Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

सहकारी संकट र सत्ता–राजनीतिक खेल : प्रचण्डको पाेखराकाे भनाइले के देखाउँछ ?

तस्बिरः अध्यक्ष प्रचण्डको सचिवालय
खबरडबली संवाददाता

ललितपुर । नेपालमा सहकारी क्षेत्र लामो समयदेखि “गरिब र मध्यम वर्गको आधार” भनेर प्रचार गरिएको छ । तर पछिल्ला वर्षहरूमा ठगी, अनियमितता र नेतामुखी सहकारीको कथाले यस क्षेत्रप्रति विश्वास डगमगाएको छ । यही संवेदनशील प्रसङ्गमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पोखरामा दिएको भाषणले फेरि सहकारी राजनीतिलाई चर्काएको छ।

प्रचण्डले स्पष्ट शब्दमा भने– "सहकारी क्षेत्रको समस्याको जड नै कांग्रेस र एमालेका नेताहरू हुन् ।  हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगलाई कारबाही गर्न खोज्दा सरकार ढालियो।” उनले भने, “हामी मध्यमवर्गकै प्रतिनिधि हौं, सहकारी सुधार हाम्रो प्राथमिकता हो।” 

तर जनता सोध्छन् – ३५ वर्षदेखि नेताहरूले यस्तै वाचा गर्दै आएका होइनन् र? जनताको दृष्टिमा नेताहरूको कथा फरक छ । सहकारी खोलेर जनताको पसिना उठाउने, पछि ठगाइ लुकाउन पार्टीको छाता ओढ्ने। जब कारबाहीको कुरा आउँछ, सरकार ढाल्ने।  प्रचण्डले यति भन्दा प्रश्न उठ्न सक्छ– के सहकारी सुधार यत्तिकै संवेदनशील विषय हो जसका कारण सरकारसम्म ढालिन्छ?

सहकारी राजनीति र सत्ताको समीकरण

नेपालको सहकारी आन्दोलन सुरुवातमा समुदाय र आपसी सहयोगमा आधारित थियो। तर समयसँगै यो पनि राजनीतिको छायामा पर्‍यो। पार्टी नेताहरूले आफ्ना कार्यकर्ता परिचालन, लगानी र प्रभाव विस्तारका लागि सहकारीलाई साधन बनाए। यही कारण सहकारीहरू नेतामुखी बने र वित्तीय पारदर्शिता हराउँदै गयो।

प्रचण्डको भनाइलाई यदि यथार्थ मान्ने हो भने, सहकारी सुधारलाई रोक्नैको लागि सत्ताको खेल भएको देखिन्छ। यति संवेदनशील क्षेत्रलाई हात हाल्दा किन प्रतिरोध भयो भन्ने प्रश्नले कांग्रेस र एमालेमाथि गम्भीर छायाँ पार्छ।

मध्यम वर्ग र माओवादीको राजनीतिक दाबी

प्रचण्डले पाेखरामा “माओवादी केन्द्र नै वैकल्पिक शक्ति हो” भने। तर जनताले उल्टो प्रश्न सोधिरहेका छन् –“हामीले बचत गुमाउँदा तपाईंहरू कहाँ हुनुहुन्थ्याे ? सहकारी सुधार किन संसदमा मात्र भाषण रह्यो?”

यदि माओवादी वा अन्य कुनै दलले साँच्चिकै सहकारी सुधारलाई प्राथमिकता दिन सके भने, यो मध्यमवर्गीय मतदाताको ठूलो समर्थन पाउनेछ । तर अझैसम्म जनताको आँखामा सबै दल एउटै दायरामा अड्किएका देखिन्छन् – पद र शक्तिको लोभ, जनताको पीडा भने पाखामा।

 

प्रचण्डले आफ्नो भाषणमा बारम्बार मध्यम वर्ग र तल्लो वर्ग को प्रतिनिधि आफूहरू भएको दाबी गरे। यो भनाइ सामान्य नारा भन्दा बढी पनि हो। किनभने सहकारीमा ठगिएका, ऋणमा डुबेका, वा आफ्नो बचत गुमाउने मुख्य वर्ग नै यही मध्यमवर्गीय जनता हुन्। यदि माओवादीले सहकारी सुधारलाई एजेन्डा बनाउँदै जनतामाझ प्रस्तुत गर्छ भने, यसले राजनीतिको नयाँ शक्ति समीकरण निर्माण गर्न सक्छ।

अधूरो परिवर्तन र नयाँ चुनौती

संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक भएको तथ्य सर्वविदित छ। तर प्रचण्ड आफैले स्वीकार गरे – न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा अझै पुरानै संरचना चलिरहेको छ। यसले उनको भाषणलाई केवल आलोचना मात्र होइन, आत्मालोचना पनि बनाउँछ।

जनमतको उत्थान कि राजनीतिक रणनीति?

प्रचण्डले हालै माओवादी घटक र इमानदार कम्युनिस्टबीच सहकार्य बढ्दै गएको, र “नपत्याउने गरी जनमत बढिरहेको” दाबी गरे। तर यो प्रश्न अझै बाँकी छ – यो जनमत वास्तविकतामा देखिएको संकेत हो कि राजनीतिक रणनीति अन्तर्गतको भाषण मात्र हो?

प्रचण्डको भनाइले सहकारी क्षेत्रमा रहेका अनियमिततामाथि मात्र औंला उठाएको छैन; यसले सत्ता–राजनीतिक खेलमा दलहरूको भूमिकामाथि पनि प्रश्न खडा गरेको छ । सहकारी सुधार वास्तवमै मध्यम वर्गलाई सम्बोधन गर्ने नीति बन्न सक्ने हो भने, त्यसले देशको राजनीतिक दिशामा गहिरो प्रभाव पार्नेछ। तर यदि यो केवल सत्ता–समीकरणको अर्को भाषण मात्र हो भने, सहकारी पीडित जनताको आशा फेरि अधुरो नै रहनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘गाई काट्ने’ अभिव्यक्तिमा विवाद : खगेन्द्र सुनारलाई रास्वपाको चेतावनी, सार्वजनिक रूपमा क्षमायाचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...

चिर्पट प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान्ले गरे प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...

सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या

सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...

तीन जनाको हत्या आराेपमा पक्राउ परेका सार्वजनिक

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...

पतिको यौन हिंसाले च्यातियो मलद्वारको स्पिङ्क्टर, दुई वर्षको यातनापछि शान्ताको शल्यक्रिया, जीवन–मरणको लडाइँ

काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...

सर्लाहीमा हात्तीपाइलेको खतराः १२ पालिकामा सक्रिय सङ्क्रमण, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...

गुट अन्त्यको सन्देश दिँदै गगन थापाले भनेः ‘कांग्रेस अब एकै स्वरमा अघि बढ्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...

म निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु: सभापति थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढि रहेको बताएका छन् । मधेश प्रदेश क...

रोचक बन्दै सिन्धुपाल्चोक–१, गठबन्धनविहीन प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

सिन्धुपाल्चोक । २१ फागुन नजिकिँदै गर्दा सिन्धुपाल्चोक–१ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा आएको छ। चिया पसलदेखि टोल–टोलका भेला, सामाजिक सञ्जालदेखि घर...

प्रचण्ड–विप्लव दोहोरी : वैचारिक विचलनको ‘ट्याग’

काठमाडौँ । १० वर्षे जनयुद्धका सहयात्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ आज नेपाली कम्युनिष्ट आन्दोलनका दुई फरक धारको नेतृत्व गरिरह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending