काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनसँग वार्ताको तयारी गर्दै प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। सेनाले बुधबार बिहान ८ बजेभित्र वार्ता टोलीका सदस्यहरूको नाम दिन अनुरोध गरेको हो।
यो प्रस्तावपछि जेनजी आन्दोलनका विभिन्न समूहहरूमा आन्तरिक छलफल चलिरहेको छ। समूहहरू राजनीतिक सचेतता राख्ने मात्र नभई, आर्थिक क्षेत्रमा पनि दक्षता भएका व्यक्तिहरूलाई वार्तामा पठाउनेबारे विचार गरिरहेका छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको सम्भावित सहभागिताबारे अझै स्पष्ट भइसकेको छैन। उनी जेनजी प्रतिनिधिको हैसियतमा वार्तामा जाने कि स्वतन्त्र रूपमा सहभागिता जनाउने भन्नेबारे समूहभित्र छलफल जारी छ।
यसअघि, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै सबै पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो। त्यससँगै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सन्देश जारी गर्दै आन्दोलन तत्काल रोकेर वार्तामा सहभागिता जनाउन अपिल गरेका थिए।
सेनाको सहजीकरणमा वार्ता प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको छ। सामाजिक सञ्जालमार्फत बालेन शाहले संसद विघटनपछि नागरिक सरकार गठनको पक्षमा जनमत जाहेर गर्दै वार्ताका लागि सेना प्रमुखसँग संवाद आवश्यक रहेको बताएका थिए।
तर वार्ताको ढाँचा, एजेन्डा र सम्भावित समाधानको मार्गचित्र भने अझै स्पष्ट भइसकेको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: