Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सभामुखको भूमिकामाथि प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाउने सांसदले बोल्दाबोल्दै काटे माइक

खबरडबली संवाददाता

काठमाडौं । तटस्थता र निष्पक्ष भूमिकामाथि निरन्तर प्रश्न उठिरहे पनि सभामुख देवराज घिमिरेले सदनमा प्रतिपक्षी आवाज थुन्ने प्रयास जारी राखेका छन् । यसैलाई लिएर विपक्षीको आरोप छ– अभिव्यक्ति स्वतन्त्रता र प्रतिपक्षी आवाज सुन्ने संसदीय संस्कृति कमजोर पार्दै सभामुख सरकारको कठपुतली बनेका छन् ।

आरोपलाई बल पुग्ने गरी नै बुधबार मात्रै सभामुख घिमिरेले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको खण्डन गर्न खोज्दा माओवादी सांसद छिरिङ ल्हामु लामा (तामाङ) को माइक काटिदिएका छन् । प्रतिनिधिसभा बैठकमा तामाङले आकस्मिक समयमा कर्णालीका सडकमा बजेट नदिँदा सडक अवरुद्ध भएको र स्याउ कुहिएको विषय उठाउँदै प्रधानमन्त्रीको टिप्पणीमा प्रश्न उठाएकी थिइन् ।

आफ्नो सम्बोधनका क्रममा तामाङले केही दिनअघि प्रधानमन्त्री ओलीले ‘कर्णालीका सांसद सडकमा छन्, सदनमा देखिँदैनन्’ भनेर दिएको अभिव्यक्तिको खण्डन गर्न खोजेकी थिइन् । कर्णालीका सडकलाई बजेट दिनुस् भनेर सदनमा कराउँदा–कराउँदा नसुनेको, बजेटजति झापातिर लगेको र अहिले आएर प्रधानमन्त्रीले कर्णालीका सांसद सदनमा देखिँदैनन्, कुरा उठाउँदैनन् भनेर बोलेको विषयको खण्डन गर्न खोज्दा सभामुखले रोकेको उनले बताइन् ।

‘कर्णालीमा चार दिनसम्म सडक अवरुद्ध भयो । सयवटा गाडीमा स्याउ थियो । २३ वटा ट्रक नै थिए । बाटोमै १३–१४ करोडको स्याउ कुहियो । त्यसको क्षतिपूर्ति त राज्यले दिनुपर्‍यो । साथसाथै त्यो सडक बनाउन बजेट नदिने काम भइरहेको छ, यसको अन्याय कर्णालीले व्यहोरिरहेको छ भनेर भूमिका बाँधेर बोलिरहेकी थिएँ,’ सदनमा उनले भनेकी थिइन्, ‘अस्ति जुरुक्क कर्णाली कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीका माननीय सडकमा छन्, सदनमा छैनन् भन्नुभयो । सडकमा बजेट हाल भनेर सदनमा कराउँदा–कराउँदा घाँटी सुकिसक्यो । यही विषय उठाउन खोजेकी थिएँ । तर, सभामुखज्यू प्रधानमन्त्रीविरुद्ध बोल्यो भनेर रिसाउनुभयो । यो आकस्मिक विषय हो कि होइन ?’ 

प्रधानमन्त्री ओलीले जुरुक्क उठ्छ कर्णाली कार्यक्रममा कर्णालीका सांसद सदनमा नभेटिने गरेको र सदनमा नभेटिने प्रतिनिधि पठाएर कर्णालीले गल्ती गरेको टिप्पणी गरेका थिए । ‘कर्णालीले प्रतिनिधि यस्ता पठाउँछ संसद्मा भेटिँदैनन्, बाहिर भेटिन्छन् । कर्णालीका कुरा संसद्मा उठ्दैनन्, बाहिर उठ्छन् । कलाकारले उठाउनुपरेको छ, प्रतिनिधि संसद्मा भए पो । हामी त कर्णालीका कुरा थाहा पाउन कर्णाली पुग्नुपर्छ । किनभने तपाईंको प्रतिनिधि त खै के खै के,’ ओलीले भनेका थिए । सो कार्यक्रममा सभामुख घिमिरे पनि सहभागी थिए । उनकै अगाडि ओलीले कर्णालीका सांसदले सदनमा कर्णालीको कुरा नउठाएको अभिव्यक्ति दिएका थिए ।

सांसद तामाङले सभामुखले अभिभावकीय भूमिका निर्वाह नगरेको गुनासो गरिन् । ‘चार दिनसम्म सडक अवरुद्ध भएर बाटोमै स्याउ कुहिएको छ । सडकमा बजेट नदिने काम राज्यले नै गरेको छ । सबै पैसा झापा र रूपन्देही लगिएको छ । सडकमा पैसा हालेन भनेर बोलिरहँदा सभामुखले एक मिनेटमै माइक काटिदिनुभयो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘विषयमा आउँदै छु भन्दा पनि सुनिएन । सभामुख सबै सांसदको अभिभावक हो । तर, उहाँ सरकारको कठपुतलीजस्तो देखिनुभयो । निरंकुश नै हुनुभयो ।’

कर्णालीका विषय सडकमा बोल्दा थुन्ने र सदनमा पनि बोल्न नपाएपछि कहाँ राख्ने भनेर उनले प्रश्न गरिन् । ‘सभामुखको भूमिकाबाट मलाई हिजो जसरी राज्यले कर्णालीलाई हेथ्र्याे, आज पनि हेर्ने नजर फेरिएको रहेनछ भन्ने महसुस भयो । कर्णालीको विषयमा सडकमा बोल्दा पक्रेर लाने, सदनमा बोल्न नपाउने ? सडकमा जनताले बोल्दा समात्ने, सदनमा बोल्दा माइक काट्ने ? प्रधानमन्त्रीले बोलेको कुराको खण्डन कहाँ गर्ने ? हाम्रो पनि कुरा होला नि ! सभामुख सबैको हो भन्ने व्यवहार देखिएन,’ उनले भनिन् ।

सांसद तामाङले आफूहरू सभामुखलाई के मन पर्छ भन्दा पनि जनताको कुरा बोल्न आएको तर्क गरिन् । ‘सभामुखज्यूलाई जे सुन्न मन लाग्यो, त्यो हामीले बोलिदिनुपर्ने ? हामीले त जनताको कुरा बोल्ने हो । उहाँको र उहाँको पार्टीको कुरा बोल्ने होइन नि ! त्यो (जुरुक्क कर्णाली) कार्यक्रममा सभामुखज्यू आफैँ हुनुहुन्थ्यो । विषयमा आउँछु भन्दाभन्दै माइक काटियो । अन्याय भयो । यो सिंगो कर्णालीमाथिको अन्याय हो । एकातिर बजेट नदिने अर्काेतिर बोल्न पनि नदिने ?’ उनले सोधिन् ।

सभामुखले अहिले मात्र होइन, पहिलादेखि नै विपक्षी सांसदहरूलाई बारम्बार रोक्ने प्रयास गरेका छन् । सभामुख घिमिरेले माओवादी सांसद अमनलाल मोदीलाई ३१ साउनको बैठकको आकस्मिक समयमा सरकारको आलोचना गर्दा रोकेका थिए । उत्तराखण्ड बाढीमा नेपाली नागरिक परेको भन्दै सरकारसँग जवाफ मागेका मोदीले बाँकी रहेको आफ्नो समयमा सरकारको आलोचना गरेका थिए ।

‘कुनै लोकसेवा वा हाजिरीजवाफमा देशमा अहिलेसम्मकै सबभन्दा सेटिङ र काण्डैकाण्डको सरकार कुन हो भन्दा अहिलेको सरकार देखिन्छ,’ मोदीले यति बोलिसक्दा सभामुखले रोक्दै भनेका थिए, ‘यहाँको आकस्मिक समयमा आकस्मिकमै रहेर बोल्नुस् ।’

त्यसपछि आकस्मिकमै बोलिरहेको भन्दै मोदी थप्छन्, ‘यो कहाँ जोडिएको छ भने चाहे कुलिङ पिरियड होस्, चाहे मन्त्रीहरूको आर्थिक लेनदेनको काण्ड होस्, चाहे भिजिट भिसाको कुरा होस् वा किसानलाई मलको कुरा होस् वा मधेशमा सुक्खा क्षेत्र घोषणा गरेर पानी पाउनुपर्ने कुरा आजसम्म पाएका छैनन् । र, सेटिङद्वारा धेरै कुरा छन् । चाहे पासपोर्टको कुरा होस्, अहिले...।’ 

सभामुख घिमिरेले यो नीतिगत कुरा मात्रै भयो, बस्नुस् भन्छन् । मोदीले भ्रष्टाचारसँग जोडिएको कुरा उठाउनुपर्छ भनेर प्रतिवाद गरेका थिए । त्यसपछि बसेका थिए ।

सभामुखको कार्यशैलीप्रति नेमकिपाका प्रेम सुवालले पनि पटक–पटक प्रश्न उठाएका छन् । भूमिसम्बन्धी विधेयकमा विरोधको सूचना प्रस्तुत गरिरहँदा सभामुख घिमिरेले रोकेपछि ३१ वैशाखको बैठकमा सुवालले सभामुखलाई सरकारको प्रवक्ता नबन्न चेतावनी दिएका थिए, ‘सभामुखज्यूले सरकारको प्रवक्ता भएर बोल्ने होइन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending