काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको आमन्त्रणमा आयोजित भव्य सैन्य परेडमा सहभागी भएका छन्। जापानी उपनिवेशविरुद्ध विजयको सम्झनामा चीनको तियानमेन स्क्वायरमा आयोजना गरिएको यस परेडमा प्रधानमन्त्री ओलीले अन्य विशिष्ट अतिथिहरूसँगै अवलोकन गरेका हुन्।
परेडमा प्रधानमन्त्री ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थिति थियो। करिब ५० हजार अतिथिहरूको सहभागिता रहेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थिति केही पक्षले आलोचना गरेका छन्। आलोचना मुख्यतः जापान नेपालको एक प्रमुख दातृ राष्ट्र भएको सन्दर्भमा गरिएको हो।
यद्यपि इतिहासमा पनि नेपाली नेतृत्वले यस्ता अवसरमा सहभागिता जनाउँदै आएको छ। चीनको सातौं स्थापना दिवसमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य तथा १२औं स्थापना दिवसमा राजा महेन्द्रले समेत सैन्य परेड अवलोकन गरेका थिए।
प्रधानमन्त्री ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन चीन गएका थिए। भ्रमणको अन्तिम दिन तियानमेन स्क्वायरको कार्यक्रमपछि उनी आजै स्वदेश फर्कने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली राति ८ बजे काठमाडौं आइपुग्ने तालिका छ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए। विमानस्थलमै पत्रकार सम्मेलन गर्दै ओलीले भ्रमणका उपलब्धिबारे जानकारी गराउने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जनाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: