Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

एमाले विधान महाधिवेशन- समूहगत सुझावपछि ओलीले जवाफ दिने

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (आइतबार) सकिँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनदेखि जारी महाधिवेशन आज औपचारिक रूपमा टुंग्याउने तयारी छ।

महाधिवेशनमा प्रस्तुत तीनवटा मुख्य प्रतिवेदन—राजनीतिक, संगठनात्मक, र विधान संशोधन—माथि छलफल सम्पन्न भइसकेको छ। छलफलका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनाइएका १० समूहले शनिबार दिनभर गहन विमर्श गरेपछि समूहगत प्रतिवेदन तयार पार्ने कार्य थालिएको हो।

एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाका अनुसार, सहभागी प्रतिनिधिहरूका सुझावका आधारमा सबै समूहले प्रतिवेदन लेख्न थालेका छन्। ती प्रतिवेदन आइतबार समूह नेताहरूले महाधिवेशन हलमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ (गौतम) ले शनिबारको छलफल सम्पन्न भइसकेको र आइतबार समूहगत प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार, प्रतिवेदनमा उठेका जिज्ञासा र सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। आवश्यक परे केही विषयमा मतदानमार्फत निर्णय लिने तयारी पनि गरिएको छ।

महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, र अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि गम्भीर छलफल भएको छ। काभ्रेका एमाले अध्यक्ष राजन भुर्तेलले राजनीतिक प्रतिवेदनले मुलुकको वर्तमान राजनीतिक अवस्था, संघीयता, अर्थतन्त्र र सरकार सञ्चालनका विषयमा बहस जन्माएको जानकारी दिए।

संगठनात्मक प्रतिवेदनले सदस्यता विस्तार, संरचनागत पुनःसंरचना, प्रशिक्षण र अनुशासनजस्ता विषयमा केन्द्रित छलफल गरेको छ भने विधान संशोधन प्रस्तावमा पार्टी विधानलाई समसामयिक आवश्यकता अनुसार परिमार्जन गर्ने प्रस्तावहरू समावेश छन्।

महाधिवेशनले संगठनलाई आन्तरिक बहसमार्फत सुदृढ बनाउनुका साथै आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने बाटो खोल्ने एमालेको विश्वास छ।

'नेपाली विशेषताको समाजवाद' शीर्षकको दस्तावेजमार्फत अध्यक्ष ओलीले सोभियत शैलीभन्दा फरक, तर नेपाली परिवेश सुहाउँदो समाजवादको खाका प्रस्तुत गरेका छन्। उनले बहुलता र विविधता सँगसँगै समाजवादी राज्यव्यवस्था विकास गरिने धारणा अघि सारेका छन्।

प्रचार विभाग प्रमुख गौतमका अनुसार, उत्कृष्ट सुझाव दिन समूह नेताहरू सक्रियताका साथ प्रतिवेदन लेखनमा जुटेका छन्। आजको अन्तिम सत्रमा सबै समूहका प्रतिवेदन प्रस्तुत गरी विधान संशोधनसहितको प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending