Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

जेलेन्स्कीद्वारा पुटिनलाई युक्रेनमा आउन प्रस्ताव

खबरडबली संवाददाता

किएभ। युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनको मस्कोमा भेट्ने प्रस्ताव अस्वीकार गर्दै यस्तो अवास्तविक स्थान चयनले रुसले वार्ताप्रति वास्तविक चासो नराखेको सङ्केत दिएको बताएको छन् ।

“म आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमण र गोलीबारीको सिकार भइरहेको छ”, अमेरिकी मिडियासँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, “पुटिन किएभ आउन सक्नुहुन्छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका राष्ट्रपतिबीच आमनेसामने वार्ताका लागि निरन्तर दबाब दिइरहनु भएको छ । 

गत महिना अलास्कामा पुटिनसँगको ट्रम्पको शिखर सम्मेलनको प्रमुख उद्देश्यहरूमध्ये एक द्विपक्षीय वा त्रिपक्षीय बैठकको तयारी थियो । 

त्यसपछि ट्रम्पले युक्रेनी राष्ट्रपतिले वासिङ्टन भ्रमण गरी युरोपेली नेताहरूसँग छलफल गरेपछि पुटिन र जेलेन्स्कीबीच भेट हुनसक्ने बताएको थिए। तर मस्कोले अतिरिक्त सर्तहरू अघि सारेको, निर्णय रोकेको र युक्रेनी सहरहरूमा गोलाबारी बढाएको बताइएको छ ।

यसैबीच, पुटिनले यस हप्ता आफू जेलेन्स्कीसँग भेट्न ‘तयार’ रहेको तर मस्कोमै मात्र सम्भव हुने बताएको थिए। 

शुक्रबार, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले जेलेन्स्कीलाई रूसी राजधानीमा ‘वार्ता गर्न आमन्त्रित गरिएको, आत्मसमर्पण गर्न होइन” भनेर स्पष्ट पारेको छन् ।

पेरिसमा सम्पन्न ‘सङ्कल्पको गठबन्धन’ शिखर सम्मेलनपछि जेलेन्स्कीले पुटिनको निमन्त्रणा अस्वीकार गर्दै भने, “यदि बैठक हुनै नदिने चाहना छ भने मस्कोमा निम्तो दिनु पर्ने देखिन्छ । रुसी नेतृत्वले व्यक्तिगत भेटवार्ताको कुनै विकल्पबारे बोल्नु पनि आफैँमा एउटा उपलब्धि हो ।”

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार तीन सयभन्दा बढी ड्रोन, करिब नौ सय निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको बताए। उनका अनुसार देशका १४ क्षेत्रमा हवाई आक्रमण भएका छन् ।

ट्रम्पले पनि सोही दिन अमेरिकी मिडियासँग कुरा गर्दै भने, “केही न केही हुनेछ, तर उहाँहरू अझै तयार हुनुहुन्न... हामी यसलाई गर्नेछौँ ।” 

तर उहाँले वासिङ्टनले स्वीकार्य ठानेको वार्ताका लागि कुनै समयसीमा भने तोक्नुभएन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विष्णु पौडेलको पक्राउ प्रतिशोधपूर्ण र गैरन्यायिक, अविलम्ब रिहा गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending