Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

संविधान दिवसमा एकता घोषणा गर्ने चार दलको तयारी !

खबरडबली संवाददाता

काठमाडौं । संविधान दिवस (३ असोज)मा पार्टी एकताको घोषणा गर्नेगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेकका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।

समाजवादी मोर्चा हुँदै पार्टी एकतासम्म पुग्ने उद्घोष गरेका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेतृत्व एकीकरणको अन्तिम गृहकार्यमा जुटेका छन् ।

एकीकरणको सैद्धान्तिक छलफल जारी रहेका बेला समाजवादी केन्द्रलगायतका केही दलमा आन्तरिक किचलो बढेपछि नेताहरू एकीकरणका लागि हतारिएका हुन् ।

सो पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएपछि उनको राजीनामाको विषयलाई लिएर आन्तरिक विवाद उत्कर्षमा छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टीको निर्णयअनुसार पार्टी एकताका लागि छलफल भइरहेको जनाएका छन् । विभिन्न कम्युनिस्ट पार्टीहरूका बीचमा एकता गर्दै शक्तिशाली पार्टी निर्माण गर्ने भन्ने ’boutमा छलफल भइरहेको र यस प्रक्रियाले निकै चाँढै मूर्तरूप लिने बताए ।

‘कम्युनिस्ट पार्टीहरूका बीचमा पार्टी एकता गर्दै शक्तिशाली पार्टी बनाउने ’boutमा नेताहरूका बीचमा छलफल जारी नै छ, चाँडै केही प्रगति देखिनेछ,’ माओवादी केन्द्रका महासचिव गुरुङले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, आजपाका अध्यक्ष प्रभु साह, नेकपा महासचिव विप्लवका बीचमा पार्टी एकताका ’boutमा छुट्टाछुट्टै छलफल भइसकेको छ ।

उच्चस्रोतका अनुसार प्रचण्ड र नेपाल पार्टी एकताका लागि सहमत भइसकेका छन् । प्रचण्डले साह र विप्लवसँग पनि छलफल थालेका छन् । ‘छुट्टाछुट्टैको पार्टीले देश र जनताको आवश्यकता पूरा गर्न नसकिने भन्दै पार्टी एकतामा ढिलाइ गर्न नहुने निष्कर्ष प्रचण्डको छ,’ प्रचण्डनिकट एक नेताले भने, ‘सोहीअनुसार छलफल भइरहेको छ, केही प्राविधिक विषय मिलाउनुपर्नेमा नेताहरू लागेका छन् ।’

माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै चुनौती दिँदैआएका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा काण्डको भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेपछि राजीनामाको प्रश्न सोही पार्टीका नेताले उठाउँदै आएका छन् । सोही कारण प्रचण्ड र नेपालले जति छिटो पार्टी एकता गर्दै पार्टीभित्र देखिएको द्वन्द्व पनि समाधान गर्न खोजेका छन् ।

नेपालनिकट एक नेताका अनुसार पार्टी एकताका लागि धेरै विषय मिलिसकेको छ । दुई अध्यक्ष बनाउने र तत्कालीन नेकपा ‘मोडेल’अनुसार पार्टीलाई एकता गर्ने ’boutमा नेपाल र प्रचण्ड सहमत भइसकेका छन् । अन्य पदाधिकारीका ’boutमा छलफल भइरहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालमाथि भ्रष्टाचार मुद्दा अदालतमा दर्ता भएपछि उनको सांसद पद निलम्बनमा छ । संसद् सचिवालयले उनको सांसद पद निलम्बनमा रहेको जनाएको छ । एकीकृत समाजवादीको संसदीय दलका नेता नेपाल थिए । तर, अहिले एकीकृत समाजवादी संसदीय दल नेताविहीन छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending