बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवार बनेका डा. लेखजंग थापाले बहुविवाहको आरोपपछि पहिलो श्रीमतीसँगको सम्बन्धविच्छेदको कागजात सार्वजनिक गरेका छन्।
डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा भएको मिलापत्र सहितको सम्बन्धविच्छेद कागजात सार्वजनिक गर्दै आफ्नो पक्ष स्पष्ट पारेका हुन्।
फेसबुकमार्फत् सार्वजनिक कागजातसहित डा. थापाले लेखेका छन्, “परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो, त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्धविच्छेद पनि हो। त्योभन्दा ठूलो सत्य, सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो।”
रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार उम्मेदवार छनोट प्रक्रियाको क्रममा थापाको बहुविवाह सम्बन्धी जानकारी आएको थियो। “हामीले भेरिफिकेसन गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग सम्बन्धविच्छेद भएको प्रमाण भेट्यौं,” उनले भने।
उनले थपे, “विगतमा बहुविवाह भएको भए पनि अहिले त्यो अन्त्य भइसकेको छ। अनावश्यक रूपमा पुरानो विषय उछालिएको छ, जुन केवल अफवाह हो।”
पहिलो श्रीमती सुलोचना घिमिरे बिएससी नर्सिङकी विद्यार्थी हुन् र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन्। कान्छी श्रीमती नुमा शर्मा हाल काठमाडौंमा बसोबास गर्छिन्। पहिलो श्रीमतीबाट जन्मिएको सन्तान अहिले पनि डा. थापासँगै बस्ने गरेको उल्लेख गरिएको छ ।
महामन्त्री बुर्लाकोटीका अनुसार, “डिभोर्स भएको सम्बन्धमा झगडा, संवादविहीनता र कटुता हुनैपर्छ भन्ने पुरानो सोच हो। अहिलेको समाजमा यस्ता सम्बन्ध पनि मित्रवत् हुन सक्छन्।”
डा. थापाले २०८० असार ७ गते पार्टी सदस्यताको आवेदन दिएका थिए, यद्यपि प्राविधिक कारण उनकाे सदस्यता २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ। यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट लुम्बिनी प्रदेशसभाको समानुपातिक सांसदको सूचीमा परेका थिए।
रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सन र अन्य प्रक्रियाका आधारमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...
माघ ३ गते, २०८२ - २१:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...
माघ ३ गते, २०८२ - २१:२४
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...
माघ ३ गते, २०८२ - २१:२१
काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...
माघ ३ गते, २०८२ - २१:१७
काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...
माघ ३ गते, २०८२ - २१:१५
काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...
माघ ३ गते, २०८२ - २१:१३
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...
माघ ३ गते, २०८२ - २१:०८
काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...




प्रतिकृया लेख्नुहोस्: