काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रोक लगाएका २६ सामाजिक सञ्जालमध्ये आठ वटा सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारसँग सम्पर्कमा आएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई ती सामाजिक सञ्जाल बन्द गर्न पत्राचार गरेको थियो। तर, त्यसपछि क्रमशः केही कम्पनीहरूले नेपालमा कानूनी प्रक्रिया पूरा गर्न अग्रसरता देखाएका हुन्।
नेपालमा लोकप्रिय हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गरेर बन्द हुनबाट जोगिएको थियो। त्यसलगत्तै मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स)ले अनौपचारिक सम्पर्क गर्दै सूचीकरणका लागि आवश्यक कागजातबारे बुझिसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार शुक्रबार ट्विटर (एक्स) आधिकारिक रूपमा सरकारसँग सम्पर्कमा आएको छ भने चिनियाँ वीच्याटले समेत सूचीकरण प्रक्रियाबारे जानकारी मागेको छ।
अहिलेसम्म हाम्रो पात्रो, फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप,थ्रेड्स, ट्वीटर (एक्स) र वीच्याट जस्ता ८ सामाजिक सञ्जाल सम्पर्कमा आएका बताइएकाे छ ।
तर, बाँकी युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रम्बल, मि वी, भीके, लाइन, इमो, जालो र सोल भने अहिलेसम्म सरकारले गरेको सूचीकरण प्रक्रियामा सामेल भएका छैनन्।
यीमध्ये युट्युब र लिंक्डइन नेपालमा सर्वाधिक प्रयोग हुने भए पनि अझै सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ। स्न्यापच्याट, क्लबहाउस र इमो भने मध्यम प्रयोग हुने सञ्जाल हुन्, बाँकी सञ्जाल भने नेपालमा सीमित प्रयोगमा रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: