Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

सरकार पछि हट्दा फुक्यो निजामती विधेयकको गाँठो

खबरडबली संवाददाता

काठमाडौं ।  लामो समयदेखि विवादमा परेको संघीय निजामती सेवा विधेयक अन्ततः सरकारको अडान फिर्ता भएपछि सहमति तर्फ उन्मुख भएको छ। कर्मचारीको अवकाश उमेर हदसम्बन्धी प्रावधानमा मतभेद रहँदै आएको यो विधेयक अब प्रतिनिधि सभाबाट पास भएको रूपमै अघि बढ्ने भएको छ।

प्रतिनिधि सभाले अघि बढाएको प्रतिवेदन अनुसार, चालु वर्षमा: अवकाश उमेर ५८ वर्ष आगामी वर्षमा: अवकाश उमेर ५९ वर्ष र  त्यसपछि: अवकाश उमेर ६० वर्ष कायम गरीने सहमती भएकाे हाे । 

यही क्रमशः कार्यान्वयनको प्रस्तावलाई सदर गर्ने निर्णयमा सरकारले सहमति जनाएपछि विधेयकको गाँठो फुकिएको हो।

सरकार पछि हट्दा फुक्यो निजामती विधेयकको गाँठो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मंगलबारको संसदीय समिति बैठकमा प्रतिनिधि सभाको प्रतिवेदन जस्ताको त्यस्तै आत्मसाथ गर्ने स्पष्ट घोषणा गरिन्।

उनले भनिन्, “प्रतिनिधि सभाले जसरी पास गरेर पठाएको छ, त्यसलाई नै आत्मसाथ गरेर जाऔं।” उनले यस्ता संवेदनशील विधेयकमा सर्वसम्मति कायम राख्नु आवश्यक रहेको पनि औंल्याइन्।

यसअघि आइतबारको बैठकमा मन्त्री न्यौपानेले चालु आर्थिक वर्षमै ५९ वर्ष उमेरमा अनिवार्य अवकाश लागू गर्ने प्रस्ताव ल्याएकी थिइन्। तर, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपालबाट आएका सदस्यहरूले प्रतिनिधि सभाको संशोधन अनुसार नै अघि बढ्नुपर्ने भन्दै असहमति जनाएका थिए। यसले सहमतिमा अवरोध उत्पन्न गरेको थियो।

तर, मंगलबार मन्त्री न्यौपानेको स्पष्ट अभिव्यक्तिपछि सर्वसम्मतिको वातावरण निर्माण भयो।  

 मन्त्रीको स्पष्टिकरण: "व्यक्तिगत स्वार्थ थिएन"

आफूमाथि उठेका आलोचनालाई चिर्दै मन्त्री न्यौपानेले भनिन्,  “मैले राखेको प्रस्तावमा व्यक्तिगत स्वार्थ थिएन। राष्ट्रिय सभाको सर्वसम्मतिको परम्परा नटुटोस् भन्ने चाहना मात्रै थियो।”

उनले प्रधानमन्त्री देश बाहिर भएकाले निर्णय ढिलाइ भएको उल्लेख गर्दै बहुमत–अल्पमतको बहसमा जानु साटो प्रतिनिधिसभाको निर्णयलाई नै आत्मसाथ गर्नुपर्ने धारणा दोहोर्याइन्।

सरकारले आफ्नो अडान फिर्ता लिएपछि निजामती सेवा विधेयकले अन्ततः स्थायित्वको बाटो पाएको छ। अब कर्मचारीहरूको अवकाश उमेर क्रमशः ५८, ५९ र ६० वर्ष कायम गर्दै नयाँ कानुनी रूप दिने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।

साथै, यस्तो संवेदनशील विषयमा सरकारले सर्वसम्मतिको बाटो रोज्नु सकारात्मक पहलका रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँगको आलोपालो सहमतिबारे जानकारी छैन: मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच विगतमा भएको भनिएको मुख्यमन्त्री पदको आलोपालो सहमतिबारे ...

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण ...

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

काठमाडाैँ । इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ। अमेरिकी ...

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया अघि बढाइएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत ती पुल...

‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ता

कैलाली । कैलालीको जानकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयले ‘विद्यालय सेवा शुल्क’का नाममा शिक्षकको तलबभत्ताका लागि विद्यार्थीबाट शुल्क उठाउने गरेको...

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

रुपन्देही । रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप ...

नेमकिपाले गाउँ-टोलमै पुगेर मतदातालाई धन्यवाद दिने

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तेस्रो केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। आठौं महाधिवेशनपछिको यो बैठक चैत २१ देखि २३ गतेसम्म चलेक...

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ। अख्तियार दुरुप...

दुई दिने सार्वजनिक बिदाको तेस्रो प्रयास : संकट समाधान कि दीर्घकालीन सुधार ?

काठमाडौं । इन्धन आपूर्ति र बढ्दो खर्च व्यवस्थापनको सन्दर्भमा सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबारदेखि ला...

ड्युटीमा रहेका प्रहरी कुटेको आरोपमा सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष पक्राउ

बुटवल । कपिलवस्तुको सुद्धोधन गाउँपालिकाका उपाध्यक्ष ओमप्रकाश चौधरी कुर्मी पक्राउ परेका छन् । चौधरीलाई ड्युटीमा रहेका प्रहरी कुटपिट गरेको आरोपमा प्रहरी...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending