काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज (आइतबार) सकिँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनदेखि जारी महाधिवेशन आज औपचारिक रूपमा टुंग्याउने तयारी छ।
महाधिवेशनमा प्रस्तुत तीनवटा मुख्य प्रतिवेदन—राजनीतिक, संगठनात्मक, र विधान संशोधन—माथि छलफल सम्पन्न भइसकेको छ। छलफलका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा बनाइएका १० समूहले शनिबार दिनभर गहन विमर्श गरेपछि समूहगत प्रतिवेदन तयार पार्ने कार्य थालिएको हो।
एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाका अनुसार, सहभागी प्रतिनिधिहरूका सुझावका आधारमा सबै समूहले प्रतिवेदन लेख्न थालेका छन्। ती प्रतिवेदन आइतबार समूह नेताहरूले महाधिवेशन हलमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ (गौतम) ले शनिबारको छलफल सम्पन्न भइसकेको र आइतबार समूहगत प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार, प्रतिवेदनमा उठेका जिज्ञासा र सुझावमाथि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। आवश्यक परे केही विषयमा मतदानमार्फत निर्णय लिने तयारी पनि गरिएको छ।
महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, र अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि गम्भीर छलफल भएको छ। काभ्रेका एमाले अध्यक्ष राजन भुर्तेलले राजनीतिक प्रतिवेदनले मुलुकको वर्तमान राजनीतिक अवस्था, संघीयता, अर्थतन्त्र र सरकार सञ्चालनका विषयमा बहस जन्माएको जानकारी दिए।
संगठनात्मक प्रतिवेदनले सदस्यता विस्तार, संरचनागत पुनःसंरचना, प्रशिक्षण र अनुशासनजस्ता विषयमा केन्द्रित छलफल गरेको छ भने विधान संशोधन प्रस्तावमा पार्टी विधानलाई समसामयिक आवश्यकता अनुसार परिमार्जन गर्ने प्रस्तावहरू समावेश छन्।
महाधिवेशनले संगठनलाई आन्तरिक बहसमार्फत सुदृढ बनाउनुका साथै आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने बाटो खोल्ने एमालेको विश्वास छ।
'नेपाली विशेषताको समाजवाद' शीर्षकको दस्तावेजमार्फत अध्यक्ष ओलीले सोभियत शैलीभन्दा फरक, तर नेपाली परिवेश सुहाउँदो समाजवादको खाका प्रस्तुत गरेका छन्। उनले बहुलता र विविधता सँगसँगै समाजवादी राज्यव्यवस्था विकास गरिने धारणा अघि सारेका छन्।
प्रचार विभाग प्रमुख गौतमका अनुसार, उत्कृष्ट सुझाव दिन समूह नेताहरू सक्रियताका साथ प्रतिवेदन लेखनमा जुटेका छन्। आजको अन्तिम सत्रमा सबै समूहका प्रतिवेदन प्रस्तुत गरी विधान संशोधनसहितको प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न गर्ने तयारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: