Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

युवाहरूले सडकमा ओकल्र्ने असन्तोषलाई रोक्ने प्रयास गरे त्यसकाे परिणाम नराम्राे आउने प्रचण्डकाे चेतावनी

जेनजीको आक्रोश स्वाभाविक हाे

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले भोलि आयोजना गर्न लागेको प्रदर्शनलाई “स्वाभाविक आक्रोश” को उपज भनेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले फेसबुक र टिकटकजस्ता प्लेटफर्ममाथि गरिएको अवरोधलाई “जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण” भन्दै सरकारलाई चेतावनी दिएका छन्।

प्रचण्डले युवाहरूले सडकमा ओकल्र्ने असन्तोषलाई रोक्ने प्रयास सरकारले नगरोस् र यदी गरे त्यसकाे परिणाम नराम्राे आउन सक्ने चेतावनी दिएका छन्  ।

भ्रष्टाचार र असमानताविरुद्ध माओवादी केन्द्रको आन्दोलन निरन्तर जारी रहेकाे बताउँदै  सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले जनता र राज्यबीचको विश्वासको सम्बन्धलाई थप कमजोर बनाएको बताएका छन् ।

प्रचण्डको यो अभिव्यक्ति केवल जेनजीको आन्दोलनलाई समर्थन मात्र होइन, सरकारसँगको दूरी देखाउने राजनीतिक संकेत पनि हो। सत्तामा रहेर आलोचनाको सामना गर्ने अनुभव बोकेको प्रचण्ड अहिले आफूलाई फेरि “जनताको आवाज” को पक्षधरको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्।

जेनजी पुस्ताको विद्रोहलाई अंगिकार गरेर उनले आफ्नै आन्दोलनलाई निरन्तरताको छायामा देखाउने प्रयास गरेका छन्।

जेनजी पुस्ताको आन्दोलन केवल सामाजिक सञ्जाल बन्दविरुद्ध सीमित छैन। यसमा भ्रष्टाचारविरुद्धको दीर्घकालीन असन्तोष मिसिएको छ।  युवापुस्ताले देखाएको सक्रियता पुराना दलका लागि चुनौती बन्दैछ।  प्रचण्डजस्तो अनुभवी नेताले यसलाई समर्थन गर्नु भनेको – नयाँ पुस्तासँग दूरी घटाउने प्रयास र सरकारमाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने रणनीति हो।

जेनजीको आन्दोलनलाई “स्वाभाविक” भन्दै प्रचण्डले दिएको समर्थन राजनीतिक हिसाबले दुईधारे छ – एकातिर उनले युवापुस्ताको विद्रोहलाई वैधता दिएका छन्, अर्कोतिर, यो सन्देशले सत्तासँगको उनको सम्बन्धमा नयाँ तनाव पनि थप्न सक्ने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending