गुल्मी । मंगलबार बिहान करिब १०:३० बजे । मदाने गाउँपालिका–६ स्थित पृथ्वी माविका शिक्षक देवीराम भुसाललाई स्थानीयले फोन गर्दै भने, ‘तपाईंहरूका विद्यार्थी बाटोमा छन्, केही विद्यार्थी अपहरणमा परेका छन्, आफ्ना विद्यार्थीको ख्याल गर्नुपर्दैन ?’
त्यतिबेला विद्यालयमा बैठक चलिरहेको थियो । शिक्षक भुसालले यो विषय बैठकमा जानकारी गराए । त्यसपछि विद्यालयका चार जना शिक्षक घटना भएको भनिएको ठाउँ कंकेदेउरालीनजिकै पुगे । शिक्षकहरूले कक्षा ५ सम्म पढ्ने सात जना विद्यार्थी रुने, काम्ने, डराउने जस्तो अवस्थामा देखे ।
विद्यार्थीहरूले आफूहरूसँगै आएका एक जना साथीलाई मोटरसाइकलमा आएका व्यक्तिले अपहरण गरेको बताए । त्यसपछि शिक्षकहरूले विद्यालयका सबै शिक्षक बोलाए । शिक्षक घटनास्थलमा पुग्दा पनि विद्यार्थीहरू रुने, काम्ने तथा डराउने गरिरहेका थिए । त्यसै विद्यालयका कक्षा चारमा पढ्ने विद्यार्थी अपहरणमा परेको कुरा अन्य विद्यार्थीले बताएपछि सबै मिलेर विद्यार्थीको खोजीकार्यमा लागे । करिब आधा घण्टापछि एक पौवामा अपहरणमा परेका भनिएका छात्र भेटिए । प्रहरी, विद्यालय र स्थानीयलाई अबको चुनौती अपहरणकारी खोज्नु थियो । बालक अपहरणमा परेको सूचना छिनभरमै राष्ट्रिय स्तरमा सञ्चारमाध्यममा फैलियो ।
पहाडी इलाकामा विद्यार्थी अपहरणमा पर्नु निकै दुर्लभ घटना मानिन्छ । अपहरणकारी खोज्नका लागि इलाका प्रहरी कार्यालय पुर्कोट दह, प्रहरी चौकी धुर्कोट वस्तु, प्रहरी चौकी बर्बोट, प्रहरी चौकी मर्भुङलगायतका ठाउँका ६ समूहमा २० जना प्रहरी खटिए । त्यसैगरी, विद्यालयका सबै शिक्षक, कक्षा ९ देखि १२ सम्मका करिब १ सय ५० जना छात्र, स्थानीय, पालिकाका कर्मचारी गरी करिब ३ सयभन्दा बढी नागरिक अपहरणकारी खोज्नका लागि परिचालन भए ।
घटनाको विषयमा बुझ्नका लागि प्रहरी र शिक्षकहरूले विद्यार्थीहरूलाई छुट्टाछुट्टै सोधखोज गरिरहेका थिए । आठै जना विद्यार्थीहरूले घटनाको विषयमा फरक–फरक तर्क गरेपछि प्रहरीलाई घटनाको विषयमा शंका लाग्न थाल्यो । पछि बुझ्दै जाँदा विद्यार्थीहरूले गृहकार्य नगरेका कारण अपहरणमा परेको बहाना बनाएको खुलासा भयो । ‘पहिले बालक पत्ता लगाउन र त्यसपछि अपहरणकारी पत्ता लगाउनुपर्ने प्रेसर आयो,’ जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा सारुले भने, ‘साना बालबालिकाहरूले यसरी बहाना बनाउलान् भन्ने सोच नै आएन ।’
उनले पत्रकार प्रेम सुनारबाट घटनाको जानकारी आएपछि जिल्लाभित्र र छिमेकी जिल्लाहरूका प्रहरीमा समेत समन्वय गरेको बताए । विद्यालयका प्रधानाध्यापक मदन कुँवर क्षेत्रीले घटना’bout विज्ञप्ति निकालेर गृहकार्य नगरेका कारण विद्यार्थीले बहाना बनाएको बताए । ‘सुरुमा सबैलाई डर भयो, दिनभर पढाइ पनि भएन,’ उनले भने ।
प्रधानाध्यापक क्षेत्रीले भनभनेबाट आठ जना विद्यार्थी पुर्कोट दहमा पढ्न आउने र उनीहरूमध्ये कक्षा ५ मा पढ्ने छात्रा आयुष्मा ताम्राकारले अपहरणको योजना बनाएको बताए । उनीहरूको योजनाबद्ध रूपमा अपहरणको बहाना बनाएको थाहा पाएपछि विद्यार्थीहरूलाई विद्यालय, प्रहरी, गाउँपालिका र स्थानीयको रोहवरमा अभिभावकको जिम्मा लगाइएको छ । बुधबारबाट विद्यालयमा नियमित पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: