काठमाडौं । वीरगन्ज हैजाको महामारीले थलिँदै गर्दा खानेपानीमन्त्री प्रदीप यादवमाथि जिम्मेवारीप्रति प्रश्न उठाएकी वीरगन्जकी युवती किरण साहमाथि प्रहरीले फेरि तीन दिनको म्याद थप गरी अनुसन्धान थालेको छ। पर्सा जिल्ला अदालतले प्रहरीलाई उनलाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
यसअघि आइतबार म्याद थप गरिएको तीन दिनको अवधि मंगलबार सकिएपछि अदालतले अनुसन्धान जारी राख्न पुनः म्याद थपिदिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए।
उनका अनुसार साहमाथि विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने, र झुटा अफवाह फैलाएको आरोपमा अनुसन्धान भइरहेको छ।
हैजाको चपेटामा परेका बिरामी आफन्तको उपचारको क्रममा अस्पतालमै रहँदा साहले सामाजिक सञ्जालमार्फत मन्त्री यादवको पदीय भूमिकामाथि आलोचना गरेकी थिइन्। उक्त आलोचनापछि मन्त्री यादवको सचिवालयमार्फत उजुरी दर्ता गराउँदै उनलाई प्रहरी हिरासतमा पठाइएको हो।
मन्त्री यादवले त्यसपछि जिल्ला प्रहरी कार्यालय अगाडि आफ्ना समर्थकलाई प्रदर्शनमा उतारेर साहविरुद्ध सार्वजनिक दबाव सिर्जना गरे। उक्त प्रदर्शनमा जनता समाजवादी पार्टी (जसपा) का महिला नेता तथा खानेपानी संस्थानका पदाधिकारीहरू सहभागी थिए। जसका लागि सरकारी सवारी साधनको प्रयोग गरिएको आरोप पनि लागेका छन्।
प्रदर्शनको नेतृत्व खानेपानी संस्थान सञ्चालक समितिका सदस्यहरू मधुमाया यादव र सल्मा खातुनले गरे, जो दुबै मन्त्री यादवद्वारा नियुक्त भएकी राजनीतिक पदाधिकारी हुन्। उनीहरू ‘उपभोक्ता हितको प्रतिनिधित्व’ कोटामा नियुक्त भए पनि पार्टीगत गतिविधिमा संलग्न देखिए।
प्रदर्शनमा ‘मन्त्री यादव जिन्दावाद’, ‘दोषीलाई कारबाही गर’, ‘खानेपानीमा राजनीति बन्द गर’ भन्ने नारा लेखिएका प्लेकार्डहरू देखिएको थियो।
वीरगन्ज हैजाले ग्रसित हुँदा आफ्नै क्षेत्रका मन्त्रीबाट समाधानको अपेक्षा गरिँदा, उल्टै आलोचना गर्ने नागरिकलाई दण्डित गरिएको भन्दै जनस्तरमा चर्को असन्तुष्टि देखिएको छ।
नागरिक समाजका अगुवा छठु साहका अनुसार एक नागरिकले मन्त्रीप्रति आक्रोशजन्य कुरा गरेको भए पनि त्यो कुरा राजनीतिक रूपमा व्यवस्थापन गर्न सकिन्थ्यो।
‘जनताको गुनासोलाई सुन्ने मन्त्रीको भूमिका हुनु पर्छ,’ उनले भने, ‘छुटाउन सकिने ठाउँमा थुनिएको घटना राम्रो सन्देश होइन।’ उनले अघि थपे, ‘देशका उच्च नेताहरूले समेत सार्वजनिक अपमान सहने उदाहरण छन्, तर यहाँ सामान्य आवाज उठाउनेलाई कानुनी दायरामा लैजाने प्रवृत्ति खतरनाक हो।’
एक युवतीको सामाजिक प्रश्नलाई सत्ता र शक्तिको दुरुपयोग गर्दै राजनीतिक मुद्दा बनाइएको भन्दै वीरगन्जमा जनआक्रोश बढ्दो छ। मन्त्री यादवले कानुनी प्रक्रिया अघि बढाउनुको साटो संयमित र संवेदनशील व्यवहार देखाएको भए परिस्थिति फरक हुनसक्ने नागरिक समाजको धारणा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: