काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा विद्यार्थीले वर्तमान संकटको समाधान संविधानबाट खोजिनु पर्ने भन्दै प्रदर्शन गरेका छन् । सयौँको संख्यामा रहेका युवा विद्यार्थीले काठमाडौंस्थित पार्टी कार्यालय पेरिसडाँडाबाट र्यालीसहितको प्रदर्शन गरेका हुन् ।
पेरिसडाँडाबाट सुरु भएको र्याली तीनकुने हुँदै कोटेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई माओवादी सांसद राजन दाहालसहितका युवा विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए । माओवादी युवा-विद्यार्थीले आफूहरुले आज संविधानको सर्वोच्चताका लागि सांकेतिकरुपमा प्रदर्शन गरेको बताएका छन् ।
माओवादी सांसद दाहालले आफूहरुले संविधानसम्मत निकासका लागि सांकेतिकरुपमा प्रदर्शन गरेको बताएका छन् । उनले भने, 'हामी संविधानको सर्वोच्चताको पक्षमा छौँ । संविधान सम्मत निकास खोज्नुपर्छ । सैनिक अड्डाबाट हुने अथवा संविधान भन्दा बाहिरबाट हुने कुनै पनि निकास वास्तविक निकास हुन सक्दैन ।'
माओवादी युवा विद्यार्थीले आवश्यक परेमा हजारौँ व्यक्तिलाई काठमाडौं आउन तयारी गर्न निर्देशन पनि दिएका छन् । सरकारका तर्फबाट भएको जेनजीको प्रदर्शनमा भएको दमनमा संलग्नलाई कडा कारबाही गर्न र भोलिपल्ट भएका तोडफोड तथा हिंसामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
जेनजीको आन्दोलनको नाममा राप्रपा र दुर्गा प्रसाई सम्बद्ध व्यक्तिले लामो योजना बनाएर काठमाडौंका महत्वपूर्ण भौतिक संरचना, महत्वपूर्ण सरकारी कार्यालय, न्यायलय, संसद भवनमा आक्रमण गरेको आरोप छ । त्यस्तै मुख्य तीनवटा पार्टीका कार्यालय तथा नेताहरुका निवासमा भौतिक आक्रमण गर्ने, आगजनी गर्ने तथा जिउँदै मानिस जलाउने कामको अनुसन्धान गर्न पनि माओवादी युवा विद्यार्थीले माग गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: