बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. लेखजंग थापाले बहुविवाहको आरोपपछि पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेदको कागजात सार्वजनिक गरेका छन्।
डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा भएको मिलापत्र सहितको सम्बन्धविच्छेद कागजात सार्वजनिक गर्दै आफ्नो पक्ष स्पष्ट पारेका हुन्।
फेसबुकमार्फत् सार्वजनिक कागजातसहित डा. थापाले लेखेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो। त्योभन्दा ठूलो सत्य, सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।”
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोट प्रक्रियाको क्रममा थापाको बहुविवाह सम्बन्धी जानकारी आएको थियो। “हामीले भेरिफिकेसन गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद भएको प्रमाण भेट्यौं,” उनले भने।
उनले थपे, “विगतमा बहुविवाह भएको भए पनि अहिले त्यो अन्त्य भइसकेको छ। अनावश्यक रूपमा पुरानो विषय उछालिएको छ, जुन केवल अफवाह हो।”
पहिलो श्रीमती सुलोचना घिमिरे बिएससी नर्सिङकी विद्यार्थी हुन् र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी श्रीमती नुमा शर्मा हाल काठमाडौंमा बसोबास गर्छिन्। पहिलो श्रीमतीबाट जन्मिएको सन्तान अहिले पनि डा. थापासँगै बस्ने गरेको उल्लेख गरिएको छ ।
महामन्त्री बुर्लाकोटीका अनुसार, “डिभोर्स भएको सम्बन्धमा झगडा, संवादविहीनता र कटुता हुनैपर्छ भन्ने पुरानो सोच हो। अहिलेको समाजमा यस्ता सम्बन्ध पनि मित्रवत् हुन सक्छन्।”
डा. थापाले २०८० असार ७ गते पार्टी सदस्यताको आवेदन दिएका थिए, यद्यपि प्राविधिक कारण उनकाे सदस्यता २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ। यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट लुम्बिनी प्रदेशसभाको समानुपातिक सांसदको सूचीमा परेका थिए।
रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सन र अन्य प्रक्रियाका आधारमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: