Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

जेब्राक्रसमै बालिकालाई मन्त्रीको गाडीले हान्यो, प्रधानमन्त्रीले उल्टै लगाए ‘महाधिवेशन भाँड्ने तत्व’को आरोप

खबरडबली संवाददाता

काठमाडौं । जेब्राक्रसमा पनि तीव्र गतिमा हुइँक्याइएको कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहानै ललितपुर महानगरपालिका– २८ हरिसिद्धिमा एक बालिकालाई ठक्कर दियो । बालिका सडकमा छटपटाउन थालिन् । मन्त्री तत्काल बालिकाको उद्धार गरेर अस्पताल पुर्‍याउनुपर्ने मानवीयता पनि लत्याएर गाडीको स्पिड अझ बढाएर भागे । एमाले नेतासमेत रहेका मन्त्री मगर सिधै एमालेको गोदावरीस्थित विधान महाधिवेशनस्थल पुगे । यस्तो अपराधजन्य कार्य गर्ने मन्त्रीको बचाउमा प्रधानमन्त्री केपी ओली नै उभिए । 

घटनाको विरोधमा उत्रिएका स्थानीयलाई उनले ‘एमाले विधान महाधिवेशन भाँड्ने तत्व’को लाञ्छनासमेत लगाए । हरिसिद्धिकै ११ वर्षीया उषा सुनुवार बिहान ७:३० बजे जेब्राक्रसबाट सडक पार गर्दैै थिइन् । राष्ट्रिय झन्डा हल्लाउँदै गोदावरीतर्फ तीव्र गतिमा हुइँकिँदै गरेको मन्त्री मगरको को.१झ ६९९ नम्बरको गाडीले उनलाई ठक्कर दिएको थियो । उषा सडकमै ढलिन् । मन्त्री मगर गाडीको स्पिड थप बढाएर झन्डा हल्लाउँदै भागे । सर्वसाधारणले उषालाई सडकबाट उठाएर तत्काल निजी सवारीसाधन प्रयोग गरी ग्वार्कोस्थित बी एन्ड बी अस्पताल पुर्‍याए ।

बालिका बचाउन छाडेर भागेका मन्त्री मगरले आफ्नो ज्यान जोगाउन त्यसो गरेको प्रतिक्रिया दिएका छन् । ‘बालिकालाई हाम्रो गाडीले छोएपछि हामी अलि अघि बढेर रोकियौँ । गाडीको ऐनाबाट पछाडि हेर्‍यौँ । बालिकालाई सडकबाट कसैले उठाएको देख्यौँ । घटना सामान्यझैँ लागेर अगाडि बढ्यौँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘घटनास्थलमा फर्किएको भए परिस्थिति हामीअनुकूल नहुन पनि सक्थ्यो । हामीमाथि आक्रमण पनि हुन सक्थ्यो, त्यसैले अघि बढेका हौँ ।’

उषालाई घाइते बनाएर गाडी फरार भएपछि स्थानीय सडकमा उत्रिए । दोषीलाई कारबाहीको माग गरेर सवारीसाधन अवरुद्ध गरे । चर्को दबाबपछि प्रहरीले बल्ल फरार गाडीबारे सोधीखोजी गर्‍यो । उक्त गाडी कोशीका मन्त्री रामबहादुर मागरको रहेको बल्ल पत्ता लागेको थियो । हरिसिद्धिमा स्थानीयले विरोध गरिरहँदा मन्त्री मगर गोदावरीमा चलिरहेको पार्टी विधान महाधिवेशनमा भाग लिइरहेका थिए । प्रहरीका अनुसार मन्त्री मगर गोदावरीमा चलिरहेको पार्टीको विधान महाधिवेशनमा भाग लिन जाने क्रममा उनको गाडीले बालिकालाई ठक्कर दिएको थियो । गाडी मन्त्री मगरका निजी चालक चन्द्रनारायण चौधरीले हाँकेका थिए । प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर उषाको उपचार मन्त्रीका तर्फबाट व्यहोर्ने सहमतिपछि मात्रै स्थानीयले आन्दोलन रोकेका थिए । 

बालिकालाई उपचारका लागि बी एन्ड बी अस्पतालमा राखिएको सूचना पाएपछि पनि मन्त्री मगर भेट्न पुगेनन् । पीडित पक्षसँग सहमति गराउन आफ्ना सहयोगीलाई अस्पताल पठाएका थिए । उपचारमा लागेको करिब २२ हजार तिनै सहयोगीले तिरेको उषाका मावलीका हजुरबुवा रञ्जित महर्जनले बताए । 

‘उषाकी आमा मेरी छोरी हुन् । उनी अहिले वैदेशिक रोजगारीमा छिन् । त्यसैले उषा मेरै संरक्षणमा छिन्,’ उनले भने, ‘शनिबार मन्त्रीको गाडीले ठक्कर दिएर फरार भएपछि पैदलयात्रीले उद्धार गरेर अस्पताल पुर्‍याएछन् । पछि ठक्कर दिने गाडी पहिचान भएपछि पनि मन्त्री अस्पतालमा भेट्न आएनन् । उपचार खर्च तिर्न सहयोगीलाई पठाएका थिए । खर्च लागेको २२ हजारजति उनैले तिरे ।’ 

स्थानीय प्रत्यक्षदर्शी झन्डावाल गाडी तीव्र गतिमा भएका कारण दुर्घटना भएको बताउँछन् । ‘बिहान ७:३० बजे हामी पनि सोही ठाउँमा थियौँ । सातदोबाटोबाट झन्डा हल्लाउँदै एउटा गाडी हुइँकिएर आयो । जेब्राक्रसबाट एउटी बालिका सडक पार गर्दै थिइन् । बालिका देखेपछि गाडीले ब्रेक लगाए पनि तीव्र गतिका कारण भनेको ठाउँमा रोकिएन, बालिकालाई ठक्कर दियो,’ प्रत्यक्षदर्शी अष्टकुमारी महर्जनले भनिन्, ‘गाडी रोकिएन, झन् छिटो हुइँकिएर फरार भयो ।’ 

उषा हरिसिद्धिस्थित क्षितिज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत छिन् । आमा वैदेशिक रोजगारीमा भएकाले हजुरबुवा र हजुरआमासँग बस्दै आएकी छिन् । शनिबार बिदाको दिन भएकाले बिहानै उनी आफन्तकहाँ जाँदै थिइन् । मन्त्री मगरको गाडीको ठक्करले उनको घाँटीमा चोट लागेको छ । करिब चार घण्टाको उपचारपछि उषा डिस्चार्ज भइसकेकी छिन् । मन्त्रीका चालक चौधरीलाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले बताए । ‘बालिकालाई ठक्कर दिने मन्त्रीको गाडीका चालकलाई नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घाइते उषा पनि उपचारपछि घर फर्किसकेकी छिन् । उपचार खर्च मन्त्री पक्षबाटै व्यहोरिएको छ ।’ 

जेब्राक्रङबाट सडक पार गर्दै गरेकी बालिकालाई तिब्र गतिमा चलाएको मन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएको घटनामा चालकको गम्भीर लापर्वाही देखिन्छ । मन्त्रीका चालक थिए, चन्द्रनारायण चौधरी । यो दुर्घटनामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ का को दफा १४७ आकर्षित हुन्छ । उक्त दफाले लापबाहीसाथ सवारी साधन चलाउने कार्यलाई बन्देज गरेको छ । 

यो नियम उल्लंघन गरे सोही ऐनको दफा १६२ (१)मा सजायको व्यवस्था पनि छ । भनिएको छ, ‘ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अंगभंग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनेछ । सो खत निको भई काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना हुनेछ ।’

सोही ऐनको दफा १३३ मा दुर्घटना हुँदा चालकले अपनाउनु पर्ने कर्तव्यलाई व्याख्या गरिएको छ । उक्त दफाअनुसार  सावरीले कुनै दुर्घटना गरी कसैलाई घाइते बनाए सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नुपर्ने छ । उक्त दफामा भनिएको छ, ‘कुनै सवारीले कुनै दुर्घटना गरी मानिसको जीउ ज्यानमा कुनै किसिमको खतरा वा चोटपटक पर्न गएको रहेछ भने सो सवारीको चालक, परिचालक, सुरक्षाकर्मी वा सो सवारीमा काम गर्ने अन्य कर्मचारीले त्यस्तो मानिसको उपचारको लागि तुरून्त आवश्यक व्यवस्था गर्नु पर्छ ।’ तर, हरिसिद्धि दुर्घटनामा मन्त्री र मन्त्रीका चालकले यो दफाको उल्लंघन गरेका छन् ।

बालिकालाई ठक्कर दिएर भागेका मन्त्री रामबहादुर मगर सिधै गोदावरीस्थित एमाले विधान महाधिवेशनस्थल पुगेका थिए । केहीबेरमै घटनाबारे प्रधानमन्त्री केपी ओलीले पनि जानकारी पाए । तर, गैरजिम्मेवार मन्त्रीलाई सचेत गराउनुपर्नेमा ओलीले उल्टै घटनाको विरोधमा उत्रिएका स्थानीयलाई महाधिवेशन भाँड्ने तत्वको संज्ञा दिए । सडक अवरुद्धका कारण प्रतिनिधि बाटोमै रोकिएर महाधिवेशन प्रभावित भएपछि ओलीले संगीन आरोप लगाएका थिए । 

‘बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएछ । बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले व्यहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी छ । बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना छ । दुर्घटना भवितव्य हो । सडक अवरुद्ध भएको जानकारीमा आयो । महाधिवेशन भाँड्ने गरी त्यहाँ कसैले राजनीति गर्न खोजेको देखियो,’ उनले भने । प्रधानमन्त्रीले मन्त्री मगरको बचाउ पनि गरे । दुर्घटनापछि मानवीयतासमेत नदेखाएका मगरको पक्षमा वकालत नै गरे । ‘सामान्य रूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च व्यहोर्छ,’ उनले भने, ‘कहिले–कहिले यस्ता अप्रिय घटना हुन्छन् ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending