Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

अर्याललाई मन्त्री नियुक्त गरेपछि प्रधानमन्त्री कार्कीविरुद्ध सुदन गुरुङ समूह असन्तुष्ट, माग्यो राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनसँगै गरेका नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति बालुवाटारस्थित सरकारी निवास अगाडि विरोध प्रदर्शन गरेका छन्

'जेनजी अगुवा' भनिएका गुरुङको समूहले प्रधानमन्त्री कार्कीले गरेका मन्त्री छनोट उचित नभएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको हो। खासगरी अधिवक्ता तथा अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृह मन्त्रालयसहित कानुन, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिइएको निर्णयप्रति उनीहरू असन्तुष्ट देखिए।

प्रदर्शनका क्रममा गुरुङले चेतावनी दिँदै भने, “यो सुरु मात्र हो, फेरि आन्दोलनमा उत्रियौँ भने कसैले रोक्न सक्दैन।” उनका समर्थकहरूले 'मुर्दामाथि राजनीति नगर', 'आन्दोलनको नेतृत्व हामी हौँ' जस्ता नारा लगाएका थिए। उनीहरूले केही व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेको आरोप पनि लगाए।

प्रधानमन्त्री कार्कीले आइतबार पदभार ग्रहण गरेपछि तीन जनालाई मन्त्रीका रूपमा सिफारिस गरेकी थिइन्। अधिवक्ता ओमप्रकाश अर्याललाई गृहसहित दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय, र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार तथा सहकारी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्रीले यी नामहरू राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेकी छन्। शपथग्रहण कार्यक्रम सोमबार (आज)का लागि तय गरिएको शीतल निवास स्रोतले जनाएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending