कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका संस्थापक तथा जिल्ला सभापति पदम विष्टले पार्टी परित्याग गरेका छन् । उनले पार्टी प्रतिगमनकारी तथा संविधानविराेधीकाे आराेप लगाउँदै साधारण सदस्यतासमेत त्याग गर्दै बिहीबार एक विज्ञप्ति जारी गरेका हुन् ।
उनले आजैदेखि लागू हुनेगरी राजीनामा घोषणा गरेका हुन् । विष्ट १५ साउन २०७९ मा महेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाबाट पार्टी सभापति बनेका थिए । त्यसबेला सभापति रवि लामिछाने स्वयं उपस्थित थिए । पछि ११ पुस २०८१ मा बेलौरीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पनि उनी पुनः सभापतिमा निर्वाचित भएका थिए ।
सहकारी काण्डमा कांग्रेस–एमाले नेतृत्वको सरकारले २ कात्तिक २०८१ देखि पार्टी सभापति लामिछानेलाई पक्राउ गरी विभिन्न जिल्लामा मुद्दा दायर गरेपछि विष्टले जिल्लामा हस्ताक्षर अभियान चलाएका थिए । तर हालको जेन–जी आन्दोलनपछि उनको पार्टी त्यागलाई राजनीतिक वृत्तमा विशेष रूपमा हेरिएको छ ।
वि.सं. २०४६ देखि राजनीतिमा सक्रिय विष्ट करिब दुई दशक वैदेशिक रोजगारीमा बसेपछि स्वदेश फर्किएका थिए । ‘भ्रष्टाचार, दण्डहीनता र वैमनस्यताको जरा हामी आफैंमा छ,’ विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, ‘त्यसैले सबैले आफूलाई भित्रैबाट सुधार्न थाले समाज आफैं सुधारिन्छ, तर पार्टीनै हालकाे व्यवस्था विराेधी भएकाे छ । अनि परित्याग गरेकाे हुँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: