Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिम क्षेत्र

खबरडबली संवाददाता

कञ्चनपुर । मानव बेचबिखन तथा ओसारपसारका दृिष्टकोणले कञ्चनपुर जिल्ला उच्च जोखिम क्षेत्रका रूपमा रहेको छ ।

जिल्ला भएर भारत आवतजावत गर्ने मुख्य नाका गड्डाचौकी भए पनि अन्य क्षेत्रमा खुला सीमाका कारण अवैध नाकाहरू विद्यमान रहेका छन् । अवैध नाकाहरू मानव बेचबिखनको प्रमुख चुनौतीका रूपमा देखा परेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले बताए।

उनका अनुसार पछिल्लो समयमा जिल्लामा सीमानाका प्रयोग गरी बालबालिका, किशोरी, तथा महिलालाई भारत, खाडीमुलुक र अन्य देशतर्फ बेचबिखन हुने घटनाहरू बढ्दै गएका छन् । मानव बेचबिखनका घटनाहरू बढ्दै जानुमा गरिबी, बेरोजगारी, अशिक्षा, लैङ्गिक असमानता, घरेलु हिंसा र सामाजिक कुरीतिहरू मूल कारणका रूपमा रहेको संयोजक भट्टले बताए । 

खुला सीमा, प्रविधिमैत्री निगरानीको अभाव, स्रोतसाधन र जनशक्तिको कमी, उजुरी दिन डराउने पीडित तथा परिवार, मुद्दा प्रक्रियामा ढिलाइ र सीमापार गराउन आफन्त वा परिवारकै संलग्नता रहने गरेको उनले उल्लेख गरे। 

“मानव बेचबिखन नियन्त्रण सबैको साझा जिम्मेवारी हो”, संयोजक भट्टले भने, “यसलाई रोक्न सचेतना, समन्वय र सहकार्यनै मुख्य आधार हो ।” मानव बेचबिखनको स्वरूप समयसँगै बदलिँदै गएको उल्लेख गर्नु हुदै उनले वैदेशिक रोजगारी, विवाहको प्रलोभन, पर्यटनका नाममा, तथा प्रविधि प्रयोग गरेर हुने ‘साइबर ट्राफिकिङ’का घटना बढिरहेको बताए।

“यस्ता गतिविधिमा अन्तरराष्ट्रिय अपराध सञ्जाल सक्रिय रहँदै आएको छ”, उनले भने, “यसरी बेचबिखनमा परेकालाई अङ्ग बेच्ने, बालश्रममा लगाउने, यौन शोषण गर्ने वा जबर्जस्ती आपराधिक गतिविधिमा प्रयोग गर्ने गरिएको पाइएको छ ।”

मावन बेचबिखनजस्तो जघन्य अपराधले राष्ट्रिय मात्र होइन अन्तरराष्ट्रिय सुरक्षा र मानव अधिकारलाई समेत गम्भीर चुनौती सिर्जना गरेको सामाजिक कार्यकर्ता हरिदत्त भट्टले बताए। उनका अनुसार, सीमा क्षेत्रमा प्रविधि–आधारित निगरानी (सिसिटिभी, बायोमेट्रिक प्रणाली), विद्यालय तहमा सचेतना, कानुनी र सामाजिक पुन:स्थापना कार्यक्रम सञ्चालन अनिवार्य भइसकेको छ ।

माइती नेपालका कञ्चनपुर संयोजक भट्टका अनुसार गत १६ जुलाई २०२४ देखि १५ जुलाई २०२५ सम्मको अवधिमा भारततर्फ जान लागेका २८६ जनालाई रोकथाम गरेको छ । जसमध्ये  १२७ जना गड्डाचौकी नाकामा, ४८ जना चारलेन पुलमा र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो । रोकथाम गरिएका व्यक्तिहरूमध्ये एक सय २९ जना बालबालिका र १५७ जना महिला रहेका छन् ।

सीमानाकामा रोकथाम गरिएकामध्ये सुदूरपश्चिम प्रदेशका २४८ जना रहेका छन्भने कञ्चनपुर जिल्लाका मात्रै १३६ जना रहेका छन् । त्यसै अवधिमा भारतको हरियाणा, मुम्बई, पिथौरागढ, पुना, विहार र चमौलीबाट बेचबिखनमा परेका आठ जनाको उद्धार गरी ल्याइएको उनले जानकारी दिए। 

सोही अवधिमा माइती नेपालले सीमानाकामा १२ हजार ८३२ सवारीसाधन चेकजाँच गरेको छभने ४६ हजार ५६ जनालाई मानव बेचबिखन तथा सुरक्षित बसाइसराइबारे परामर्श दिएको छ । दुई सय ९० जनाको पारिवारिक पुनर्मिलन गरिएको छ । पैँतीस जनालाई सीमानाकाबाटै प्रत्यक्ष परामर्श दिएर घर फर्काइएको छ ।

माइती नेपालमा खोजतलासका लागि १८० वटा निवेदन दर्ता भएको र जसमध्ये ७३ जना  खोजतलास गर्दा भेटिएका छन् । घरेलु हिंसासम्बन्धी २२ वटा उजुरी दर्ता भएकामध्ये १८ वटा समाधान गरिएको छ भने मानव बेचबिखनविरुद्ध एक मुद्दा दर्ता भएको संयोजक भट्टको भनाइ रहेको छ ।

मानव बेचबिखन रोकथामका लागि माइती नेपालले समुदायस्तरमा घरदैलो कार्यक्रम, पर्चा–पम्पलेट वितरण, किशोरीलाई कानुनी अनुशिक्षण, सडक नाटक लगायतका अभियान सञ्चालन गर्दै आएको छ । यसरी गाउँ–गाउँमै सचेतनासम्बन्धीका कार्यक्रम गरिए मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना पन्तले बताए।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले सीमा क्षेत्रमा मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण भए पनि समुदायको सक्रियता र सरकारी–गैरसरकारी निकायको सहकार्यलाई बढाउन सकिए समस्या कम गर्न सकिने विश्वास व्यक्त गरे।

“मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय, प्रादेशिक र सङ्घीय सरकारबीच बलियो समन्वय र सहकार्य अपरिहार्य छ”, उनले भने, “न्यायिक प्रक्रियालाई छिटोछरितो बनाउन, तालिम तथा सीप विकासमार्फत रोजगारीको अवसर सृजना गर्न र डिजिटल माध्यम प्रयोग गरेर दीगो सेवा सुनिश्चित गर्न आवश्यक छ ।”

मानव बेचबिखन रोकथामका लागि सचेतना, कानुन कार्यान्वयन, सुरक्षा सुदृढीकरण र समुदायस्तरको सक्रिय अभियान नै प्रभावकारी उपाय रहेको उनी बताउछन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, टर्की भ्रमणबारे जानकारी

काठमाडौँ । रामचन्द्र पौडेल र नारायणप्रसाद दाहाल बीच आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटघाट भएको छ। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उक्त भेटव...

बाँकेमा ६ महिनामा २७० फरार प्रतिवादी पक्राउ, तीन करोड ३५ लाख जरिवाना असुली

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । जिल्ला प्र...

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

सप्तरी। जेनजी आन्दोलनको क्रममा राजविराज कारागारबाट फरार भएका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्...

बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २०० र चाँदी  १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...

दुई दिनको बिदाले बन्दीपुरमा पर्यटकको चाप बढ्दो

तनहुँ। सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । यसअघि शनि...

नेपालको एकमात्र रेल सेवा घाटामा, मालवाहक सेवा थप्न माग

महोत्तरी। देशको एकमात्र रेल सेवा सञ्चालन गरिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आर्थिक घाटा झेल्दै आएको छ। पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्...

सार्वजनिक खरिद ऐन २०६३ संशोधनको तयारी, मस्यौदामा ३८ दफामा परिवर्तन प्रस्ताव

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन २०६३ संशोधन गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ले ‘सार्वजनिक खरिद ऐन संशोधन विधेयक’ को प्रारम...

प्रधानमन्त्री बालेनलाई गाली गरेर भिडियो बनाएको आरोपमा युट्युबर पक्राउ

पाँचथर । पाँचथरमा एक जना युट्युबरलाई अनलाइन माध्यममार्फत अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्न...

प्रदेश अस्पताल दमौलीमा आइतबार पनि ओपिडी सेवा सुरु

तनहुँ। प्रदेश अस्पताल दमौलीले स्वास्थ्य सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले आज आइतबारदेखि नै ओपिडी ९बहिरङ्ग० सेवा सञ्चालनमा ल्याएको छ। स्वास...

एकैपटक अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending