काठमाडौं । जेन–जी आन्दोलनकारीले नागरिक सरकार गठन र नयाँ निर्वाचनको माग गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको राजीनामापछि जेन–जी प्रदर्शनकारीलाई वार्तामा आउन आह्वान गरेकामा राति सेनाले पनि आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ ।
त्यसअघि काठमाडौंका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सेनासँग वार्ता गर्न तयार रहन जेन–जीलाई भनेका थिए । तर, यसका लागि संसद् विघटन गर्नुपर्ने सर्त उनको छ ।
यी परिदृश्यमा अबको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने प्रश्नमा संसद्का पूर्वमहासचिव सूर्यकिरण गुरुङले वार्ता नै पहिलो विकल्प भएको बताए ।
जेन–जीले संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्मको कुरा गरेको भन्दै गुरुङ अरू कुनै राजनीतिक व्यक्तिलाई प्रधानमन्त्री मान्ने अवस्था नरहेको बताउँछन् । त्यसैले वार्ताबाट नागरिक समाजको अगुवाइमा सरकार गठन गरिनुपर्ने विकल्प उनी सुझाउँछन् ।
यसमा जेन–जीले राखेका माग संविधान संशोधन गरेर सम्बोधन गर्ने गरी वार्ताबाट टुंगो लगाउनुपर्ने गुरुङको भनाइ छ । सेनाको समन्वयमा आन्दोलनकारी र राष्ट्रपतिबिच संवाद भएर आन्दोलनले निकास पाउने गुरुङले देखेका छन् ।
गुरुङका अनुसार नागरिक समाजबाट सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने, आन्दोलनकारीलाई मन्त्रिपरिषद्को सदस्य बनाउने र नयाँ चुनाव घोषणा गर्ने अबको विकल्प हो । चुनाव गराइसकेपछि ताजा जनादेश लिएर नयाँ सरकार गठन गर्ने र राज्य सञ्चालन गर्नेतिर देश अगाडि बढ्छ । श्रीलंकामा यस्तै भइसकेको छ ।
बंगलादेशमा गठित अन्तरिम सरकारले आगामी फेब्रुअरीमा चुनाव गराउँदैै छ । नागरिक सरकार गठनका लागि वार्ता गर्ने जेन–जी नेता को हो भन्ने नखुलेकाले केही जटिलता रहेको पूर्वमहासचिव गुरुङ बताउँछन् ।
‘वार्ताका लागि जेन–जीको लिडर को हो ? विभिन्न ठाउँमा जुलुस अगाडि बढेको छ । लिडरसिप कोही देखा परेको छैन । अर्गनाइज्ड कोही देखिँदैन । सेफ ल्यान्डिङ गराउन लिडर चाहियो,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: