काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग चाँडै एकता हुने दाबी गरेका छन्।
पार्टी मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले दुबै दलसँग एकता प्रक्रिया अघि बढाइरहेको बताएका एक नेताले जानकारी दिए। उनका अनुसार, “नेकपासँग एकता गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ, त्यही अनुसार छलफल भइरहेको छ। नेकपासँग लगत्तै माधव नेपालजीको पार्टीसँग पनि एकता गर्छौँ।”
माओवादीले हालै स्थायी कमिटी बैठकमार्फत विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने औपचारिक निर्णय गरिसकेको छ। प्रचण्ड आफैं विप्लव निवासमै पुगेर सो निर्णय जानकारी गराइसकेका थिए। नेकपामा जारी बैठकले माओवादीको उक्त निर्णयलाई स्वागत गर्दै केन्द्रीय समिति बैठकमार्फत अन्तिम निर्णय गर्ने तयारी गरेको छ।
यता, प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद भइरहेको भए पनि समाजवादीभित्र एकताप्रति मतभेद देखिएको छ। अध्यक्ष नेपाल एकताको पक्षमा देखिए पनि वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित उनीहरूनिकट नेताहरू भने संकोचमा रहेको बताइन्छ।
यसले प्रचण्डले अघि सारेको “त्रिदलीय एकता” प्रयास सफल हुन्छ वा समाजवादीभित्रको असहमतिको कारण फेरि अर्को मोड लिन्छ भन्ने चासो बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १८:२६
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...
माघ ३ गते, २०८२ - १८:२३
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...
माघ ३ गते, २०८२ - १८:०९
काठमाडौँ । सांसदहरूले साहसिक पर्यटनको मर्यादा जोगाउन आरोहण अभ्यासमा सुधारको आवश्यकता औँल्याएका छन् । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको ...
माघ ३ गते, २०८२ - १८:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने शक्तिलाई आगामी निर्वाचनमार्फत पराज...
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...




प्रतिकृया लेख्नुहोस्: