काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले उपमहासचिव प्रदीप ज्ञवालीको हालैको टिप्पणीलाई स्वागत गर्दै पार्टीभित्र सकारात्मक परिवर्तनको आशा व्यक्त गरेका छन्।
ज्ञवालीले सोमबार एक कार्यक्रममार्फत पार्टीमा आफ्नै वडामा जित दिलाउन नसक्ने तर ठूला कुरा गर्ने नेताहरूको आलोचना गरेका थिए।
उनले भनेका थिए, "देशभर ६,७४३ वटा वडा छन्, तीमध्ये हाम्रो पार्टीको ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। तर कतिपय केन्द्रीय नेताहरूले आफ्नै वडामा जित दिलाउन सक्दैनन्।"
ज्ञवालीको यो टिप्पणीप्रति समर्थन जनाउँदै बाँस्कोटाले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, "कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनुभएको छ, धन्यवाद। मैले पनि यस्तै कुरा उठाएँ, तर पार्टीमा दिन होइन, लिन मात्र आएका नवगणेश र गैरवामपन्थी चरित्र भएका व्यक्तिहरूले मलाई निरन्तर प्रहार गरे।"
बाँस्कोटाले राजनीति गहिरो प्रतिबद्धता र विचारको आधारमा गरिनुपर्ने उल्लेख गर्दै लेखेका छन्, "राजनीतिमा प्रेम वसन्तमा झर्ने पातसँग होइन, रुखको जरासँग हुनुपर्छ।"
पछिल्लो समय बाँस्कोटा अध्यक्ष केपी शर्मा ओली र उनको नेतृत्वप्रति आलोचनात्मक देखिँदै आएका छन्। साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय हुनुपर्ने पक्षमा समेत उनी खुलेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: