काठमाडौं । जेन–जी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ निर्वाचनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।
त्यसअघि काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भनेका थिए । तर, यसका लागि संसद् विघटन गर्नुपर्ने सर्त उनको छ ।
यी परिदृश्यमा अबको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले वार्ता नै पहिलो विकल्प भएको बताए ।
जेन–जीले संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मको कुरा गरेको भन्दै गुरुङ अरू कुनै राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री मान्ने अवस्था नरहेको बताउँछन् । त्यसैले वार्ताबाट नागरिक समाजको अगुवाइमा सरकार गठन गरिनुपर्ने विकल्प उनी सुझाउँछन् ।
यसमा जेन–जीले राखेका माग संविधान संशोधन गरेर सम्बोधन गर्ने गरी वार्ताबाट टुंगो लगाउनुपर्ने गुरुङको भनाइ छ । सेनाको समन्वयमा आन्दोलनकारी र राष्ट्रपतिबिच संवाद भएर आन्दोलनले निकास पाउने गुरुङले देखेका छन् ।
गुरुङका अनुसार नागरिक समाजबाट सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने, आन्दोलनकारीलाई मन्त्रिपरिषद्को सदस्य बनाउने र नयाँ चुनाव घोषणा गर्ने अबको विकल्प हो । चुनाव गराइसकेपछि ताजा जनादेश लिएर नयाँ सरकार गठन गर्ने र राज्य सञ्चालन गर्नेतिर देश अगाडि बढ्छ । श्रीलंकामा यस्तै भइसकेको छ ।
बंगलादेशमा गठित अन्तरिम सरकारले आगामी फेब्रुअरीमा चुनाव गराउँदैै छ । नागरिक सरकार गठनका लागि वार्ता गर्ने जेन–जी नेता को हो भन्ने नखुलेकाले केही जटिलता रहेको पूर्वमहासचिव गुरुङ बताउँछन् ।
‘वार्ताका लागि जेन–जीको लिडर को हो ? विभिन्न ठाउँमा जुलुस अगाडि बढेको छ । लिडरसिप कोही देखा परेको छैन । अर्गनाइज्ड कोही देखिँदैन । सेफ ल्यान्डिङ गराउन लिडर चाहियो,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: