Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

खबरडबली संवाददाता

काठमाडौँ । भदौ २४ गतेको प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार। तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा। झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार।

आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्राडा केशव बस्याल निकै भावुक देखिन्थे। तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उहाँ उत्तिकै आशावादी छन्।

रसिलो आँखा पार्दै उनले भने, ‘यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन। पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु।’

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ। भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ। धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन्। 

आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन्। सिंहदरबारको तस्बिर कैद गरिरहेकी कानुन व्यवसायी देवमाया घिमिरेले भनिन्, ‘सिंहदरबार जलेको दृश्यले मन जलायो। हृदय भारी भयो। भवनको तस्बिर कैद गर्दा आफैलाई बिझेजस्तो भयो। यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन।’

अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ। सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन्। कैयौका आँखा रसाएको हुनुपर्छ। जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो। अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए। तस्बिर कैद  गर्दा अधिकांशमा मौनता देखिन्थ्यो। 

आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा  चहलपहल थियो। बाक्लो संख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए। सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो। प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछ कि भन्ने चिन्ता छ। 

‘सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो। पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो। यो देख्दा अत्यन्तै दुःख लागेको छ। यो ‘रिनोभेट’ गर्न नसकिने त हैन। मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ। फेरि आशा गरौं सिंहदरबार उठ्नेछ,’ उनले भने।

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो। संघीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, ‘धेरै राम्रो भएको थियो। अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ। नेपाल आफैंले ठूलठूला पूर्वाधार बनाउन कठिन छ। बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो। अहिले यो दृश्यले भावुक बनायो।’

सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो। राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए। ‘एकदम दुःखदायी अवस्थामा देखियो। अत्यन्तै भावुक र चिन्तित बनायो। देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो। सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ,’ उनले भने।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए। उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए।

सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो। सिंहदरबारभित्रै काम गर्ने उनले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए।

यो राणाकालीन ऐतिहासिक सम्पदा हो  यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए। सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए। एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो। तत्कालीन अवस्थामा २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो।

विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू थिए। विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो। 

त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए। बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाइएको थियो।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन्। आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन्। आशा गरौं सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरि पनि उभिनेछ सिंहदरबार। जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending