Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

युवाहरूले सडकमा ओकल्र्ने असन्तोषलाई रोक्ने प्रयास गरे त्यसकाे परिणाम नराम्राे आउने प्रचण्डकाे चेतावनी

जेनजीको आक्रोश स्वाभाविक हाे

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी पुस्ताले भोलि आयोजना गर्न लागेको प्रदर्शनलाई “स्वाभाविक आक्रोश” को उपज भनेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले फेसबुक र टिकटकजस्ता प्लेटफर्ममाथि गरिएको अवरोधलाई “जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण” भन्दै सरकारलाई चेतावनी दिएका छन्।

प्रचण्डले युवाहरूले सडकमा ओकल्र्ने असन्तोषलाई रोक्ने प्रयास सरकारले नगरोस् र यदी गरे त्यसकाे परिणाम नराम्राे आउन सक्ने चेतावनी दिएका छन्  ।

भ्रष्टाचार र असमानताविरुद्ध माओवादी केन्द्रको आन्दोलन निरन्तर जारी रहेकाे बताउँदै  सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले जनता र राज्यबीचको विश्वासको सम्बन्धलाई थप कमजोर बनाएको बताएका छन् ।

प्रचण्डको यो अभिव्यक्ति केवल जेनजीको आन्दोलनलाई समर्थन मात्र होइन, सरकारसँगको दूरी देखाउने राजनीतिक संकेत पनि हो। सत्तामा रहेर आलोचनाको सामना गर्ने अनुभव बोकेको प्रचण्ड अहिले आफूलाई फेरि “जनताको आवाज” को पक्षधरको रूपमा प्रस्तुत गर्न खोजिरहेका छन्।

जेनजी पुस्ताको विद्रोहलाई अंगिकार गरेर उनले आफ्नै आन्दोलनलाई निरन्तरताको छायामा देखाउने प्रयास गरेका छन्।

जेनजी पुस्ताको आन्दोलन केवल सामाजिक सञ्जाल बन्दविरुद्ध सीमित छैन। यसमा भ्रष्टाचारविरुद्धको दीर्घकालीन असन्तोष मिसिएको छ।  युवापुस्ताले देखाएको सक्रियता पुराना दलका लागि चुनौती बन्दैछ।  प्रचण्डजस्तो अनुभवी नेताले यसलाई समर्थन गर्नु भनेको – नयाँ पुस्तासँग दूरी घटाउने प्रयास र सरकारमाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने रणनीति हो।

जेनजीको आन्दोलनलाई “स्वाभाविक” भन्दै प्रचण्डले दिएको समर्थन राजनीतिक हिसाबले दुईधारे छ – एकातिर उनले युवापुस्ताको विद्रोहलाई वैधता दिएका छन्, अर्कोतिर, यो सन्देशले सत्तासँगको उनको सम्बन्धमा नयाँ तनाव पनि थप्न सक्ने देखिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धान खेतमा पहिलोपटक मखना खेती

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...

पाँचथरका ग्रामीण क्षेत्रमा बढ्यो कालोपत्र सडकको पहुँच

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...

सरकार सामाजिक सुरक्षाबाट पछि हट्न खोजेको एमाले सांसद गुरु बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...

इलामकाे माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...

आजको तरकारी बजारमा मूल्य स्थिर, केही वस्तुमा भारी उतारचढाव

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...

सरकारकाे २१ खर्ब २४ अर्बको घाटा बजेट, करदेखि खर्चसम्म व्यापक हेरफेर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

  काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५००  नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  गएराति भारतीय ...

अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending