काठमाडौं । माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरूले सोमबार बिहानदेखि शान्तिपूर्ण प्रदर्शन गर्दैछन्।
सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवा समेटिएको यस पुस्ताले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका हुन्। जेनजीले काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि प्रदर्शन लागेका हुन्।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदर्शनका लागि अनुमति दिएको पुष्टि प्रमुख जिल्ला अधिकारी छवि रिजालले गरेका छन्। उनले निषेधित क्षेत्रबाहेकको ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न रोक नलगाइएको जानकारी दिए। "आवश्यक परेमा सुरक्षाकर्मी संख्या पनि बढाउन सकिन्छ," उनले भने।
सामाजिक सञ्जालमार्फत केही दिनदेखि प्रदर्शनको तयारी गर्दै आएका युवाहरू आइतबार नै माइतीघरमा भेला भएर कार्यक्रमबारे छलफल गरेका थिए। तय गरिएको कार्यक्रमअनुसार सोमबार बिहान ९ बजेदेखि भेला भई, ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म जाने योजना बनाइएको हो।
एक सहभागी युवाका अनुसार प्रदर्शनमा कुनै औपचारिक संस्था वा व्यक्ति आयोजक छैन। साना साना समूहको रूपमा साथीहरू स्वतःस्फूर्त रूपमा भेला भएका हुन्। "शान्तिपूर्ण तरिकाले कार्यक्रम हुनेछ, भाषण होइन, नाचगान लगायत सांस्कृतिक प्रस्तुति दिने योजना छ," उनले भने।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनप्रति समर्थन जनाए पनि स्वयम् सहभागी नहुने जनाएका छन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि जेनजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेले एक सन्देश जारी गर्दै प्रदर्शनमा सहभागी युवालाई विवेकशील रहन आग्रह गरेका छन्।
उनले लेखेका छन्, “शासकहरूले न त तपाईंहरूलाई विधिको शासन दिए, न त सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता नै। तर तपाईंहरूको विवेक र आवेगमा इतिहास बदल्ने क्षमता छ। भोलिको दिन नयाँ इतिहासको सुरुआत हो। सचेत रहनुहोस्, उत्तेजनामा नफस्नुहोस्।”
त्यस्तै, पछिल्लो समय राजावादी धारबाट पार्टी खोल्ने तयारीमा रहेका दुर्गा प्रसाईंले पनि प्रदर्शनमा सहभागी हुने घोषणा गरेका थिए। तर उनको सहभागितालाई लिएर जेनजी पुस्तामा असन्तुष्टि देखिएको छ। केही युवाहरूले उनलाई फोन गरेर कार्यक्रममा नआउन आग्रह गरेका छन्।
एक सहभागीका अनुसार, “उहाँलाई फोन गरेर नआउन भनिएको छ। प्रसाईंले पनि आफू नआउने र कार्यक्रममा राम्रोसँग गर्न सुझाव दिएको बताउनु भएको छ।”
यसरी स्वतःस्फूर्त रूपमा आयोजित यो प्रदर्शन सामाजिक सञ्जाल प्रतिबन्ध र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताको एक संगठित प्रतिक्रिया बन्न पुगेको देखिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: