Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

पश्चिम बागलुङका किसानलाई आलु भित्र्याउने चटारो

खबरडबली संवाददाता

बागलुङ। बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलुखेती गर्दै आएका छन् ।

आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवालगायत स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरेक वर्ष बागलुङमा रु एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैतमा आलु लगाउने र असोज पहिलो सातासम्म भित्र्याउने गर्छन् । यतिबेला ढोरपाटनका अधिकांश किसान आलु भित्र्याउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताए ।

एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानले धमाधम आलु भित्र्याउने काम गरिरहेको उनले बताए । आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाए । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्र्याइसक्ने उनले बताए ।

सुनारले भने, “ढोरपाटनमा धेरै वर्ष अगाडिदेखि आलुखेती हुँदै आएको थियो, अहिले थप व्यवस्थित रूपमा जग्गा चक्लाबन्दी नै गरेर व्यावसायिक रूपमा खेती गर्न थालेका छौँ, परम्परागत खेती प्रणालीसँगै नयाँ प्रविधिको पनि प्रयोग गर्न थालेका छौँ, यस वर्ष आलु राम्रो फलेको छ, भदौ लाग्दाबाटै आलु भित्र्याउनुपथ्र्यो तर लामो वर्षा हुँदा अहिले चटारो छ, यहाँका कोहीलाई पनि यतिबेला फुर्सद छैन, धेरैजसो स्थानीयवासी बारीमा आलु निकाल्दै छन् ।”

निसीखोला–६ का स्थानीय कर्णबहादुर घर्तीले निरन्तरको वर्षाले आलु कुहिने जोखिम रहेको बताए। आलु भित्र्याउने समयमा परेको भारी वर्षाले अहिले बल्ल बारीबाट निकाल्न सुरु गरेको उनको भनाइ छ । यसपालि आलु लगाउने बेला लामो खडेरी परेको र खन्ने बेला भारी वर्षा हुँदा उत्पादनमा गिरावट आउने देखिएको घर्ती बताउछन् ।

आलुखेती बढाउनका लागि जिल्लाभर क्षेत्र विस्तार गर्न थालिएको छ । बागलुङमा सबै ठाउँमा आलु राम्रो उत्पादन हुने हुँदा कृषि ज्ञान केन्द्रले बर्सेनि लाखौँ लगानी गर्दै आएको छ । आव २०८०/८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार २०८०/८१ मा रु दुई करोड ६० लाख, २०८१/८२ मा रु एक करोड ५९ लाख र चालु आवमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ । 

अहिले  जिल्लाभर तीन हजार ७०० हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गर्ने ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष बढ्ने आकलन गरिएको प्रमुख सिलवालको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending