Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

सरकारबाट बाहिरिन कांग्रेस सभापति देउवालाई शीर्ष नेताकै दबाब

तर, देउवाको उल्टो प्रश्न छ– सातबुँदे सहमतिमा हस्ताक्षर गरेको छु, कसरी फिर्ता हुनु ?

खबरडबली संवाददाता

काठमाडौं । जेन–जीको प्रदर्शनमा भएका बर्बर दमन र अकल्पनीय मानवीय क्षतिपछि प्रमुख सत्तारूढ दल कांग्रेसका शीर्ष नेताहरूले नै घटनाको नैतिक जिम्मेवारी लिँदै सरकारबाट बाहिरिन सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । 

सभापति देउवाको निवास बुढानीलकण्ठमा सोमबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेताहरूले लोकतान्त्रिक इतिहासमै सबैभन्दा ठुलो मानवीय क्षति भएको भन्दै कांग्रेस सरकारबाट फिर्ता हुनुपर्ने माग राखेका हुन् । तर, देउवाको उल्टो प्रश्न छ– सातबुँदे सहमतिमा हस्ताक्षर गरेको छु, कसरी फिर्ता हुनु ? 

बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ तथा पूर्वमहामन्त्री कृष्ण सिटौलाले सरकारबाट फिर्ता हुनुपर्ने माग गरेका हुन् । उनीहरूले गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने र कांग्रेस सरकारबाट फिर्ता हुनुपर्ने बताएका थिए । इतर समूहका डा. शेखर कोइरालासहितका नेताहरूले पनि सरकारको औचित्य सकिएको भन्दै बाहिरिन माग गरेका छन् । 

पूर्वउपसभापति विमलेन्द्र निधिले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस सरकारबाट बाहिरिएर सर्वदलीय वा राष्ट्रिय सरकारको प्रस्ताव गर्नुपर्ने सुझाव दिएका छन् । यही अवस्थामा लोकतन्त्र, प्रणाली र संविधानमाथि खतरा उत्पन्न हुने उनको चेतावनी छ । ‘अहिले जुन वातावरण देखिरहेको छु, यसले लोकतन्त्र, प्रणाली र संविधानमाथि खतरा छ । कांग्रेसले यस्तो अवस्थालाई गम्भीर रूपमा लिनुपर्छ । सत्ता वा सरकारलाई प्राथमिकताभन्दा लोकतन्त्रको रक्षा गर्न कांग्रेस लाग्नुपर्छ । कांग्रेसले मात्रै रक्षा गर्न सक्छ । तसर्थ, सरकारबाट कांग्रेस बाहिर निस्कनुपर्छ । लोकतन्त्र र संविधानको रक्षाका लागि सर्वदलीय सरकार वा राष्ट्रिय सरकारको प्रस्ताव लिएर अग्रसरता दिनुपर्छ,’ निधिको भनाइ थियो ।

पूर्वउपसभापति गोपालमान श्रेष्ठले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएपछि प्रधानमन्त्रीले पनि सोच्नुपर्ने बताए । पूर्वमहामन्त्री सिटौलाले निधिको कुरा गम्भीर रहेको भन्दै गृहमन्त्रीले मात्रै राजीनामा दिएर नहुने बताएका थिए । उनले कम्तीमा मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए । महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्री परियार र पूर्वउपसभापति श्रेष्ठले टाउको हल्लाएर निधि र सिटौलाको प्रस्तावमा समर्थन जनाएका थिए । 

तर, बैठकमा देउवाले सातबुँदे सहमतिमा हस्ताक्षर गरेको भन्दै कसरी सरकारबाट फिर्ता हुनु भन्ने प्रश्न गरेका छन् । ‘मैले सातबुँदेमा हस्ताक्षर गरेको हुनाले कसरी फिर्ता लिनु, मिल्दैन,’ देउवाले बैठकमा भनेका छन् । त्यसपछि नेताहरूले सातबुँदे सहमति गर्दा र अहिलेको परिस्थिति फरक रहेको भन्दै सरकारबाट फिर्ता हुन समस्या नहुने देउवालाई सुझाव दिएका छन् । सातबुँदेमै टेकेर पनि सरकारबाट बाहिरिन सकिने सुझाव उनीहरूको थियो ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending