भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले नेपालकै इतिहासमा पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न सफलता हात पारेको छ।
केन्द्रले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो उपलब्धि नेपालमा मिर्गौला प्रत्यारोपणको सम्भावना र क्षमताबारे नयाँ मानक स्थापित भएको बताए।
उनका अनुसार, यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको हो। प्रत्यारोपणपछि चौधरी पूर्ण स्वस्थ भएका र आजै अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी डा. श्रेष्ठले दिएका छन्।
डा. श्रेष्ठले भने, “सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म चल्छ। तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण वा क्रोनिक नेफ्रोप्याथी जस्ता कारणले असफल हुन सक्छ। दोस्रोपटक प्रत्यारोपण सम्भव भए पनि तेस्रोपटक गर्नु अत्यन्तै दुर्लभ हुन्छ। प्राविधिक जटिलता, दाता पाउने कठिनाइ र जोखिम धेरै हुने भएकाले विश्वमै पनि सीमित संख्यामा मात्र यस्तो हुन्छ।”
उनले बेलायतमा यस प्रकारको जटिल प्रत्यारोपणको अनुभव गरिसकेको हुँदा नेपालमै पनि यो चुनौतीपूर्ण शल्यक्रिया सम्भव भएको बताए।
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने दोस्रोपटक विसं २०७२ मा सहिद धर्मभक्त केन्द्रमै डा. श्रेष्ठकै नेतृत्वमा गरिएको थियो। तेस्रोपटक भने ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गैरनातेदारबीच अङ्ग साटासाट गरेर प्रत्यारोपण गरिएको हो।
नेपालमा दोस्रोपटक प्रत्यारोपणको अभ्यास सन् २०१० मै वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सुरु भएको थियो। तर, एकै व्यक्तिमा तेस्रो मिर्गौला प्रत्यारोपण भने आजसम्मको सबैभन्दा दुर्लभ र महत्त्वपूर्ण उपलब्धि भएको केन्द्रले जनाएको छ।
स्थापना भएको १३ वर्षमै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १,५०२ जनामा मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले महाधिवेशन पूर्ण रूपमा विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थित...
माघ ३ गते, २०८२ - १४:१९
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सामाजिक सञ्जाल अनुगमन नेपाली सेनाको सहयोगमा सञ्चालन हुने निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका आयुक्त ...
माघ ३ गते, २०८२ - १४:१५
सिन्धुली। पुस २९ गते घ्याङलेख–२ स्थित एसबिआई बैंकको शाखामा भएको तीन करोड रुपैयाँको लुटपाटमा संलग्न सातैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्र...
माघ ३ गते, २०८२ - १४:१०
काठमाडौं। एमाले केन्द्रीय कार्यालयमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको सूची पुगिसकेको छ। सचिव डा. राजन भट्टराईका अनुसार, जिल...
माघ ३ गते, २०८२ - १३:५७
भरतपुरको नयाँ भवनले सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउनेछ
माघ ३ गते, २०८२ - १३:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवापुस्ता (जेन–जी) लाई चुनाव जिताइने भन्ने प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूको सार्...
माघ ३ गते, २०८२ - १३:५१
काठमाडौँ । एमाले सचिव राजन भट्टराईले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको अनुगमन (मनिटरिङ) प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठा...
माघ ३ गते, २०८२ - १३:४८
काठमाडौं । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएक...
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...




प्रतिकृया लेख्नुहोस्: