काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछानेले एक सन्देशमार्फत जेनजीको आन्दोलनलाई समर्थन जनाएका हुन्।
आगामी सोमबार हुने भनिएको जेनजीको प्रदर्शनप्रति समर्थन जनाउँदै लामिछानेले सामाजिक सञ्जालमार्फत पठाएको सन्देशमा लेखेका छन्, “तपाईंहरू सडकमा उत्रन लाग्दै हुनुहुन्छ, र सम्भवतः धेरैका लागि यो पहिलो सडक आन्दोलन हुन सक्छ। शासकहरूले तपाईंहरूलाई न त विधि र विवेकको शासन दिए, न त सामाजिक सञ्जालमा आफ्नो भावना व्यक्त गर्ने स्वतन्त्रता नै। उनीहरू सत्ता र शक्तिको मातमा छन्, तर थाहा पाउँदैनन्—तपाईंहरूको विवेक र आवेगमा इतिहास बदल्ने क्षमता छ।”
उनले सम्भावित घुसपैठ र उत्तेजनाबाट सजग रहन आग्रह गर्दै लेखेका छन्, “भोलिको दिन नयाँ इतिहासको सुरुवात हो। सचेत रहनुहोस्, उत्तेजनामा नफस्नुहोस् र विवेक प्रयोग गर्नुहोस्। तपाईंहरूको कर्मबाट यो देशको इतिहास कोरिँदै छ। नख्खु जेलको कालकोठरीबाट म तपाईंहरू सबैप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दछु।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: