बागलुङ। बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलुखेती गर्दै आएका छन् ।
आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवालगायत स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरेक वर्ष बागलुङमा रु एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैतमा आलु लगाउने र असोज पहिलो सातासम्म भित्र्याउने गर्छन् । यतिबेला ढोरपाटनका अधिकांश किसान आलु भित्र्याउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताए ।
एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानले धमाधम आलु भित्र्याउने काम गरिरहेको उनले बताए । आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाए । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्र्याइसक्ने उनले बताए ।
सुनारले भने, “ढोरपाटनमा धेरै वर्ष अगाडिदेखि आलुखेती हुँदै आएको थियो, अहिले थप व्यवस्थित रूपमा जग्गा चक्लाबन्दी नै गरेर व्यावसायिक रूपमा खेती गर्न थालेका छौँ, परम्परागत खेती प्रणालीसँगै नयाँ प्रविधिको पनि प्रयोग गर्न थालेका छौँ, यस वर्ष आलु राम्रो फलेको छ, भदौ लाग्दाबाटै आलु भित्र्याउनुपथ्र्यो तर लामो वर्षा हुँदा अहिले चटारो छ, यहाँका कोहीलाई पनि यतिबेला फुर्सद छैन, धेरैजसो स्थानीयवासी बारीमा आलु निकाल्दै छन् ।”
निसीखोला–६ का स्थानीय कर्णबहादुर घर्तीले निरन्तरको वर्षाले आलु कुहिने जोखिम रहेको बताए। आलु भित्र्याउने समयमा परेको भारी वर्षाले अहिले बल्ल बारीबाट निकाल्न सुरु गरेको उनको भनाइ छ । यसपालि आलु लगाउने बेला लामो खडेरी परेको र खन्ने बेला भारी वर्षा हुँदा उत्पादनमा गिरावट आउने देखिएको घर्ती बताउछन् ।
आलुखेती बढाउनका लागि जिल्लाभर क्षेत्र विस्तार गर्न थालिएको छ । बागलुङमा सबै ठाउँमा आलु राम्रो उत्पादन हुने हुँदा कृषि ज्ञान केन्द्रले बर्सेनि लाखौँ लगानी गर्दै आएको छ । आव २०८०/८१ देखि खायन आलुको क्षेत्र विस्तार गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले बताए । उनका अनुसार २०८०/८१ मा रु दुई करोड ६० लाख, २०८१/८२ मा रु एक करोड ५९ लाख र चालु आवमा रु ५५ लाख ९० हजार क्षेत्र विस्तार भएको छ ।
अहिले जिल्लाभर तीन हजार ७०० हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार गर्ने ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्ष ५६ हजार २४० मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष बढ्ने आकलन गरिएको प्रमुख सिलवालको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:४४
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्य–मान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई बलियो बनाउन अग्रज राजनीतिक नेताहरूको आ...
श्रावण १७ गते, २०८३ - १७:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले पार्टीका सदस्यले आफ्नो धार्मिक आस्था अनुसार विभिन्न सामाजिक वा धार्मिक अभियानमा सहभा...
श्रावण १७ गते, २०८३ - १६:५०
बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोपपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव...
श्रावण १७ गते, २०८३ - १६:३९
बेइजिङ। उत्तर-पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनि...
श्रावण १७ गते, २०८३ - १६:२०
म्याग्दी। विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा ‘निम्स दाई’ को पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएपछि उहाँको जन्मथलो म्याग्दी श...
श्रावण १७ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने गरी आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, स...
श्रावण १७ गते, २०८३ - १५:५२
काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालले लघुवित्त संस्थाबाट पीडित नागरिकका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै...
श्रावण १७ गते, २०८३ - १४:०८
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...
श्रावण १७ गते, २०८३ - १३:५०
बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...



प्रतिकृया लेख्नुहोस्: