सल्यान। भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको पूर्वी बागर, छेनागाडमा गएको शुक्रबार बिहान आएको बाढी–पहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बनगाड कुपिण्डे नगरपालिका–६ कालागाउँका ४९ वर्षीय शरद आग्री, उनका २४ वर्षीय छोरा दीपक आग्री र वडा ५ राउचका ६९ वर्षीय भीमबहादुर बुढा छन्। वनगाड कुपिण्डे नगरपालिका–६ का वडा अध्यक्ष गणेश बिसीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा साउन १६ गते सल्यानबाट भारत गएका थिए।
“बेपत्ताको खबर परिवारमार्फत पाएका हौँ। बिहान ३।४ बजेतिर आएको लेदोसहितको पहिरोले उनीहरू सुतेकै अवस्थामा बस्ती पुरिएको जानकारी छ,” वडा अध्यक्ष बिसीले भने।
उक्त पहिरोमा ४ जना नेपाली र ४ जना भारतीय गरी कम्तीमा ८ जना बेपत्ता भएको पुष्टि भएको छ। बेपत्ता भएकामध्ये जुम्ला घर भएका अर्का एक नेपालीको परिचय खुल्न सकेको छैन।
बेपत्ता भीमबहादुर बुढाका छोरा सुरेश बुढाले पनि खोजी कार्यमा कठिनाइ भएको बताए । उनका अनुसार गाउँ विकट र अप्ठ्यारो ठाउँमा भएकाले खोजीमा समस्या भइरहेको छ। चार दिनसम्म कुनै सम्पर्क नहुँदा परिवारले काजकिरिया गर्न तयारी थालेको बताइएको छ।
१२ भदौको राति भएको अविरल वर्षापछि आएको बाढी–पहिरोले रुद्रप्रयाग जिल्लाको पूर्वी बागर क्षेत्रको छेनागाड गाउँमा ठूलो क्षति पुर्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। १३ भदौको बिहान आएको लेदोसहितको बाढीले त्यहाँका १५ भन्दा बढी घर र पसल बगाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १४:०९
न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको मा...
आषाढ़ ६ गते, २०८३ - १३:५५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...
आषाढ़ ६ गते, २०८३ - १३:२८
काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...
आषाढ़ ६ गते, २०८३ - १३:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...
आषाढ़ ६ गते, २०८३ - १२:५३
काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...
आषाढ़ ६ गते, २०८३ - १२:३५
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...
आषाढ़ ६ गते, २०८३ - १२:११
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...
आषाढ़ ६ गते, २०८३ - ११:४०
उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...
आषाढ़ ६ गते, २०८३ - ११:२४
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...
आषाढ़ ६ गते, २०८३ - ११:०२
लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...



प्रतिकृया लेख्नुहोस्: