Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

सहकारी संकट र सत्ता–राजनीतिक खेल : प्रचण्डको पाेखराकाे भनाइले के देखाउँछ ?

तस्बिरः अध्यक्ष प्रचण्डको सचिवालय
खबरडबली संवाददाता

ललितपुर । नेपालमा सहकारी क्षेत्र लामो समयदेखि “गरिब र मध्यम वर्गको आधार” भनेर प्रचार गरिएको छ । तर पछिल्ला वर्षहरूमा ठगी, अनियमितता र नेतामुखी सहकारीको कथाले यस क्षेत्रप्रति विश्वास डगमगाएको छ । यही संवेदनशील प्रसङ्गमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पोखरामा दिएको भाषणले फेरि सहकारी राजनीतिलाई चर्काएको छ।

प्रचण्डले स्पष्ट शब्दमा भने– "सहकारी क्षेत्रको समस्याको जड नै कांग्रेस र एमालेका नेताहरू हुन् ।  हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगलाई कारबाही गर्न खोज्दा सरकार ढालियो।” उनले भने, “हामी मध्यमवर्गकै प्रतिनिधि हौं, सहकारी सुधार हाम्रो प्राथमिकता हो।” 

तर जनता सोध्छन् – ३५ वर्षदेखि नेताहरूले यस्तै वाचा गर्दै आएका होइनन् र? जनताको दृष्टिमा नेताहरूको कथा फरक छ । सहकारी खोलेर जनताको पसिना उठाउने, पछि ठगाइ लुकाउन पार्टीको छाता ओढ्ने। जब कारबाहीको कुरा आउँछ, सरकार ढाल्ने।  प्रचण्डले यति भन्दा प्रश्न उठ्न सक्छ– के सहकारी सुधार यत्तिकै संवेदनशील विषय हो जसका कारण सरकारसम्म ढालिन्छ?

सहकारी राजनीति र सत्ताको समीकरण

नेपालको सहकारी आन्दोलन सुरुवातमा समुदाय र आपसी सहयोगमा आधारित थियो। तर समयसँगै यो पनि राजनीतिको छायामा पर्‍यो। पार्टी नेताहरूले आफ्ना कार्यकर्ता परिचालन, लगानी र प्रभाव विस्तारका लागि सहकारीलाई साधन बनाए। यही कारण सहकारीहरू नेतामुखी बने र वित्तीय पारदर्शिता हराउँदै गयो।

प्रचण्डको भनाइलाई यदि यथार्थ मान्ने हो भने, सहकारी सुधारलाई रोक्नैको लागि सत्ताको खेल भएको देखिन्छ। यति संवेदनशील क्षेत्रलाई हात हाल्दा किन प्रतिरोध भयो भन्ने प्रश्नले कांग्रेस र एमालेमाथि गम्भीर छायाँ पार्छ।

मध्यम वर्ग र माओवादीको राजनीतिक दाबी

प्रचण्डले पाेखरामा “माओवादी केन्द्र नै वैकल्पिक शक्ति हो” भने। तर जनताले उल्टो प्रश्न सोधिरहेका छन् –“हामीले बचत गुमाउँदा तपाईंहरू कहाँ हुनुहुन्थ्याे ? सहकारी सुधार किन संसदमा मात्र भाषण रह्यो?”

यदि माओवादी वा अन्य कुनै दलले साँच्चिकै सहकारी सुधारलाई प्राथमिकता दिन सके भने, यो मध्यमवर्गीय मतदाताको ठूलो समर्थन पाउनेछ । तर अझैसम्म जनताको आँखामा सबै दल एउटै दायरामा अड्किएका देखिन्छन् – पद र शक्तिको लोभ, जनताको पीडा भने पाखामा।

 

प्रचण्डले आफ्नो भाषणमा बारम्बार मध्यम वर्ग र तल्लो वर्ग को प्रतिनिधि आफूहरू भएको दाबी गरे। यो भनाइ सामान्य नारा भन्दा बढी पनि हो। किनभने सहकारीमा ठगिएका, ऋणमा डुबेका, वा आफ्नो बचत गुमाउने मुख्य वर्ग नै यही मध्यमवर्गीय जनता हुन्। यदि माओवादीले सहकारी सुधारलाई एजेन्डा बनाउँदै जनतामाझ प्रस्तुत गर्छ भने, यसले राजनीतिको नयाँ शक्ति समीकरण निर्माण गर्न सक्छ।

अधूरो परिवर्तन र नयाँ चुनौती

संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक भएको तथ्य सर्वविदित छ। तर प्रचण्ड आफैले स्वीकार गरे – न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा अझै पुरानै संरचना चलिरहेको छ। यसले उनको भाषणलाई केवल आलोचना मात्र होइन, आत्मालोचना पनि बनाउँछ।

जनमतको उत्थान कि राजनीतिक रणनीति?

प्रचण्डले हालै माओवादी घटक र इमानदार कम्युनिस्टबीच सहकार्य बढ्दै गएको, र “नपत्याउने गरी जनमत बढिरहेको” दाबी गरे। तर यो प्रश्न अझै बाँकी छ – यो जनमत वास्तविकतामा देखिएको संकेत हो कि राजनीतिक रणनीति अन्तर्गतको भाषण मात्र हो?

प्रचण्डको भनाइले सहकारी क्षेत्रमा रहेका अनियमिततामाथि मात्र औंला उठाएको छैन; यसले सत्ता–राजनीतिक खेलमा दलहरूको भूमिकामाथि पनि प्रश्न खडा गरेको छ । सहकारी सुधार वास्तवमै मध्यम वर्गलाई सम्बोधन गर्ने नीति बन्न सक्ने हो भने, त्यसले देशको राजनीतिक दिशामा गहिरो प्रभाव पार्नेछ। तर यदि यो केवल सत्ता–समीकरणको अर्को भाषण मात्र हो भने, सहकारी पीडित जनताको आशा फेरि अधुरो नै रहनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरुवा बन्दुक देखाएर वृद्धालाई धम्क्याउने दुई दाजुभाइ पक्राउ

खोटाङ । लेनदेनको विवादमा ७३ वर्षीया वृद्धालाई भरुवा बन्दुक देखाएर धम्क्याएको आरोपमा खोटाङ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्या...

सुस्ता जोगाउन गोली थापेका मुन्ना खान नागरिकताका लागि सडकमा

काठमाडौं । चार दशकअघि नेपालको सीमा जोगाउन छातीमा गोली थापेका मुन्ना खान अहिले आफ्नै देशमा नागरिकताको माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन्। ...

ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, ठमेल क्षेत्रमा सार्वजनिक स्थानमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई मङ्गलबार अनावश्यक र...

विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला

कैलाली । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी एक बालिका खोलामा मृत फेला परेकी छिन् । लम्कीचुहा नगरपालिका–४ अम्मरपुरकी ६ वर्षीया...

३० वर्षपछि महिलाले दिनमा कति पानी पिउनुपर्छ ?

काठमाडौं । ३० वर्षपछि महिलाको शरीरमा हार्मोन, मेटाबोलिज्म र समग्र स्वास्थ्यमा प्राकृतिक परिवर्तन हुन थाल्छ। यही कारण पर्याप्त पानी पिउनु स्वस्थ जीवनशै...

इरान–अमेरिका फेरि वार्ताको टेबलमा, कतारमा अप्रत्यक्ष संवाद हुँदै

काठमाडौं । इरान र अमेरिकाबीच युद्धविरामपछि देखिएका बाँकी विवाद समाधान गर्न कतारमा अप्रत्यक्ष वार्ता हुने भएको छ। कतारको राजधानी दोहामा हुने वार्तामा द...

रास्वपा महाधिवेशनपछि मन्त्रिमण्डल हेरफेरको चर्चा, केही मन्त्री ‘रेड जोन’मा रहेको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएसँगै मन्त्रिमण्डल पुनर्गठनको चर्चा राजनीतिक वृत्तमा चुलिएको छ। पा...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज पर...

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को यथार्थ अवस्था अनुगमन गरी कार्यान्वयन नगर्ने निकायलाई कानुन बम...

१५ वर्षदेखि हिमालपारिको गाउँमा हराइरहेका मजदुरको पीडादायी कथा

गोरखा। छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’। ‘ओइ बन्दी, ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending