Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

दाङको तुलसीपुर कारागारबाट १२४ कैदी फरार

खबरडबली संवाददाता

दाङ। दाङस्थित तुलसीपुर कारागारबाट मङ्गलबार साँझ सामूहिकरूपमा कैदी भागेपछि सनसनीपूर्ण अवस्था सिर्जना भएको छ। साँझ साढे ५ बजेतिर कारागारको ‘ख’ ब्लकमा रहेका १२४ जना कैदीबन्दीले मूल गेटमा तोडफोड गर्दै कारागारबाट भागेका हुन्।

कारागार प्रशासनका अनुसार, १७९ जना कैदीबन्दी राखिएको ‘ख’ ब्लकबाट १२४ जना बाहिरिएपछि हाल ५५ जना मात्र सो ब्लकमा रहेका छन्। कुल ४६९ कैदीबन्दी रहेको तुलसीपुर कारागारमा हाल ३४५ जना मात्रै बाँकी रहेको कारागार प्रशासक गिरबहादुर सेजुवालले जानकारी दिए।

उनका अनुसार कैदीबन्दीहरूले 'नख्खु जेलबाट सबै निस्किसके, हामीलाई मात्रै किन थुन्नेु भन्दै असन्तुष्टि जनाउँदै आन्दोलनको रूप लिएको र त्यसै क्रममा मूल गेटमा तोडफोड गरी बाहिरिएको बताए।

स्थिति नियन्त्रणमा ल्याउन नेपाल प्रहरीले हवाई फायरसमेत गरेको थियो भने नेपाली सेनाको सहयोगमा केही फरार कैदीलाई पुन: नियन्त्रणमा लिइएको छ।

सुरक्षा व्यवस्था कडा पारिएको र बाँकी फरार कैदीको खोजी तीव्र रूपमा भइरहेको प्रशासनले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङमा बेमौसमी हिमपात

ताप्लेजुङ। ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको छ । पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको हो ।  हिमाली जिल्ला ताप्लेजु...

छ लाख रुपियाँ अवैध भारुसहित दुई जना पक्राउ

नेपालगन्ज। भारतसँग सीमाना जोडिएको बाँके जिल्लाको नेपालगन्ज लगायत विभिन्न सीमावर्ती स्थानमा भारतीय र नेपाली रुपियाँको अवैध सटही कारोबार खुला रूपमा हुँद...

गगन थापासँग कमलबहादुर शाहको प्रश्न: देउवालाई टिकट नदिनुको कारण के ?

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सभापति गगनकुमार थापा सँग शेरबहादुर देउवा लाई टिकट नदिनुको कारणबारे प्रश्न गरेका छन्। शन...

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता, स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता, नागरिकक...

रास्वपाको प्रशिक्षणमा न्युन उपस्थिति, दलका उपनेताले भने: सांसदले संसदीय भूमिकाबाट विमुख हुने सङ्केत गर्दैछन् ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको स...

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । ‘सहकारी ऐन २०७४’ तथा ‘प्र...

झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा । गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी...

निजगढ होटलमा युवती मृत फेला, हत्याको आशङ्कामा तीन जना पक्राउ

बारा। बाराको निजगढ नगरपालिका–९ स्थित गुरुङ होटलमा आज एक युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अ...

रास्वपाद्वारा सांसद प्रशिक्षण सुरु, जावलाखेलमा दुईदिने कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। ललितपुरको स्टाफ कलेज मा आयोजना गरिए...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई  हजार ३४ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख १२ हजार राजस्व दाखिला भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending