मनाङ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै मनाङका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई सहज तरिकाले सेवा दिन जिल्ला प्रशासन कार्यालय मनाङले घुम्ती सेवा सञ्चालन गरेको छ । जिल्लाका दुर्गम बस्तीका नागरिकलाई सदरमुकामसम्म आउन कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको पहल अघि सारेको जनाएको छ ।
शनिबार बिदाकै दिनमा भएपनि मनाङ ङिस्याङ गाउँपालिकामा एकदिने घुम्ती सेवा शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले बताए । प्रजिअ पौड्यालको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, शाखागत कर्मचारी तथा प्राविधिक कर्मचारीसहितको टोली खटिएको थियो । पालिकाका अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको शिविरमा ६३ स्थानीय नागरिकले सेवा प्राप्त गरेका छन् ।
जिल्ला प्रशासनको टोली आउने सूचना पाएलगत्तै गाउँ कार्यपालिकाले अग्रिम सूचना जारी गर्दै पालिकाभित्रका सबै ९ वडामा बसोबास गर्ने अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिकलाई परिचयपत्र बनाउन सहजीकरण गरेको थियो । गाउँपालिकाको सक्रियताले शिविर प्रभावकारी बनेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने उपकरण एक सेट मात्र र प्राविधिक कर्मचारी पनि एक जना मात्र भएकाले नियमित सेवा प्रवाहमा कठिनाइ हुने गरेको प्रजिअ पौड्यालले बताए। उनले भने, ‘‘यही कठिनाइलाई मध्यनजर गरी सार्वजनिक बिदाको दिन समेत घुम्ती शिविर सञ्चालन गरिएको हो ।’’ उनले नियमित रुपमा यस्ता शिविर सञ्चालन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग निरन्तर छलफल पनि भइरहेको जानकारी दिए ।
मनाङ ङिस्याङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन क्षेत्रीले अशक्त, वृद्धवृद्धा र ज्येष्ठ नागरिक गरी ६३ जनाले सेवा लिएको बताए।
डेढ हप्ताअघि मात्रै पदभार ग्रहण गर्नुभएका प्रजिअ पौड्यालले पदभार ग्रहण कार्यक्रममा नै ‘सम्भव भएसम्म जनताको घरदैलोमै पुगेर सेवा प्रवाह गर्ने’ प्रतिबद्धता जनाएको थिए । उनले भने, ‘‘मनाङ ङिस्याङ गाउँपालिकामा सञ्चालन गरिएको यो घुम्ती शिविरलाई सो प्रतिबद्धताको प्रारम्भिक कार्यान्वयनका रुपमा लिएको छु ।’’
यसअघि नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकाले काठमाडौंमा शिविर सञ्चालन गरेर नागरिकलाई सेवा दिएका थिए । ती दुई गाउँपालिकाले साउन अन्तिम साता काठमाडौंमा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आफ्ना नागरिक बसोबास गरेकै ठाउँमा पुगेर शिविर चलाएका हुन् ।
हाल नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा कुनै समस्या नभएकाले मनाङ ङिस्याङमा मात्र शिविर सञ्चालन गरिएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: