Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

मध्यावधिपछि पनि असम्भव देखिँदै छ संविधान संशोधन

खबरडबली संवाददाता

काठमाडौं । ‘जेनजी’ आन्दोलनका मागहरूमध्ये एउटा माग छ– देशको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित व्यक्तिलाई बनाउने ।’ आन्दोलनले यस्तो कार्यकारी प्रधानमन्त्री खोजेको हो कि राष्ट्रपति भन्ने खुलेको छैन । तर, उनीहरूको यो माग भने मध्यावधि निर्वाचनपछि आउने जनप्रतिनिधिहरूमार्फत समेत पूरा नहुने देखिएको छ ।

२०७२ सालमा जारी भएको नेपालको संविधानअनुसार कार्यकारी अधिकार संसद्बाट निर्वाचित प्रधानमन्त्रीले प्रयोग गर्छन् । ‘जेनजी’ आन्दोलनको भावना यसलाई बदलेर जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने भन्ने छ ।

तर, यो काम गर्न पहिला संविधान संशोधन गर्नुपर्छ । अहिले प्रतिनिधिसभा विघटन भएर निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचनअघि संविधान संशोधन गर्न कानुनी र राजनीतिक रूपमा असम्भव छ ।

‘जेनजी’ भावना समेटेर जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनका लागि मध्यावधिमार्फत निर्वाचन जितेर आएका जनप्रतिनिधिले संविधान संशोधन गर्नुपर्छ ।

तर, नेपालको संविधान र संघीय संसद्मा भएको राजनीतिक सन्तुलनका कारण राजनीतिक दलहरूले ‘जेनजी’ भावनामा समर्थन नगरे मध्यावधि निर्वाचनबाट आएका जनप्रतिनिधिले समेत संविधान संशोधन गर्न नसकिने देखिएको छ ।

नेपालको संविधानको धारा २७४ ले ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी’बाहेक संविधान संशोधनको विकल्प खुला राखेको छ ।

तर, संविधान संशोधन गर्न राष्ट्रिय सभा र प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतले मात्र सक्ने व्यवस्था छ ।

‘प्रदेशसभाको सहमति आवश्यक नपर्ने वा उपधारा ५ बमोजिम बहुसंख्यक प्रदेशसभाबाट स्वीकृत भइआएको विधेयक संघीय संसद्का दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित गर्नुपर्नेछ’ संविधानको धारा २७४ को उपधारा ८ मा उल्लेख छ ।

यस धाराअनुसार तत्काल कायम सदस्य भनेको राष्ट्रिय सभा र प्रतिनिधिसभाका कुल ३ सय ३४ सांसदमध्ये संशोधन प्रस्ताव पारित गर्नेबेला दुवै सदनमा कायम रहेको संख्या भन्ने बुझाउँछ ।

जस्तो– ३ सय ३४ सांसदमध्ये संशोधन प्रस्ताव पारित गर्ने बेलामा ३ सय ३० जना मात्र सांसद कायम रहेछन् भने ३ सय ३० जनाको दुई तिहाइ बहुमतले पारित गरेपछि मात्र संशोधन हुन्छ ।

पछिल्लो परिवर्तनसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनका समर्थकहरूको समूहले ‘जेनजी’ भावना र एजेन्डा समातेर राजनीतिक दल खोलेर मध्यावधि निर्वाचनमा प्रतिस्पर्धाको तयारी गरिरहेका छन् ।

उनीहरूले दल खोलेर निर्वाचनमा भाग लिएर प्रतिनिधिसभाका २ सय ७५ मध्ये ५३ बाहेकका सिटमा जित हासिल गरे पनि दलहरूले साथ दिएनन् भने संविधान संशोधन असम्भव छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका ३ सय ३४ सांसदको दुई तिहाइ भनेको २ सय २३ जना हो । राष्ट्रिय सभामा ५९ जना सांसद छन् । राष्ट्रपतिले नियुक्त गर्ने ३ जनाबाहेक सबै सांसद स्थानीय तहका प्रमुख–उपप्रमुख तथा प्रदेश सांसद निर्वाचक मण्डल रहेको मतदाताले मत दिएर जितेर आउने हुन् ।

प्रदेश र स्थानीय सरकार कायम रहेकाले यसरी जितेर आउने सांसदमा २०८४ सालसम्म दलहरूकै प्रतिनिनिधि हुनेछन् ।

दलहरूले नचाहेको अवस्थामा प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख बनाउन संविधान संशोधनको पक्षमा दुई तिहाइ बहुमत जुट्दैन । प्रतिनिधिसभामै ‘जेनजी’ भावना र एजेन्डालाई समर्थन गर्ने कम्तीमा २ सय २३ सांसदले निर्वाचन जितेर आउनुपर्छ । २ सय ७५ मध्ये बाँकी ५२ जना मात्रै दलहरूले जितेको खण्डमा मात्र दलहरूलाई साथ नलिई संविधान संशोधन सम्भव छ ।

राजनीतिक दलहरूले संविधान निर्माणकै बेला दलीय शक्ति सन्तुलनलाई मिलाएका कारण उनीहरूको विश्वास र सहभागिताबिना संविधान संशोधन असम्भवजस्तै बनेको छ । यो समाचार आजको राजधानी दैनिकले लेखेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

हाम्रो समाजलाई शान्ति र सद्भावको ठुलो आवश्यकता छ : प्रचण्ड

काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...

ओलीको अभिव्यक्तिको संकेत- शक्तिप्रदर्शन या प्रश्न छल्ने चाल ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...

पसिनाका गन्धमा सफलता खोज्न तिवारी

मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...

नेपालकी तेक्वान्दो खेलाडी वैभवीले भारतमा जितिन् तीन स्वर्ण

काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...

निर्वाचन ७४ दिन बाँकी- प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...

अनियमित मौसमका कारण यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending