लम्जुङ । नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियान फेरि सक्रिय बनेको छ । माओवादीले यसलाई “जनताको समस्या सिंहदरबारसम्म पुर्याउने अभियान” को रुपमा प्रस्तुत गरे पनि यसको राजनीतिक अर्थ र सन्देशबारे चर्चा बढेको छ।
बर्षायामका कारण स्थगित भएको अभियान पुनः सुरु गर्दै अध्यक्ष प्रचण्डले विद्यालय र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका छन् । यसलाई उनले “जनताको पीडा प्रत्यक्ष सुन्ने प्रक्रिया” भनेका छन् । संसद् र सरकारमार्फत मात्र नभई सडकस्तरमा उपस्थित भई जनतासँग भेटघाट गर्ने रणनीति माओवादी केन्द्रले जनसम्पर्क सुदृढ गर्ने प्रयास भएकाे राजनीतिक विश्लेषकहरू बताउँछन् ।
प्रचण्डले अभियानका क्रममा जनयुद्धका सहिद र बेपत्ता परिवारसँग भेटघाट गर्दै आएको उल्लेख गरेका छन् । यो कदमलाई माओवादीका पुराना आधारभूत वर्गलाई फेरि आफ्नो वरिपरी संगठित गर्ने प्रयत्नको रुपमा हेरिएको छ । विशेषगरी पार्टीभित्र देखिएको असन्तुष्टि र संगठनमा फैलिएको शिथिलतालाई सम्बोधन गर्ने सन्देश दिन अध्यक्ष प्रचण्ड सक्रिय देखिएका छन्।
आफ्नाे नेतृत्वकाे सरकारले गुमाएपछि माओवादी केन्द्र पुनः आफ्ना आधारभूत मुद्दा र पहिचानमा फर्किएको छ । सामाजिक न्याय, सुशासन र सामाजिक सुरक्षा जस्ता मुद्दा अध्यक्ष प्रचण्डले दोहोर्याइरहनु सरकारमा रहँदा आफ्नो उपस्थिति ‘ठोस’ भएको सन्देश दिन खोजिएको बुझिन्छ । यसलाई “जनताको मनबाट हामी हटेका छैनौँ” भन्ने प्रचण्डको भनाइले पुष्टि गर्छ।
विश्लेषकहरूका अनुसार, मध्यपहाडी लोकमार्ग अभियान पार्टीको संगठनलाई सक्रिय तुल्याउने बहानामा आगामी निर्वाचन लक्षित ‘राजनीतिक मेकानिज्म’ पनि हो। स्थानीय तहमा पुगेर समस्या सुन्ने, पार्टी संरचना बलियो बनाउने र सहिद परिवारसँग भावनात्मक सम्बन्ध जोड्ने कार्यले माओवादी केन्द्रलाई पुनः गतिशील बनाउने सम्भावना देखिन्छ।
तर आलोचकहरू भन्छन् सिंहदरबारमै उपस्थित प्रचण्ड र माओवादी नेताले विगतमा उठाएका जनमुद्दाहरूलाई ठोस रुपमा कार्यान्वयन गर्न नसक्दा अब ‘सडकतिर फर्किएको’ मात्र हो।
प्रचण्डले यस अभियानलाई जनताको समस्या सुन्ने र समाधानका लागि सिंहदरबार पु¥याउने माध्यम भनेका छन्। तर यसलाई राजनीतिक सन्दर्भमा हेर्दा, यो माओवादी केन्द्रको संगठनात्मक पुनर्जागरण र चुनावी तयारीसँग जोडिएको देखिन्छ। आगामी महाधिवेशन र निर्वाचन समीकरणमा यस अभियानको प्रभाव कस्तो पर्छ भन्ने प्रश्न अहिले नै उठ्न थालेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: