Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

अर्याललाई मन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री कार्कीविरुद्ध सुदन गुरुङ समूह असन्तुष्ट, माग्यो राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनसँगै गरेका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति बालुवाटारस्थित सरकारी निवास अगाडि विरोध प्रदर्शन गरेका छन्

'जेनजी अगुवा' भनिएका गुरुङको समूहले प्रधानमन्त्री कार्कीले गरेका मन्त्री छनोट उचित नभएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको हो। खासगरी अधिवक्ता तथा अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिइएको निर्णयप्रति उनीहरू असन्तुष्ट देखिए।

प्रदर्शनका क्रममा गुरुङले चेतावनी दिँदै भने, “यो सुरु मात्र हो, फेरि आन्दोलनमा उत्रियौँ भने कसैले रोक्न सक्दैन।” उनका समर्थकहरूले 'मुर्दामाथि राजनीति नगर', 'आन्दोलनको नेतृत्व हामी हौँ' जस्ता नारा लगाएका थिए। उनीहरूले केही व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाए।

प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेपछि तीन जनालाई मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। अधिवक्ता ओमप्रकाश अर्याललाई गृहसहित दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहकारी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीले यी नामहरू राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेकी छन्। शपथग्रहण कार्यक्रम सोमबार (आज)का लागि तय गरिएको शीतल निवास स्रोतले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending