लागि नीति निर्माण तहमा समेत पहल गर्ने बताए।
उनका अनुसार, आयातित वा स्वदेशमै उत्पादित उपभोग्य वस्तुहरू वितरकहरूमार्फत बजारमा पुगी आर्थिक चक्रलाई चलायमान बनाउने कार्यमा वितरक व्यवसायको योगदान महत्वपूर्ण छ। “यो व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ,” मैनालीले जोड दिए।
नेपाल वितरक संघको नेतृत्व परिवर्तनसँगै वितरण व्यवसायसँग सम्बन्धित नीति निर्माण, व्यावसायिक सुरक्षा र प्रभावकारी व्यवस्थापनका लागि नयाँ कार्यसमितिको भूमिकाप्रति अपेक्षा गरिएको छ। अध्यक्ष मैनालीको नेतृत्वमा संघले वितरण व्यवसायका समस्या समाधान गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: