Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

आत्मालोचना गर्दै विश्वप्रकाशले भने: फेरि प्रधानमन्त्री नबन्नुस् भनेर देउवालाई सम्झाउन सकिनँ

देउवा, ओली र प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको भन्दै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री नबन्नुस् भनेर सम्झाउन नसकेको बताएका छन् । 
उने भने म सम्झिन्छु कि म नेपाली कांग्रेस पार्टीको महामन्त्री पदमा प्रतिस्पर्धा गर्नलाई एक्लै एक्लै जस्तो गरेर विद्रोहमा उभिएर गर्दाखेरि मैले भनेको थिएँ। हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन। हिजो राजनीतिक परिवर्तन भइसक्यो, अब राजनीतिमा परिवर्तन हुनुपर्छ। बनिसक्नुभयो पाँच पटक प्रधानमन्त्री। अब बन्नुहुन्न। तर त्यो निर्णयमा मैले सभापतिलाई सहमत गराउन त सकिनँ आफ्नो नाउँमा, आदरणीय साथीहरु। मैले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोही अर्को दोस्रो साथीलाई पनि सहमत गराउन सकिनँ।

शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले अब राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्।

उनल राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन र सांसद चार पटक भन्दा बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताए। उनले अब पार्टीमा आत्मसमिक्षा, आत्मालोचना र आत्मसंकल्पसहित नयाँ ढंगले अघि बढ्नुपर्ने बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...

रसुवा भन्सार प्रकरणमा १३ कर्मचारी निलम्बित, विभागीय कारबाही प्रक्रिया अघि बढ्यो

काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...

रास्वपाको केन्द्रीय समिति बैठक एक घण्टा सर्याे

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...

रास्वपाको महाधिवेशनमा एमालेबाट प्रदीप ज्ञवाली सहभागी हुने

काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...

रास्वपाको महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending