Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

चियाकर्मीको न्यूनतम तलब ५६५ रुपैयाँ पुग्यो

खबरडबली संवाददाता

झापा । नेपालका चियाबगानमा कार्यरत श्रमिकहरूको न्यूनतम दैनिक तलब ५६५ रुपैयाँ कायम गरिएको छ। नेपाल चिया उत्पादक संघ र श्रमिक युनियनहरूबीच नवौं चरणको वार्तापछि उक्त सहमति भएको हो।

सहमति अनुसार, चियाकर्मीको मासिक न्यूनतम तलब अब १५,६९९ रुपैयाँ हुनेछ। यसअघि श्रमिकहरू दैनिक ५०० रुपैयाँ तथा मासिक १३,८९३ रुपैयाँ पाउँदै आएका थिए।

तलब वृद्धिसँगै, आधारभूत तलबमा ३९ रुपैयाँ र महंगी भत्तामा २६ रुपैयाँ वृद्धि गरिएको छ। मासिक हिसाबमा आधारभूत तलब १,१६२ रुपैयाँ र भत्ता ६४४ रुपैयाँले बढाइएको हो।

यो निर्णय साउन १ गतेदेखि नै लागू हुने गरी गरिएको छ। तलब वृद्धिको माग गर्दै श्रमिकहरूले साउन १८ गतेदेखि आन्दोलन थालेका थिए। त्यसपछि भएको छलफलबाट विवाद टुंगिएको हो।

सम्झौतामा रोजगादाता पक्षबाट नेपाल चिया उत्पादक संघका वार्ता समिति संयोजक जे.पी. शर्मा, तथा श्रमिक पक्षबाट नेपाल चिया तथा कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया श्रमिक युनियनकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक युनियनका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन्।

दुवै पक्षले अर्काे दुई वर्षसम्म तलबबारे विवाद नगर्ने सहमति जनाएका छन्।

यो सहमति पत्रलाई अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम ज्याला निर्धारण समितिमा पठाइने छ। समितिले निर्णय गरी सरकारी राजपत्रमा प्रकाशन गरेपछि कानुनीरूपमा लागू हुनेछ।

सहमतिअनुसार, स्थायी चियाकर्मीहरूलाई असोज महिनाभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ।

झापा, नेपालकै प्रमुख चिया उत्पादन केन्द्र हो जहाँ हजारौं श्रमिकहरू स्थायी तथा अस्थायी रूपमा कार्यरत छन्। यो निर्णयले उनीहरूको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending