किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनको मस्कोमा भेट्ने प्रस्ताव अस्वीकार गर्दै यस्तो अवास्तविक स्थान चयनले रुसले वार्ताप्रति वास्तविक चासो नराखेको सङ्केत दिएको बताएको छन् ।
“म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमण र गोलीबारीको सिकार भइरहेको छ”, अमेरिकी मिडियासँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “पुटिन किएभ आउन सक्नुहुन्छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका राष्ट्रपतिबीच आमनेसामने वार्ताका लागि निरन्तर दबाब दिइरहनु भएको छ ।
गत महिना अलास्कामा पुटिनसँगको ट्रम्पको शिखर सम्मेलनको प्रमुख उद्देश्यहरूमध्ये एक द्विपक्षीय वा त्रिपक्षीय बैठकको तयारी थियो ।
त्यसपछि ट्रम्पले युक्रेनी राष्ट्रपतिले वासिङ्टन भ्रमण गरी युरोपेली नेताहरूसँग छलफल गरेपछि पुटिन र जेलेन्स्कीबीच भेट हुनसक्ने बताएको थिए। तर मस्कोले अतिरिक्त सर्तहरू अघि सारेको, निर्णय रोकेको र युक्रेनी सहरहरूमा गोलाबारी बढाएको बताइएको छ ।
यसैबीच, पुटिनले यस हप्ता आफू जेलेन्स्कीसँग भेट्न ‘तयार’ रहेको तर मस्कोमै मात्र सम्भव हुने बताएको थिए।
शुक्रबार, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले जेलेन्स्कीलाई रूसी राजधानीमा ‘वार्ता गर्न आमन्त्रित गरिएको, आत्मसमर्पण गर्न होइन” भनेर स्पष्ट पारेको छन् ।
पेरिसमा सम्पन्न ‘सङ्कल्पको गठबन्धन’ शिखर सम्मेलनपछि जेलेन्स्कीले पुटिनको निमन्त्रणा अस्वीकार गर्दै भने, “यदि बैठक हुनै नदिने चाहना छ भने मस्कोमा निम्तो दिनु पर्ने देखिन्छ । रुसी नेतृत्वले व्यक्तिगत भेटवार्ताको कुनै विकल्पबारे बोल्नु पनि आफैँमा एउटा उपलब्धि हो ।”
उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार तीन सयभन्दा बढी ड्रोन, करिब नौ सय निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको बताए। उनका अनुसार देशका १४ क्षेत्रमा हवाई आक्रमण भएका छन् ।
ट्रम्पले पनि सोही दिन अमेरिकी मिडियासँग कुरा गर्दै भने, “केही न केही हुनेछ, तर उहाँहरू अझै तयार हुनुहुन्न... हामी यसलाई गर्नेछौँ ।”
तर उहाँले वासिङ्टनले स्वीकार्य ठानेको वार्ताका लागि कुनै समयसीमा भने तोक्नुभएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: