Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

दसैँका लागि डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

खबरडबली संवाददाता

काठमाडौं । आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ। जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्‍ याएको यहाँ आइपुगेका व्यापारीहरुले बताएका छन्।

यसवर्ष जुम्लाबाट करिब पाँच हजार भेडच्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ। दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच/छ हुल र जुम्लाबाट तीन हुलजति भेडाच्याङ्ग्रा जोमसोममा देखापरेका छन्। यहाँ आइपुगेका व्यापारीले अरु व्यापारीले पनि एक दुई दिनभित्रै सबै भेडाच्याङ्ग्रा जोमसोम ल्याउने जनाएका छन्।

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा जोमसोम आइपुग्दा बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका व्यापारीले भेडाच्याङ्ग्रा जोमसोम ल्याएका छैनन्। यस वर्ष मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ।

डोल्पास्थित काइके गाउँपालिकाका स्थानीय च्याङ्ग्रा व्यापारी भीमप्रसाद घर्तीले १७० भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएको बताए। उनले डोल्पा र चाइनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडाच्याङ्ग्रा मुस्ताङ ल्याएको उल्लेख गरे। 

व्यापारी घर्तीले यसवर्ष चाइनाबाट तीन हजार र डोल्पाबाट एक हजार गरी अनुमानित चार हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए। विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्याङ्ग्राको व्यापार गर्दै आइरहेका घर्ती यसवर्ष भेडाच्याङ्ग्रा बिक्री नहुने हो की भनी चिन्ता बढेको उल्लेख गरे। 

‘बेंसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु, त्यसो भएत व्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजाँदै बिक्री नहुने पो हो कि थाहा छैन’, उनले भने।

अहिलेसम्म च्याङ्ग्राको व्यापार गर्दा सन्तुष्ट रहेको भए पनि यसवर्ष च्याङ्ग्राको व्यापारमा डर लागिरहेको घर्तीले जनाए। चाइनाबाट खरिद गरी डोल्पामा राखेर त्यहाँबाट पैदल खेदाएर एक हप्तापछि जोमसोम आइपुगेको उनले बताए।

यसैगरी, जुम्लाका च्याङ्ग्रा व्यापारी गोविन्द बस्नेतले १५० च्याङ्ग्रा बिक्रीका जोमसोम ल्याएको जानकारी दिए। डोल्पाबाट हुलका हुल च्याङ्ग्रा मुस्ताङ ल्याइँदै गरेको र जुम्लाबाट पनि ६०० बढी भेडाच्याङ्ग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गरे। यस वर्ष जुम्लाबाट  हुल च्याङ्ग्रा जोमसोममा आइपुगेको उनले सुनाए।

‘आधाजसो च्याङ्ग्रा आफैंले पालेका छन्, आधाजसो च्याङ्ग्रा किनेर थपेको हुँ’, व्यापारी बस्नेतले भने, ‘यहाँ ल्याउँदा दुई हप्ता लाग्यो, खर्च पनि रु ५०/६० हजार भइसक्यो।’ 

व्यापारी बस्नेतले च्याङ्ग्राको भाउ पाए यही जोमसोममै बिक्री गर्ने र नभए पोखरा लगेर बिक्री गर्ने योजना रहेको बताए। 

जोमसोममा यतिखेर पाँच/सात हुल भेडाच्याङ्ग्रा झारिएको छ। यहाँ व्यापारीले रोज्जा प्रतिच्याङ्ग्राको भाउ रु ३५ हजार र रोज्जा प्रतिभेडाको भाउ रु ३० हजार मूल्यमा बिक्री गर्ने बताइरहेका छन्।

जोमसोममा डोल्पा र जुम्लाबाट छिटफुट भेडाच्याङ्ग्रा झर्दै गर्दा बेंसीका भेडाच्याङ्ग्रा व्यापारीको रौनक जोमसोममा खासै देखिएको छैन। देशको पछिल्लो विद्यमान परिस्थितिका कारण च्याङ्ग्रा व्यापारी मुस्ताङ आउन ढिलो हुन पुगेको स्थानीयको बुझाइ छ।  

दसैँलक्षित भेडाच्याङ्ग्रा खरिद गर्न विगतका वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँलगायत व्यापारी मुस्ताङ आउने गर्थे। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending